

काठमाडौं । काठमाडौंको ठमेलमा एक २१ वर्षीया युवतीको शव फेला परेको छ । रसुवा तातोपानी घर भएकी २१ वर्षीया समिरा तामाङको शव फेला परेको प्रहरीले जनाएको छ ।
ठमेलस्थित ड्रङ्किङ्ग इन गेष्ट हाउसको कोठा नम्बर २०२ मा बसेकी उनको शव भेटिएको हो । उनी किन आइन् र उनको आत्महत्या हो वा हत्या भएको हो ? भन्ने बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।