

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको भाउमा फेरि वृद्धि गरेको छ । हरेक १५ दिनमा समायोजन गर्ने निगमले भारतबाट मूल्यबाट बढेर आएका कारण भाउ बढाउनु परेको बताएको छ ।
निगमले शुक्रबार मध्यरातिदेखि लागू हुनेगरी पेट्रोल, डिजल, मट्टितेल तथा हवाई इन्धनको मूल्य बढाएको हो । जसअनुसार पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ तथा डिजल र मट्टितेलमा चार रुपैयाँ मूल्य बढेको छ।
यस्तै, हवाई इन्धनमा आन्तरिकतर्फ प्रतिलिटर ६ रुपैयाँ तथा अन्तर्राष्ट्रिय हवाई इन्धनतर्फ प्रतिकिलोलिटर ४३ डलर मूल्य बढाइएको छ । अब काठमाडौं उपत्यकासहित तेस्रो वर्गका लागि पेट्रोलको मूल्य प्रतिलिटर १६७ रुपैयाँ, डिजेल र मट्टितेलको प्रतिलिटर १६० रुपैयाँ पर्ने निगमको सूचनामा उल्लेख छ।