

काठमाडौं । रास्वपा सांसदद्वारा प्रतिनिधिसभा बैठक बहिष्कार गरेर पनि त्यही बैठकमा सहभागी भएको छ । प्रतिनिधिसभाको हिउँदे अधिवेशनको पहिलो बैठकमा आकस्मिक समयको माग गर्दै बैठक बहिस्कार गरेको रास्वपाले माग पूरा सभामुखले बैठक अघि बढाएपछि पुन: बैठकमा सहभागी भएको हो ।
रास्वपाले आजको बैठकमा आकस्मिक समयमा बोल्नु पाउनुपर्ने माग राखेको थियो । तर सभामुख देवराज घिमिरेले दलीय आधारमा बोल्ने कार्यसूची तय भएको भन्दै आकस्मिक समय नरहेको बताएका थिए ।
प्रतिनिधिसभाको आजको बैठकमा रास्वपाले करिब आधा घण्टा उठेर बैठक अवरोध गरेको थियो । विरोधकै बीच सभामुख घिमिरेले बैठकको काम कारबाही अगाडि बढापछि रास्वपा सांसदहरु बैठककक्ष छोडेर बाहिरिएका हुन् ।
तर पछि फेरि माग पूरा नभए पनि आफैँ बैठकमा सहभागी भएका थिए ।