

काठमाडौं । वासिङ्टनको एक अदालतले दिएको आदेशपछि अमेरिकी राष्ट्रपति कार्यालय व्हाइट हाउसले सबै प्रकारका वैदेशिक अनुदान सहयोगमा रोक लगाउने बारे गरेको निर्णय स्थगित गरेको छ।
बुधबार वासिङ्टनस्थित एक अदालतले तत्कालका लागि यो निर्णय रोक लगाउन आदेश दिएको थियो। यसको अन्तिम फैसला भन्ने फेब्रुअरी ३ मा गरिने बताइएको छ। अदालतको यो आदेशपछि तत्कालका लागि हाइट हाउसले उक्त निर्णय स्थगित गरेको हो।
विदेशी अनुदान वितरण ९० दिनका लागि स्थगित गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णय कार्यान्वयन नगर्न अदालतले आदेश दिएपछि ह्वाइटहाउस पनि पछि हटेको हो ।
राष्ट्रपति ट्रम्पले २० जनवरीमा शपथ ग्रहण गरिसकेपछि विभिन्न मुलुकलाई बाँड्दै आएको अनुदान सहयोग ९० दिनसम्मका लागि स्थगित गर्ने निर्णयमा हस्ताक्षर गरेका थिए । त्यसपछि सबै देशहरुमा निर्णय कार्यान्वयनका लागि पत्राचार गरिएको थियो ।