

काठमाडौं । नेपाली कांग्रेसले आयोजना गरेको स्टार्टअप तथा साना र मझौला व्यवसाय सम्बन्धी सम्मेलनमा विदेशी कुटनीतिक नियोगका प्रतिनिधिहरूको सहभागिता रहेको छ। आजदेखि सुरु भएको सम्मेलनमा भारत लगायतका विभिन्न देशका कुटनीतिक नियोगका प्रतिनिधिहरुले सहभागिता जनाएका हुन् ।
नेपाली कांग्रेसको उद्यमशील र साना तथा मझौला व्यवसायी विकास विभागले पार्टी कार्यालय सानेपामा बुधबारदेखि स्टार्टअप तथा एसएमई सम्मेलन सुरु गरेको छ ।
सम्मेलनमा नेपालका लागि इजरायली राजदूत सुमुलिक एरी बास, दक्षिण कोरियाका राजदूत पार्क ताइ योङ, इजिप्टका लागि नेपाली दूतावासका डिसिएम मोहम्मद कान्डिल, भारतीय दूतावासका कमर्स सेक्रेटरी सुमन शेखर र बेलायती दूतावासका राजनीतिक सल्लाहकार सुमित शर्माको सहभागिता रहेको थियो ।