

काठमाडौं । नेपाली काँग्रेसको भूमि व्यवस्था तथा भूमिहीन बसोबास समन्वय विभागमा थप १० सदस्य मनोनित भएका छन् ।
कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य नृपबहादुर वड प्रमुख रहेको विभागमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले थप १० सदस्य मनोनित गरेका हुन् । पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिअनुसार मनोनित भएका मध्ये काठमाडौं उपत्यकाका मात्रै तीन जना रहेका छन् ।
मनोनयन हुनेमा राजकुमार पाण्डे (काठमाडौं), ज्ञानबहादुर शाही (जाजरकोट), देवकीदेवी सिंह (डडेल्धुरा), कल्पना श्रेष्ठ (भक्तपुर), श्यामकृष्ण महर्जन (काठमाडौं), सरिता बिसी (रुकुम पूर्व), विजयजङ्ग बस्नेत (मोरङ), प्रेमबहादुर विक (नवलपरासी), सञ्जीव पुडासैनी (गोरखा) र सपुतबहादुर कार्की (रौतहट) छन् ।