

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शपथ ग्रहण गरेसँगै जारी गरेको अन्तर्राष्ट्रिय सहयोग रोक्ने सम्बन्धी कार्यकारी आदेशमाथि त्यहाँको एक जिल्ला अदालतले रोक लगाएको छ। वासिङ्टन डिसीका न्यायाधीश जर्ज लोरेन अलिखानले फेब्रुअरी ३ तारिखसम्मका लागि यो आदेश कार्यान्वयनमा रोक लगाएका हुन् ।
यो अन्तरिम आदेश भएकाले फेब्रुअरी ३ मा हुने फैसलाले नै ट्रम्पको आदेश कार्यान्वयन हुने नहुने भन्ने टुङ्गो लाग्नेछ ।
ट्रम्पको निर्णयविरुद्ध नेसनल काउन्सिल फर नन प्रोफिट अर्गजाइजेसनका प्रमुख डाइन यान्टेलले मुद्दा दायर गरेका थिए। उक्त मुद्दाको सुरुवाइ गर्दै न्यायाधीश जर्जले यस्तो निर्णय गरेका हुन्।
ह्वाइट हाउसले सङ्घीय सरकारबाट सहयोग तथा ऋण रोक्का गर्ने निर्णयपछि यसमाथि ठुलो बहस भएको थियो। ट्रम्पको यो निर्णयले बालबालिकाको विकास र स्वास्थ्य क्षेत्रमा ठुलो प्रभाव पारेको थियो।