

काठमाडौँ । युवा तथा खेलकुद मन्त्रालयले अखिल नेपाल फुटबल सङ्घका उपाध्यक्ष दावा लामालाई कारबाही गर्न भन्दै राष्ट्रिय खेलकुद परिषद्लाई ताकेता पत्र लेखेको छ। यसअघि लेखेको पत्र बमोजिम कारबाही नभएको भन्दै यथाशीघ्र बर्खास्त गरी मन्त्रालयलाई जानकारी गराउन भन्दै शुक्रबार राखेपलाई पत्र पठाइएको हो ।
गत भदौ १६ गते मन्त्रालयले तत्कालीन पुनरावेदन अदालत पाटनले प्रतिबन्धित खैरो हिरोइन तस्करी गरेको आरोपमा दोषी ठहर गरेका लामालाई कारबाही गरी त्यसको जानकारी दिन भन्दै खेलकुद परिषदलाई पत्र लेखेको थियो। सोहीपत्र बमोजिम राखेपले एन्फालाई कारबाहीका लागि भन्दै भदौ २५ गते पत्र लेखेको थियो। तर सो पत्र बमोजिम कारबाही नभएपछि मन्त्रालयले पुनः ताकेतापत्र पठाएको हो।