

काठमाडौं । कृषि विज्ञ भनेर चिनिने मदन राईलाई साढे २ वर्ष कैद फैसला भएको छ । बालयौन दुरुपयोगको मुद्दामा खोटाङ जिल्ला अदालतले उनलाई कैद सजाय तोकेको हो ।
खोटाङका जिल्ला न्यायाधीश नारायणप्रसाद दाहालको इजलासले गत बिहीबार राईलाई दोषी ठहर गर्दै सजाय निर्धारणका लागि आज शुक्रबार पेशी तोकेको थियो । आज उनलाई साढे २ वर्ष कैदको फैसला सुनाएको हो।
यस्तै एक लाख रुपैयाँ जरिवाना र डेढ लाख रुपैयाँ पीडितलाई क्षतिपूर्ति भराउन पनि फैसलामा भनिएको छ।२०८० जेठ २१ गते उनीविरुद्ध बालयौन दुरुपयोगको अभियोगमा मुद्दा दर्ता भएको थियो। त्यतिबेला उनी ४ लाख धरौटीमा रिहा भएका थिए।