

काठमाडौँ । भारतको राजधानी प्रान्त दिल्लीको विधानसभा चुनावको मतगणना सुरु भएको छ। गत बुधबार सम्पन्न भएको निर्वाचनको मतगणना आज बिहानबाट सुरु भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
विधानसभाको मतगणना सुरु भएसँगै सार्वजनिक भएको प्रारम्भिक रुझानमा केन्द्रको सत्तामा रहेको दल भारतीय जनता पार्टीले अग्रता हासिल गरेको छ। निर्वाचन लगत्तै सार्वजनिक भएको एक्जिट पोलमा भारतीय जनता पार्टीले बहुमत ल्याउने देखाएको थियो।
२०१३ सालको विधानसभा चुनावमा अरविन्द केजरीवालको आमआद्मी पार्टीले दिल्लीका ७० सिटमध्ये २८ सिट जितेको थियो भन्ने भाजपाले १३ भन्दा बढी सिट जितेको थियो। २०१५ र २० को विधानसभा चुनावमा आमआदमी पार्टीले आफ्नै बलबुताले बहुमत प्राप्त गरेको थियो। अहिलेको चुनावमा पनि आफ्नो विरासत जोगाउन आमआद्मी पार्टी संघर्षरत छ ।
भारतीय सञ्चार संस्था आजतकका अनुसार २६ सिटको मतगणनामा १५ सिटमा भारतीय जनता पार्टीले अग्रता हासिल गरेको छ भन्ने १० सिटमा आम आदमी पार्टीले अग्रता हासिल गरेको छ। भारतीय कांग्रेस भन्ने जम्मा एक सिटमा अगाडि छ। यो क्रम बढोत्तरी अवस्थामा रहेको छ।