काठमाडौ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना पूर्ववर्ती जो बाइडेनले मनोनीत गरेका बाँकी सबै अमेरिकी न्यायाधिवक्तालाई बर्खास्त गर्न आदेश दिएका छन्। ट्रम्पले आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा लेखेका छन्, “विगत चार वर्षमा न्याय विभागको राजनीतिकरण भएको छ, जुन पहिले कहिल्यै भएको थिएन । त्यसैले मैले बाँकी रहेका सबै ’बाइडेन कालीन’ अमेरिकी महान्यायाधिवक्तालाई बर्खास्त गर्न निर्देशन दिएको छु ।” ट्रम्पले भने, “हामीले तुरुन्तै घर सफा गर्नुपर्छ र विश्वास पुनःस्थापित गर्नुपर्छ । अमेरिकाको स्वर्ण युगमा निष्पक्ष न्याय प्रणाली हुनुपर्दछ र यो जुन आजबाट सुरु हुन्छ!” सत्तासिन राष्ट्रपतिले आफ्ना पूर्ववर्तीले मनोनीत गरेका अमेरिकी न्यायाधिवक्ताका रूपमा चिनिने संघीय अभियोजकहरूको स्थान लिनु सामान्य अभ्यास हो। देशको ९४…
Author: Kathmandu Khabar
काठमाडौँ । पूर्व राजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा दिएको अभिव्यक्तिलाई समर्थन गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले आन्दोलनको कार्यक्रम घोषणा गरेको छ। बुधबार दिउँसो पार्टी महामन्त्री धवल शमशेर राणाले एक विज्ञप्ति जारी गर्दै आन्दोलनको घोषणा गरिएको जनाए। साथै उनले सम्पूर्ण नेपालीहरूलाई विद्यमान विकराल समस्याको समाधानका लागि आन्दोलनमा हुमिन आह्वान पनि गरेका छन्। राप्रपाको आन्दोलन परिचालन समितिका संयोजक समेत रहेका राणाले प्रजातन्त्र दिवसको पूर्व सन्ध्यामा पूर्वराजा ज्ञानेन्द्र शाहबाट राष्ट्र जोगाउन, राष्ट्रिय एकता कायम राख्न, देशको समृद्धि र उन्नतिका लागि सबै नेपालीहरूलाई साथ दिन आह्वान भएको भन्दै उनको अभिव्यक्तिलाई स्वागत समेत गरेका छन् । उनले भनेका छन् : ‘यहि परिप्रेक्ष्यमा देशमा विद्यमान विकराल…
काठमाडौं । काठमाडौँको जमलमा बसको ठक्करमा परी एक साइकल यात्रीको मृत्यु भएको छ। जमलमा अवस्थित विश्वज्योति सिनेमा हल अगाडि तीव्र गतिमा आएको बसले साइकल यात्रीलाई ठक्कर दिएको थियो। दुर्घटनामा ओखलढुंगा घर भई काठमाडौं डल्लु बस्दै आएका ५६ वर्षीय अम्बरबहादुर बोगटीको ज्यान गएको प्रहरीले जनाएको छ। साइकलमा सवार बोगटीलाई बा. ५ख ८७६१ नम्बरको बसले ठक्कर दिएको थियो । प्रहरीले बसका चालकलाई पक्राउ गरेर प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
काठमाडौं । अमेरिकी सहयोगमा सञ्चालित मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी परियोजना नेपालमा कार्यान्वयनमा आएको करिब डेढ वर्षमा नै बन्द भएको छ। नेपालमा अमेरिकाको एक मुख्य सहयोग कार्यक्रम एमसीसी अहिलेका लागि स्थगन गरिएको अर्थ मन्त्रालयले जनाएको छ । मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)ले आफ्नो कार्यक्रम स्थगनबारे मन्त्रालयका अधिकारीलाई इमेलबाट जानकारी दिएकाले मन्त्रालयले स्थगनको निर्णय गरेको सहसचिव श्यामप्रसाद भण्डारीले बताए। यो निर्णयलाई गत महिना मात्र अमेरिकाको राष्ट्रपतिको कार्यभार सम्हालेका डोनल्ड ट्रम्पको वैदेशिक सहायता कटौती गर्ने नीतिको प्रभाव मानिएको छ। लामो समयको खिचातानी पछि २०८० साल भदौबाट एमसीसी कार्यान्वयनमा आएको थियो। संसदले २०७८ साल फागुनमा नै अनुमोदन गरेको भएपनि राजनीतिक दलबीचको खिचातानीका कारण लामो समयसम्म…
काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा सम्पन्न भएका योजना र कार्यक्रमको आधारमा गरिएको कार्यसम्पादन मूल्याङ्कनमा प्रधानमन्त्री कार्यालयसहित १२ मन्त्रालय अनुत्तीर्ण भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जारी गरेको मूल्याङ्कनमा स्वयं मन्त्रीपरिषद्को कार्यालय सहित १२ मन्त्रालयले ३५ अंक कटाउन नसकेका हुन् । यसरी अनुत्तीर्ण हुने मन्त्रीहरूमध्ये तीनजना कांग्रेसका छन् भने अधिकांश अनुत्तीर्ण मन्त्रीहरू एमालेका छन् । कांग्रेसको तर्फबाट मन्त्रीहरूको नेतृत्व गरेर गएका सहरी विकास मन्त्री प्रकाशमान सिंहले ३५ अङ्क पनि कटाउन सकेनन्। उनले औसतमा २६% हाराहारीमा मात्रै काम सम्पन्न गर्न सके। उनी बाहेक खेलकुद मन्त्री तेजुलाल चौधरी र कृषि तथा पशुपंक्षी मन्त्री रामनाथ अधिकारीले पनि औसत प्रतिशत प्रगति…
काठमाडौँ । आज नेपालमा ७५औं प्रजातन्त्र दिवस मनाइँदैछ। विक्रम सम्वत् २०७ साल फागुन ७ गते जहानीय राणा शासन अन्त्य भई प्रजातन्त्र घोषणा भएको दिनको सम्झनामा हरेक वर्ष प्रजातन्त्र दिवस मनाउँदै आइएको छ । ७५औँ प्रजातन्त्र दिवसका अवसरमा मूल समारोह समितिद्वारा सैनिक मञ्च टुँडिखेलमा आज बिहान आयोजना हुने कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुनुहुने कार्यक्रम छ । कार्यक्रममा मुलुकमा प्रजातन्त्र स्थापनाका लागि भएका विभिन्न सङ्घर्षमा जीवन उत्सर्ग गरेका ज्ञातअज्ञात सहिदप्रति श्रद्धाञ्जली अर्पण गरिने छ । प्रजातन्त्र दिवस समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम छ । सरकारले प्रजातन्त्र दिवसका अवसरमा आज सार्वजनिक बिदा दिएको छ । नेपालको इतिहासमा जहानियाँ राणा…
काठमाडौं । गैरकानुनी गैरकानुनी रुपमा अनलाइन जुवा खेलाएको आरोपमा प्रहरीले काठमाडौंबाट चार जना भारतीयलाई पक्राउ गरेको छ । मंगलबार काठमाडौंको बुढानीलकण्ठबाट उनीहरूलाई पक्राउ गरिएको हो । उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौंले बुढानीलकण्ठ नगरपालिका-२ तौलुङबाट पक्राउ गरेको हो । परिसर प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारीका अनुसार उनीहरूलाई घर भाडामा लिएर गैरकानुनी अनलाइन जुवा खेलाएको आरोपमा पक्राउ गरिएको हो । पक्राउ पर्नेमा भारत उत्तरप्रदेश गोरखपुर घर भई काठमाडौं बुढानीलकण्ठ-२ बस्ने २२ वर्षीय एमडी आरिफ हुसेन, उत्तर प्रदेशकै फत्तेपुर जिल्ला घर भएका ४२ वर्षीय अब्दुल कलाम, २५ वर्षीय अभिषेक मदेसिया र ४० वर्षीय इरफान पठान रहेका छन् ।
काठमाडौं । भारतको ओडिसा राज्य सरकारले नेपाली विद्यार्थीको मृत्यु प्रकरणमा छानबिन गर्नका लागि उच्चस्तरीय छानबिन समिति गठन गरेको छ। प्रदेश सरकारका मुख्य सचिवको नेतृत्वमा छानबिन समिति गठन भएको हो । आइतबार बुटवलकी प्रकृति लम्सालको मृत्यु र अन्य सात सय नेपालीमाथि भएको ज्यादतीबारे छानबिनका लागि उच्चस्तरीय समिति बनाएको हो । सो समितिमा मुख्य सचिवका अलावा गृह विभाग, प्रमुख सचिव, महिला एवम् बाल विकास विभाग र आयुक्त सह-सचिव, उच्च शिक्षा विभाग सदस्यका रूपमा रहेका छन् । ‘केआईआईटी विश्वविद्यालयमा हालै भएको दुर्भाग्यपूर्ण घटनाको पृष्ठभूमिमा ओडिशा सरकारले मामिलाबारे जानकारी लिएको छ । सुरक्षा गार्डलाई गिरफ्तार गर्नुका साथै यस प्रकरणमा सामेल दोषी अधिकारीलाई निलम्बितसहितका कदम…
काठमाडौं । नेपालको शिक्षा मन्त्रालयले भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा भएको समस्या समाधान नगरे वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) रोक्ने चेतावनी दिएको छ । मंगलबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै घटनाको समाधान नगरे एनओसी रोक्ने चेतावनी दिएको हो । केआईआईटीमा अध्ययनरत छात्रा प्रकृति लम्सालको रहस्यमय मृत्यु र तत्पश्चात नेपाली विद्यार्थीप्रति मन्त्रालयले ध्यानाकर्षण भएको जनाएको हो । ‘उक्त घटनाबाट श्रृजित समस्याको न्यायपूर्ण र वैधानिकरूपमा समाधान नगरिएमा भविष्यका लागि भारतको ओडिसा राज्यका विश्वविद्यालय शिक्षण सस्थानमा अध्ययनका लागि प्रदान गर्दै आएको वैदेशिक अध्ययन अनुमतिपत्र एनओसी प्रदान गर्ने कार्य स्थगित गर्न सकिने व्यहोरा पनि सम्बन्धित सबैको…
काठमाडौं । भारतको ओडिसा राज्यस्थित कालिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा नेपाली छात्राको मृत्यु र त्यसपछिका घटनाप्रति टेक्नोलोजीका उपकुलपतिले माफी मागेका छन् । टेक्नोलोजीका उपकुलपति प्राध्यापक सरञ्जित सिंहले विज्ञप्ति जारी गर्दै घटनाप्रति दु:ख व्यक्त गर्दै दोस्रोपटक माफी मागेका हुन् । यसअघि सोमबार पनि विश्वविद्यालयले माफी माग्दै नेपाली विद्यार्थीलाई पढाइमा फर्किन अपिल गरेको थियो । मंगलबार विज्ञप्ति जारी गर्दै विश्वविद्यालयले नेपाली विद्यार्थीसहित सम्पूर्ण विद्यार्थीहरूको सुरक्षामा पुन: प्रतिबद्धता जनाएको छ । ‘केआईआईटी सधैं विद्यार्थीहरूको घरजस्तै रहँदै आएको छ । जहाँ समावेशीकरण, सम्मान र माया गर्ने संस्कृति विकसित गरिएको छ’, विश्वविद्यालयका रजिस्ट्रारले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हामी पछिल्लो घटनाबाट निकै दुःखी…
काठमाडौँ । नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्युपछि तनावग्रस्त बनेको भारतको ओडिसास्थित कलिङ इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) ले मङ्गलबार पाँच जनालाई कारवाही गरेको छ । नेपालीसँगै भारतीय विद्यार्थीहरू समेत आन्दोलनमा उत्रिन थालेपछि क्याम्पसले २ सुरक्षा गार्डलाई बर्खास्त र ३ कर्मचारीलाई निलम्बन गरेको हो । केआईआईटीले मंगलबार विज्ञप्ति जारी गरी घटनापछि तत्काल दुई सुरक्षाकर्मी कर्मचारीलाई बर्खास्त गरिएको जानकारी दिएको छ। पहिले नेपाली विद्यार्थीलाई छात्रावास र क्याम्पसबाट समेत निकालेको प्रशासनले आन्दोलन चर्किने अवस्था आएपछि सम्बन्धित अधिकारीमाथि कारबाही प्रक्रिया अघि बढाएको हो । यस्तै दुई जना वरिष्ठ छात्रावास अधिकारी र एकजना अन्तर्राष्ट्रिय सम्बन्ध कार्यालय (आईआरओ) का वरिष्ठ प्रशासनिक अधिकारीलाई घटनाको अनुसन्धान नटुंगिँदासम्म निलम्बन…
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध डाक्टर गोविन्द केसीले अमेरिकी दूतावास घेर्ने भएका छन्। नेपाललाई विभिन्न शीर्षकमा दिँदै आएको अनुदान कटौती लगायतका निर्णय विरुद्ध केसीले दुतावास घेर्न लागेका हुन् । ट्रम्पको प्रशासनले हालै लिएका कदमहरूले नेपाल लगायत संसारका विभिन्न देश तथा त्यहाँका नागरिकहरूलाई जलवायु परिवर्तन, जनस्वास्थ्य, शिक्षा र जीविकोपार्जन जस्ता क्षेत्रमा नकारात्मक असर पारेको भन्दै केसीले दुतावास घेर्ने भएका हुन् । फागुन ६ गत मंगलबार दिउसो ३ः३० बजे केसीले नेपालस्थित अमेरिकी दूतावास अगाडि शान्तिपूर्ण आन्दोलन गर्ने भएका बताए।
काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले सम्झौता बमोजिमको काम समयमा नगर्ने १६ वटा ठेकेदार कम्पनीलाई कालोसूचीमा राखेको छ। मङ्गलबार एक सूचना जारी गर्दै कार्यालयले न्यूनतम एक वर्षदेखि अधिकतम ३ वर्षसम्म कालोसूचीमा राख्ने निर्णय भएको जनाएको हो। प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम ती निर्माण कम्पनीलाई काली सूचीमा राखिएको सूचनामा उल्लेख छ। यस्तो छ कालोसूचीमा राखिएको कम्पनीको सूची:
काठमाडौं । भारतको ओडिसा राज्यमा रहेको कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजीकी विद्यार्थी बुटवलकी प्रकृति लम्सालको मृत्युपछि आन्दोलनरत नेपाली विद्यार्थीलाई भारतीय सत्तारूढ दल भारतीय जनता पार्टी समर्थित विद्यार्थी संगठन अखिल भारतीय विद्यार्थी परिषद्ले समर्थन जनाएको छ । नेपाली विद्यार्थीको मागमा ऐक्यबद्धता जनाउँदै परिषद्ले पनि आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । परिषद्ले विद्यार्थीको मृत्युको छानबिनसँगै नेपाली विद्यार्थीलाई रातारात कलेजबाट निकालेर रेलवे स्टेसन पुर्याइएको घटनाको समेत विरोध गरेको छ । परिषद्ले सोमबार कलेज परिसरमा प्रशासनविरुद्ध नाराबाजी गर्दै मृतक विद्यार्थीको मृत्युको कारण पत्ता लगाउने र उनको परिवारलाई क्षतिपूर्ति दिन समेत माग गरेको छ । परिषद्का राष्ट्रिय कार्यकारिणी सदस्य विश्वजित पात्रले नेपाली विद्यार्थीसँग कलेजले माफी…
काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका आफ्नै नयाँ प्रशासनिक भवनमा सरेको छ । थलीमा बनेको भव्य भवनमा सोमबार रुद्री पूजा गरेर गृह प्रवेश गरिएको थियो । ठू ठूला नेतालाई बोलाएर रिबन काटेर नयाँ भवनको उद्घाटन गर्नुको साटो हिन्दु धर्मको विधिअनुसार रुद्रीसँगै हवनादि पूजा कार्य गरेर भव्यरूपमा नगरपालिका भवनमा गृहप्रवेश गरिएको नगरपालिकाले जनाएको छ । नयाँ भवन उद्घाटनको रुद्री पूजामा नौवटै वडाका वडाअध्यक्ष, स्थानीय जनप्रतिनिधि, समाजसेवी, कर्मचारी तथा नगरवासीहरूको उपस्थिति रहेको थियो । भवनमा कार्यालय कक्षहरू, सभाकक्ष, सेवाग्राही प्रतिक्षालय र प्राविधिक पूर्वाधारहरू जडान गरिएका छन् । साथै, भवन अपाङ्गमैत्री रहेको छ भने डिजिटल प्रणालीको पनि प्रयोग गरिएको छ । नयाँ भवन…
काठमाडौं । भारतको ओडीसा राज्यमा रहेको केआईआईटीमा नेपाली विद्यार्थीको शंकास्पद मृत्यु भएको छ । कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) कलेजको होस्टलमा बसेर बी–टेक तेस्रो वर्षमा अध्ययनरत बुटवलकी प्रकृति लम्साल मृत अवस्थामा भेटिएकी हुन् । लम्सालले कलेजमा पढ्ने एक युवकले आफूलाई लामो समयदेखि दुर्व्यवहार गर्दै आएको भन्दै अन्तर्राष्ट्रिय सम्बन्ध अफिसर (आईआरओ) लाई निवेदन समेत दिएको नेपाली विद्यार्थीहरूले जनाएका छन् । तर, प्रशासनले गम्भीरतापूर्वक लिएको थिएन । आइतबार उनी कलेजको होस्टलभित्र मृत अवस्थामा फेला परेपछि विद्यार्थीहरुले कलेजविरुद्ध प्रदर्शन थालेका थिए । कलेजले उनले आत्महत्या गरेको दाबी गर्दै विज्ञप्ति जारी गरेको छ । सोही विषयमा नेपाली विद्यार्थीहरूले छानबिनको माग गर्दै प्रदर्शन गरेपछि…
काठमाडौ- राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक समेत रहेका सांसद ज्ञानेन्द्र शाहीले दिएको विवादास्पद अभिव्यक्तिले प्रतिनिधि सभा र राष्ट्रिय सभाबीच द्वन्द बढ्ने संकेत देखिएको छ। सामाजिक सञ्जालमा राष्ट्रिय सभालाई वृद्धाश्रम जस्तो भनेर अमर्यादित टिप्पणी दिएका शाहीको अभिव्यक्तिप्रति राष्ट्रिय सभाले खेत प्रस्ताव पारित गरेको थियो। आइतबार राष्ट्रिय सभाले खेत प्रस्ताव पारित गरेसँगै सोमबार बसेको प्रतिनिधि सभा बैठकमा सांसदले उक्त प्रस्तावमाथि आपत्ति जनाएका छन् । सत्तारूढ नेकपा (एमाले) का सांसद रघुजी पन्तले प्रतिनिधि सभाका सदस्यको टिप्पणीलाई लिएर राष्ट्रिय सभाबाट खेद प्रस्ताव पारित गरिनु दुःखद् भएको बताएका छन् । सोमबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले यसरी दुई सदनबीच द्वन्द्वको वातावरण बनाउन नहुने बताएका…
काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले विभिन्न कम्पनीहरुको आइपिओ निष्कासन प्रक्रिया रोकिएको विषयमा नेपाली कांग्रेस संसदीय दलको ध्यानाकर्षण गराएको छ । इप्पानले आज लेखा समितिका सदस्य समेत रहेका नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेलाई ध्यानाकर्षण पत्र बुझाउँदै आइपिओ तथा हकप्रद शेयरको सार्वजनिक निष्काशन रोकिएको विषयमा ध्यानाकर्षण गराएको हो । इप्पानका अध्यक्ष गणेश कार्कीले लेखासमितिले आफ्नो क्षेत्राधिकारभन्दा बाहिर गएर नेपाल धितोपत्र बोर्ड (सेबोन)लाई निर्देशन दिँदा ४२ कम्पनीको आइपिओ र ३० भन्दा बढी कम्पनीको हकप्रद शेयर गरी रु ५० अर्बभन्दा बढीको सार्वजनिक निष्काशन रोकिएको विषयमा जानकारी गराए । इप्पानका पूर्वअध्यक्ष शैलेन्द्र गुरागाईंले सेबोनले डेढ वर्षदेखि सार्वजनिक निष्काशन रोक्दा जलविद्युत् आयोजनाको…
काठमाडौं । काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा मापन गरिएको वायु गुणस्तर अनुसार काठमाडौँको शङ्ख पार्क आसपासको हावा सबैभन्दा अस्वस्थकर देखिएको छ। वातावरण विभागका अनुसार, आइतबार मध्याह्न १२ बजे काठमाडौँ उपत्यकाका अन्य स्थानको तुलनामा शंखपार्कको वायुको गुणस्तर ‘एयर क्वालिटी इन्डेक्स’ (एक्यूआई) १७२ पुगेको छ । शंखपार्कसहित काठमाडौं उपत्यकाका पाँच स्थान अस्वस्थकर छन् । रत्नपार्क, भक्तपुर, ललितपुरको खुमलटार, भैँसेपाटीमा वायु प्रदूषण बढेको छ । ती स्थानको एक्यूआई १६४ देखि १६८ सम्म छ । काठमाडौं उपत्यकाबाहिर चितवनको भरतपुरको एक्यूआई सबैभन्दा धेरै (१६३) छ । सोही समयमा मकवानपुरको हेटौँडामा एक्यूआई १५७, कैलालीको धनगढीमा १५५ र काभ्रेको धुलिखेलमा १५३ पुगेको छ । एक्यूआई १०१ देखि १५०को…
काठमाडौं । आजदेखि काठमाडौँमा अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता सुरु हुँदैछ। फोर नेसन्स अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता काठमाडौंमा सुरु हुन लागेको हो । यही फागुन १४ गतेसम्म चल्ने एएफसी महिला एसियन कप र फिफा विश्वकप लक्षित प्रतियोगितामा नेपाल, किर्गिस्तान, म्यानमार र लेबनानले प्रतिस्पर्धा गर्ने छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा हुने प्रतियोगिता अन्तर्गत आज दुई खेल हुनेछन् । जसमध्ये पहिलो खेल दिउँसो साढे १ बजे म्यानमार र लेबनानबीच हुनेछ । यस्तै, साँझ साढे ५ बजे सुरु हुने दोस्रो खेलमा नेपाल किर्गिस्तानबीच प्रतिस्पर्धा हुनेछ ।
काठमाडौँ । हाल देशको पश्चिमी वायुको साथै पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाद्वारा आज बिहान जारी मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ । साथै बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ भने तराईका भू–भागका केही स्थानहरूमा हुस्सु-कुहिरो लागेको छ । बुलेटिनमा आज दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने उल्लेखछ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको…
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको आजको बैठकमा सांसद्हरूले सोधेका प्रश्नको जवाफ दिएका छन् । प्रतिनिधिसभाको नियमावली, २०७९ परिच्छेद ९ बमोजिम प्रधानमन्त्री ओलीले जवाफ दिएका हुन् । आजका लागि ओलीलाई १० सांसदले प्रश्न सोधेका छन् भने लगभग सबैको ओलीले उत्तर दिएका छन् । तर सांसद प्रभु शाहले सोधेको प्रश्नमा भने ओलीले उत्तर दिएनन् । सांसद साहले ७० लाख युवाले विदेशमा कमाएको रकम हुन्डी कारोबारीमा मिलान गराएको विषयमा मौन बसेको भन्दै प्रधानमन्त्रीलाई प्रश्न सोधेका थिए । उनले भनेका थिए, ‘झन्डै ७० लाख नेपाली युवाहरू वैदेशिक रोजगारीमा छन् । यसअनुसार ४० खर्बभन्दा बढी रेमिट्यान्स नेपाल आउनुपर्ने हो तर अहिलेसम्मको रिपोर्टले देखि…
काठमाडौं । अर्थमन्त्री विष्णु प्रसाद पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य घाइते हुने गरी भएको बेलुन विस्फोटको बारेमा छानबिन समिति गठन भएको छ । शनिबार पोखरामा आयोजित ‘पोखरा भ्रमण वर्ष २०२५’ उद्घाटन समारोहमा भएको बेलुन विस्फोट घटनाको छानबिन गर्न आठ सदस्यीय समिति गठन भएको हो । आइतबार गृहमन्त्री रमेश लेखकले कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको संयोजकत्वमा आठ सदस्यीय छानबिन समिति गठन गरेका हुन् । समितिलाई १५ दिनभित्रमा छानबिन प्रतिवेदन पेस गर्न निर्देशन दिइएको छ । मन्त्रीस्तरीय निर्णयबाट गठित समितिमा पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाई, कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलिया, सशस्त्र प्रहरीका २४ नम्बर गण…
काठमाडौं । दोस्रो कार्यकालका लागि राष्ट्रपति निर्वाचित भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले सरकारी खर्च घटाउने क्रममा नेपाललाई दिँदै आएको करिब ४ करोड डलरमाथि रोक लगाएको छ । अमेरिकी गभर्मेन्ट इफिसिएन्सी डिपार्टपेन्टले सामाजिक सञ्जाल एक्समा जारी गरेको एक सूचनाअनुसार नेपाललाई दिँदै आएको करिब ४ करोड डलर सहयोगमाथि रोक लगाएको हो । नेपालसँगै अमेरिकाले भारत, बंगलादेशलगायत कयौँ देशलाई दिँदै आएको फन्डिङमा रोक लगाएको हो । अहिलेसम्म नेपालले अमेरिकाबाट वित्तीय संघीयताको नाममा २ करोड डलर र जैविक विविधता संरक्षण प्रयासका लागि एक करोड ९० लाख डलर दिँदै आएको थियो । माइक्रो ब्लगिङ वेबसाइट एक्समा खर्बपति व्यापारी एलन मस्कको सरकारी दक्षता विभाग (डज)ले…
काठमाडौं । प्रतिनिधि सभाका सदस्य एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीलाई जथाभावी नबोल्न राष्ट्रिय सभाले चेतावनी दिएको छ । सामाजिक सञ्जालमा ‘राष्ट्रियसभा वृद्धाश्रम हो’ भनी दिएको अभिव्यक्तिमाथि खेद व्यक्त गर्दै अब आइन्दा यस्ता अव्यावहारिक र अमर्यादित भनाइ नदिन चेतावनी दिइएको हो । राष्ट्रियसभाको आजको शून्य समयमा सांसद नारायणदत्त मिश्रले प्रतिनिधिसभाका सांसद शाहीले ‘राष्ट्रियसभा वृद्धाश्रम भएको छ’ भनी दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका थिए । “राष्ट्रियसभा नै वृद्धाश्रम भएपछि कसको के नै लाग्छ र ? भनेर सामाजिक सञ्जालमा अभिव्यक्ति दिनु आपत्तिजनक छ, भत्ता खान गएका राष्ट्रियसभाका सांसदले ‘मिडिया काउन्सिल विधेयक’ नपढीकन पास गरेछन् भन्ने भनाइप्रति आपत्ति छ”, उनले भने। मिश्रसहित…
काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीमा अवस्थित एक रेल्वे स्टेसनमा भागदौड हुँदा १५ जनाको मृत्यु भएको छ। अति व्यस्त रेल्वे स्टेसन मध्येको एक नयाँ दिल्ली रेल्वे स्टेसनमा भागदौड भएको हो। रेलवे स्टेसनमा भएको भागदौडबारेको प्रश्नमा डीसीपी रेलवे केपीएस मल्होत्राले भने, “भागदौडको कारण छानबिनपछि बाहिर आउनेछ। यो काम रेलवेले गर्नेछ।’’ उनले भने, ‘‘हामीले भीडको अनुमान गरेका थियौँ । तर, दुईवटा रेल ढिलो भएको र त्यहाँ धेरै मानिस जम्मा भएकाले यस्तो अवस्था आएको हो । रेलवेले तथ्य पत्ता लगाउने काम गर्नेछ।” मल्होत्राले भने, ‘करिब ९ बजे रेल चल्दा भीड बढ्यो । एकै ठाउँमा धेरै मान्छे हुँदा र ट्रेनको प्रतीक्षामा हुँदा कुनै गलत…
काठमाडौँ । केही समयको मन्दीपछि घरजग्गा कारोबारको अवस्था बिस्तारै सुधार उन्मुख हुन थालेको छ। माघ महिनामा घरजग्गा कारोबारीले सरकारलाई बुझाएको राजस्वको आधारमा व्यवसाय सुधारोन्मुख देखिएको हो । तर कारोबारको आधारमा पुसको तुलनामा मागमा हामीले कम कारोबार भएको देखिएको छ। घरजग्गा कारोबारको विवरण राख्ने भूमि व्यवस्था तथा अभिलेख विभागका अनुसार गत माघमा रु तीन अर्ब ८७ करोड २४ लाख ८१ हजार छ सय ४७ बराबर राजस्व सङ्कलन भएको छ । गत पुसमा रु चार अर्ब २५ करोड २२ लाख २१ हजार सात सय ७९ राजस्व सङ्कलन भएको थियो । विभागका अनुसार गत मङ्सिरमा रु तीन अर्ब ८७ करोड ४८ लाख २६…
काठमाडौं । प्रतिनिधिसभाको बैठकमा आज प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरूसँग प्रश्नोत्तर गर्ने कार्यक्रम तय भएको छ। दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्ने बैठकमा प्रश्न सोध्न चाहने सांसदहरुसँग प्रधानमन्त्रीले प्रश्न उत्तर गर्ने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ। सचिवालयले जारी गरेको कार्यसूची अनुसार सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने छन् । यसैगरी, गृहमन्त्री रमेश लेखकले ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् ।
काठमाडौँ । आगोको ज्वालाले बेलुन फुट्दा घाइते भएका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरका प्रमुख धनराज आचार्यको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको छ । अर्थमन्त्री पौडेलका प्रेस सल्लाहकार भुवन केसीकाअनुसार उनलाई दिउँसो ३ बजेतिर अस्पताल ल्याइको हो । मन्त्री पौडेलको हत्केला र अनुहार जलेको छ । यद्यपि अवस्था भने जोखिममुक्त रहेको जानकारी उनले बताए । पोखरा भ्रमण वर्ष, २०२५ को उद्घाटनका क्रममा रिमोर्टबाट दीप प्रज्वलनपछि बेलुन उडाउने क्रममा आगोको ज्वालाले बेलुनमा टिपेपछि बेलुन पड्किएको थियो । बेलुनमा आगो टिपेपछि उनीहरूको शरीरमा आगो सल्किएको थियो । दुवै जनालाई पोखरामा प्राथमिक उपचारपछि कीर्तिपुरस्थित बर्न अस्पतालमा ल्याइएको हो । वर्न अस्पतालका…
काठमाडौं । सरकारमा सहभागी राजनीतिक दलका शीर्ष नेताहरुको आज प्रधानमन्त्री निवासमा सम्पन्न बैठकमा हालै जारी अध्यादेशहरू सङ्घीय संसद्का दुवै सदनबाट यथाशीघ्र अनुमोदन गर्ने सहमति भएको छ । चाँडोभन्दा चाँडो अध्यादेश पारित गराउन प्रक्रियागत काम अविलम्ब अगाडि बढाउन बैठकमा सहमति भएको गृहमन्त्री रमेश लेखकले बताए । ‘आज हाम्राबीच भएका सहमतिअनुसार अध्यादेश अगाडि बढ्छ । सकारात्मक रुपमा यो विषय टुङ्गोमा पुग्छ”, बैठकपछि संवाददातामाझ उनले भने । एक प्रश्नको जवाफमा उनले जनता समाजवादी पार्टी नेपाल(जसपा)का नेताहरुसँग पनि सहमति जुटेको जानकारी दिए । सबै अध्यादेश प्रतिस्थापन गर्नुपर्ने भएकाले दलहरुबीचको छलफलपछि सबैको भावना समेटेर प्रक्रिया प्रारम्भ हुने उनको कथन थियो । बैठकमा सरकार र संसद्का…
