

काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीमा अवस्थित एक रेल्वे स्टेसनमा भागदौड हुँदा १५ जनाको मृत्यु भएको छ। अति व्यस्त रेल्वे स्टेसन मध्येको एक नयाँ दिल्ली रेल्वे स्टेसनमा भागदौड भएको हो।
रेलवे स्टेसनमा भएको भागदौडबारेको प्रश्नमा डीसीपी रेलवे केपीएस मल्होत्राले भने, “भागदौडको कारण छानबिनपछि बाहिर आउनेछ। यो काम रेलवेले गर्नेछ।’’
उनले भने, ‘‘हामीले भीडको अनुमान गरेका थियौँ । तर, दुईवटा रेल ढिलो भएको र त्यहाँ धेरै मानिस जम्मा भएकाले यस्तो अवस्था आएको हो । रेलवेले तथ्य पत्ता लगाउने काम गर्नेछ।”
मल्होत्राले भने, ‘करिब ९ बजे रेल चल्दा भीड बढ्यो । एकै ठाउँमा धेरै मान्छे हुँदा र ट्रेनको प्रतीक्षामा हुँदा कुनै गलत सूचना फैलियो भने यसले पनि भागदौड निम्त्याउँछ। अब के कारणले यस्तो भयो भन्ने कुरा हो । त्यो विन्दु अनुसन्धानपछि आउनेछ, जुन रेलवेले गर्नेछ।”