

काठमाडौं । भारतको ओडिसा राज्य सरकारले नेपाली विद्यार्थीको मृत्यु प्रकरणमा छानबिन गर्नका लागि उच्चस्तरीय छानबिन समिति गठन गरेको छ। प्रदेश सरकारका मुख्य सचिवको नेतृत्वमा छानबिन समिति गठन भएको हो ।
आइतबार बुटवलकी प्रकृति लम्सालको मृत्यु र अन्य सात सय नेपालीमाथि भएको ज्यादतीबारे छानबिनका लागि उच्चस्तरीय समिति बनाएको हो । सो समितिमा मुख्य सचिवका अलावा गृह विभाग, प्रमुख सचिव, महिला एवम् बाल विकास विभाग र आयुक्त सह-सचिव, उच्च शिक्षा विभाग सदस्यका रूपमा रहेका छन् ।
‘केआईआईटी विश्वविद्यालयमा हालै भएको दुर्भाग्यपूर्ण घटनाको पृष्ठभूमिमा ओडिशा सरकारले मामिलाबारे जानकारी लिएको छ । सुरक्षा गार्डलाई गिरफ्तार गर्नुका साथै यस प्रकरणमा सामेल दोषी अधिकारीलाई निलम्बितसहितका कदम चालिएको छ’, राज्य सरकारले भनेको छ ।