

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा आज प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरूसँग प्रश्नोत्तर गर्ने कार्यक्रम तय भएको छ। दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्ने बैठकमा प्रश्न सोध्न चाहने सांसदहरुसँग प्रधानमन्त्रीले प्रश्न उत्तर गर्ने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ।
सचिवालयले जारी गरेको कार्यसूची अनुसार सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने छन् ।
यसैगरी, गृहमन्त्री रमेश लेखकले ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् ।