काठमाडौं । आज देशभरका शेर्पा समुदायले आफ्नो नयाँ वर्ष मनाउँदैछन्। प्रत्येक वर्ष फाल्गुन शुक्ल प्रतिपदाका दिन मनाइने ग्याल्पो लोसार यो साल आज मनाउन लागिएको हो। नयाँ वर्षका रूपमा शेर्पा समुदायले २१५२ औँ ग्याल्पो ल्होसार मनाउन लागेका हुन्। मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा ग्याल्पो ल्होसारलाई विभाजन गरिएको छ। ग्याल्पो ल्होसार फागुन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म विविध कार्यक्रम आयोजना गरी भव्य रूपमा मनाइन्छ। ग्याल्पो ल्होसार भोटका नवौँ राजा उदे गुङ्ग्यालका पालादेखि वसन्त पर्वका नामले मनाउन सुरू गरिएको हो।
Author: Kathmandu Khabar
काठमाडौँ । शुक्रबार बिहान गएको भूकम्प सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्रबिन्दु भएर गएको पुष्टि भएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीका अनुसार सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्र भएर ६.१ भूकम्प गएको हो । बिहान २ बजेर ५१ मिनेट जाँदा काठमाडौँ आसपासमा भूकम्पको ठूलो धक्का महसुस गरिएको थियो। भूकम्पका कारण के कति क्षति भयो भन्ने विषयमा विवरण आइसकेको छैन।
काठमाडौँ । काठमाडौँ आसपास भूकम्पको ठूलो धक्का महसुस गरिएको छ। बिहान २:५१ जाँदा काठमाडौँ आसपास क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको हो। गुगलको एन्ड्रोइड भूकम्प सचेतना पद्धतिका अनुसार सिन्धुपाल्चोकको लिस्तीकोटबाट २ किलोमिटर टाढा केन्द्रबनाएर बनाएर ५ दशमलव एक म्याग्निच्युडको भूकम्प गएको हो।
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ऊर्जा मन्त्रीलाई नै चुनौती दिँदै स्पष्टीकरण बुझाएका छन् । मन्त्रीले सोधेको २४ घण्टे स्पष्टीकरणमा उनले मन्त्रीसँग आफूलाई स्पष्टीकरण सोध्ने कानुनी आधार नै नरहेको बताएका छन्। कुलमानले उल्टै मन्त्रीलाई नै केही प्रतिप्रश्न गरेका छन् । कुलमानले बिहीबार बुझाएको जवाफमा आफू मन्त्रिपरिषद्को निर्णय बमोजिम नियुक्त भएकोले आफूलाई मन्त्रिपरिषद्ले मात्रै प्रष्टीकरण सोध्न सक्ने बताएका छन् । साथै, कुनै कसुर यकिन नभई आफूलाई दु:ख दिनका लागि मात्रै स्पष्टीकरण सोधिएको कुलमानको जिकिर छ । त्यस्तै, आफूले पठाएको पहिलो स्पष्टीकरण के कति कारणले चित्तबुझ्दो भएन भन्ने कारण खुलेको छैन नखुलेको भन्दै यस्तो अवस्थामा आफूले उचित प्रतिवादको मौका…
काठमाडौँ ।काठमाडौँ महानगरपालिकाले यही फागुन १६ र १७ गते प्रदर्शनी मार्गस्थित राष्ट्रियसभागृहमा ‘काठमाडौँ शैक्षिक मेला’ आयोजना गर्ने भएको छ । महानगरपालिकाद्वारा थालिएका कार्यक्रमबाट विद्यार्थीमा परेको प्रभाव, यसबाट उनीहरूले सिकेका ज्ञान र सीपहरूको प्रस्तुति तथा प्रदर्शनीका लागि मेला आयोजना गर्न लागिएको हो । आज यहाँ आयोजित पत्रकार सम्मलेनमा कामपाका प्रवक्ता नविन मानन्धरले विद्यालय शिक्षाको नवप्रवर्तन तथा स्तरोन्नतिका लागि मेला आयोजना गर्न लागिएको जानकारी दिए। विद्यालय शिक्षालाई वैज्ञानिक र व्यवहारिक तथा विद्यार्थीको रुचिका साथै अभिभावकको चाहनाअनुरुप सञ्चालन गर्न सामुदायिक विद्यालयबाट विभिन्न कार्यक्रममार्फत प्रयास थालिएको उनले बताए। मेलामा महानगरभित्र सञ्चालित विद्यालयमा शैक्षिक गुणस्तर सुधारसँगै बालबालिकाको शैक्षिक, शारीरिक, मानसिक, चारित्रिक विकास, विद्यालयको पूर्वाधार, शिक्षकको…
काठमाडौं । काठमाडौंको सुकेधारास्थित धोबीखोला कोरिडोर नजिक एक जना तेस्रो लिङ्गीको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार बुधबार राति धोबीखोला करिडोर नजिक धनवन्तरी फुटसल परिसरमा उक्त शव भेटिएको हो । मृत्यु हुनेमा ओलखढुंगा स्थायी घर भएका तेस्रोलिङ्गी अड्विर राईरहेको प्रहरीले जनाएको छ । अहिले प्रहरी वृत्त, महाराजगञ्जको टोलीले शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
काठमाडौँ । निर्वाचन आयोगमा बुझाएको अडिट रिपोर्ट अनुसार देशको सबैभन्दा ठूलो दल नेपाली काँग्रेस ऋणमा चलिरहेको देखिएको छ । पार्टीको आर्थिक वर्ष २०८०/८१ को लेखा परीक्षण प्रतिवेदनले सञ्चित कोष २ करोड ३२ लाख ४७ हजार रुपैयाँले नोक्सानीमा गएको देखाएको हो । उसको रिपोर्टअनुसार कुल चार करोड ९१ लाख ५६ हजार रुपैयाँ खर्च गरेको कांग्रेसले यो अवधिमा दुई करोड ५९ लाख ८ हजार रुपैयाँ मात्रै आम्दानी गरेको देखिएको छ । काँग्रेसले सदस्यता शुल्क र बैंकको व्याजबाट प्राप्त रकमलाई आम्दानीको रूपमा देखाएको छ । दलहरुको आम्दानी र खर्चको विवरण हेर्दा संसद्को पहिलो दल नेपाली कांग्रेस, तेस्रो ठूलो दल नेकपा माओवादी केन्द्र, चौथो…
मोरङ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मोरङवासीसँग मुलुकमा रहेका ऐतिहासिक र पौराणिक महत्वका स्थलहरूको संरक्षण एवं प्रवर्द्धन गरिने बाचा गरेका छन् । सुनसरीको बर्जु गाउँपालिका–६ स्थित बर्जुताल सिमसार विकास तथा संरक्षण समितिद्वारा आज यहाँ आयोजित कार्यक्रममा उनले ‘जनतासँग माओवादी, तराई मधेस जनजागरण’ अभियानले मुलुकका विभिन्न क्षेत्रमा रहेका ऐतिहासिक स्थलको अवलोकन गरेको बताए । आगामी दिनमा यस्ता महत्व बोकेका स्थलको विकास, संरक्षण र प्रवर्द्धन गरी स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्ने योजना बनाइने उनले जानकारी दिए । अध्यक्ष दाहालले अभियानअन्तर्गत झापाको किचकवधसहित यहाँका अन्य महत्वपूर्ण क्षेत्र, मोरङको कानेपोखरी र आसपासका क्षेत्रमा रहेका ऐतिहासिक स्थलको…
काठमाडौ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्य देशका नागरिकलाई ५० लाख अमेरिकी डलर तिरेर गोल्डेन कार्ड किन्न सक्ने व्यवस्था गरेका छन्। गोल्डेन कार्डलाई कतिपयले अमेरिकी नागरिकता भनेर व्याख्या गरे पनि बाहिर चर्चामा आएजस्तो यो नागरिकता भने नरहेको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । अमेरिकामा अहिले पनि लगानी गर्नका लागि EB5 इन्भेष्टमेन्ट भिसामा आउनेहरूका लागि एउटा छुट्टै हिसाबको प्रावधान रहेको छ। जसमा न्यूनतम १० लाख अमेरिकी डलर तिर्नुपर्ने र लगानी गरेको क्षेत्रमा कम्तिमा १० जना अमेरिकीहरुलाई पूर्णकालीन रोजगारी दिनुपर्ने व्यवस्था रहेको छ। त्यस्तो लगानी गरेको खण्डमा उनीहरुले आफ्नी श्रीमती र २१ वर्ष नपुगेका अविवाहित छोराछोरीलाई अमेरिका लैजान पाउने व्यवस्था रहेको छ। सो…
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका कार्यकर्ताहरूले नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाको पुत्ला जलाएका छन्। पूर्व राजाको विषयमा खतिवडाले दिएको एक अभिव्यक्तिलाई लिएर राप्रपाको भातृ संगठन प्रजातान्त्रिक युवा संगठनले बुधबार खतिवडाको पुतला जलाएका हुन्। बुधबार महाशिवरात्रीको दिन गणतन्त्रको विरोध र राजतन्त्र पुनर्स्थापनाको माग गर्दै संगठनले राँके जुलुससहित साँझ सुकेधाराबाट चाबहिलसम्म प्रदर्शन गरेको हो । खतिवडाले केही दिनअघि ‘हामी राजालाई बम हान्ने पार्टीका कायकर्ता हौँ’ भन्दै अभिव्यक्ति दिएका थिए । यस्तो अभिव्यक्ति दिएर खतिवडाले पूर्वराजालाई धम्क्याउने काम गरेको केन्द्रीय आन्दोलन परिचालन समितिका सदस्य राजु लोहनीले आरोप लगाए । उनले पूर्वराजालाई जिस्क्याउने काम बन्द चेतावनी दिँदै नवीन समझदारीबाट राजालाई पनि ठाउँ खाली गरिनुपर्ने…
काठमाडौँ । फोर नेसन्स महिला अन्तर्राष्ट्रिय च्याम्पियनसिपको उपाधि म्यानमारले जितेको छ । आज रङ्गशालामा भएको फाइनलमा नेपाल म्यानमारसँग २–० ले पराजित भयो । फाइनलमा पहिलो हाफ बराबरीमा सकिए पनि दोस्रो हाफमा दुई मिनेटको अन्तरमा म्यानमारले लगातार दुई गोल ग¥यो । नेपालले कुनै गोल फर्काउन नसकेपछि उपविजेतामा चित्त बुझाउनु पर्यो । म्यानमारका लागि यु पेर खियाङ र कप्तान विन थेङ्यी तुनले गोल गरे । नेपालले खेलको सुरुवात राम्रो गरे पनि पहिलो हाफमा प्राप्त अवसरलाई सदुपयोग गर्न सकेन । खेलको २४औँं मिनेटमा म्यानमारकी सान थाउ थाउको प्रहार गोल किपर बिमला विकले बचाइन् । ३५औँ मिनेटमा नेपालकी सावित्रा भण्डारी ‘साम्बा’ को प्रहार म्यानमारकी…
काठमाडौँ । आज शिवरात्रि पर्वका अवसरमा मुलुकभरका शिवालय तथा मन्दिरमा बिहानैदेखि श्रद्धालु भक्तजनको घुइँचो लागेको छ । शिवरात्रिको दिन भगवान् शिवको पूजाआजा र भजनकीर्तन गरी उपवास बसेमा मनोकामना पूरा हुने जनविश्वाससहित आज बिहानैदेखि शिवालयमा दशनार्थीको घुइँचो लागेको हो । धार्मिक तथा ऐतिहासिक महत्व बोकेका कैलालीको धनगढीस्थित बेहडाबाबा मन्दिर, शिवपुरी उत्तररामेश्वरम् ज्यार्तिलिङ्गधामलगायत शिवालयमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको बेहडाबाबा मन्दिरमा व्यवस्थापन समितिका अध्यक्ष पदमराज जोशीले जानकारी दिए । आज मन्दिर परिसर नजिक मेलाको पनि आयोजना गरिएको भन्दै मेलामा कैलालीका साथै छिमेकी जिल्लाका बासिन्दा तथा भारतबाट पनि दर्शनार्थी आएका उहाँले बताउनुभयो । उहाँका अनुसार मन्दिर परिसरमा नेपालीका साथै भारतीय व्यवसायीले केही दिनअघिदेखि यहाँ…
काठमाडौं । प्रहरीले पशुपति क्षेत्रमा गाँजा खाएर हो-हल्ला गर्ने ७५ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहोराका अनुसार उनीहरूले भाङ र गाँजा खाएर उच्छृङ्खल गतिविधि गरेको आरोप छ । अहिले पक्राउ परेकाहरूलाई प्रहरी वृत्त गौशाला र त्यसमा नअटेकालाई परिसर टेकुमा राखिएको छ । उनीहरूमध्ये मुद्दा चलाउने प्रकृतिका घटनाहरू भने धेरै नभएको प्रहरीले जनाएको छ । पशुपतिको सुरक्षाका लागि तीन सिफ्टमा गरेर ३५ सयभन्दा बढी प्रहरी परिचालन गरिएको छ ।
काठमाडौं । एउटा पपुलिस्ट नेताको सनकको भरमा रुससँग युद्धमा होमिँदा ध्वस्त बनेको युक्रेनको पुनर्निर्माणका लागि करिब पाँच खर्ब डलर लाग्ने अनुमान गरेको छ । चौथो वर्षमा प्रवेश गरेको रुसी आक्रमणबाट भएको क्षति मर्मत गर्न युक्रेनलाई पाँच खर्ब डलरभन्दा बढी आवश्यक पर्ने मङ्गलबार प्रकाशित संयुक्त मूल्याङ्कनमा उल्लेख छ । ‘अर्को दशकमा युक्रेनमा पुनर्निर्माण र पुनर्प्राप्तिको कुल लागत पाँच खर्ब २४ अर्ब डलर हुनेछ,’ युक्रेन, विश्व बैंक समूह, युरोपेली आयोग र संयुक्त राष्ट्रसङ्घले प्रकाशित गरेको विज्ञप्तिमा भनिएको छ, ‘यो सङ्ख्या सन् २०२४ का लागि युक्रेनको अनुमानित नाममात्रको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को लगभग दुई दशमलव आठ गुणा हो ।’ सर्वेक्षणले सन् २०२२…
काठमाडौँ । नेपाल प्रहरीले महाशिवरात्रिमा पशुपति क्षेत्रमा पूजाआजा आउने भक्तजनलाई महँगा गहना लगाएर नआउन अनुरोध गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले आपाराधिक तथा चोरीका घटना हुनसक्ने हुँदा त्यस्ता महँगा गरगहना लगाएर आउँदा समस्या पर्नेतर्फ सचेत गराउँदै आवश्यक सुरक्षा सावधानी अपनाउन अनुरोध गरे। महाशिवरात्रिका अवसरमा शान्ति सुरक्षा कायम गर्न पर्याप्त मात्रामा प्रहरी परिचालन गरिएको र सहायता कक्षसमेत स्थापना भएको जानकारी गराउँदै उनले कुनै समस्या परेमा जानकारी गराउन पनि अनुरोध गर्नुभएको छ । “देशविदेशबाट पशुपतिको दर्शनका लागि लाखौँको भक्तजन सहभागी हुने भएकाले छिटोछरितो, व्यवस्थित र सुरक्षित दर्शनको व्यवस्था मिलाउन आवश्यक सम्पूर्ण व्यवस्था गरिएको जानकारी गराउँदछु”,…
काठमाडौ । भगवान् शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको महाशिवरात्रि पर्व आज देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइँदै छ । प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजाआराधना गरी आज देशभर मनाउन लागिएको हो । पर ब्रह्मले फागुन कृष्ण चतुर्दशीका दिन मध्यरातमा शिवरुप धारण गरेकाले मध्यरातमा चतुर्दशी तिथि परेकै दिन पूजा, आराधना, दर्शन गरे यस लोकमा सुख, शान्ति र परलोकमा सद्गति प्राप्त हुने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईले बताए। राष्ट्रिय सांस्कृतिक पर्वका रूपमा रहेको यो दिन आज पशुपतिनाथमा रातको चार प्रहरमा चार प्रकारका पूजाका अतिरिक्त महादीप,…
काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गरेको छ । समीक्षामार्फत राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका लागि तोकिएको विद्यमान नीतिगत दर र निक्षेप सङ्कलन दर यथावत राखेको छ । त्यस्तै, कर्जा नोक्सानीसम्बन्धी व्यवस्थामा बैंक तथा वित्तीय संस्थाहरूलाई सजिलो बनाइएको छ । त्यस्तै, सवारी कर्जासम्बन्धी व्यवस्थामा केही फेरबदल गरिएको केन्द्रीय बैंकले जनाएको छ । “मूल्यवृद्धिको पछिल्लो प्रवृत्तिले नीतिगत दर बढाउनुपर्ने आवश्यकता औँल्याएको भए पनि आर्थिक क्रियाकलाप विस्तारलाई उच्च प्राथमिकतामा राख्नुपर्ने भएका कारण आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति जारी गर्दा लिइएको सजगतापूर्वक लचिलो कार्यदिशालाई यथावत राखिएको छ”, राष्ट्र बैंकले भनेको छ ।…
काठमाडौँ । शिवरात्रीको अवसरमा भारतीय सेनाका छ जना पूर्वस्थल सेनाध्यक्षहरू नेपाल आएका छन्। नेपाली सेनाको मुख्यालय जङ्गी अड्डाको निमन्त्रणामा सेवा निवृत्त छ जना सेनाध्यक्षहरू पशुपति दर्शनका लागि नेपाल आएका हुन्। हरेक शिवरात्रीको दिन नेपाली सेनाको स्थापना दिवस समेत मनाउने गरिन्छ। यही अवसरमा जङ्गी अड्डाले पूर्व सेनाध्यक्षहरूलाई निम्ता दिएको थियो। नेपाली सेनाको निमन्त्रणामा महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको २६२औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन उनीहरु नेपाल आएका हुन् । नेपाल आउनेहरुमा जोगिन्दर जसवन्त सिंह (अ.प्रा.), दीपक कपुर (अ.प्रा.), विजय कुमार सिंह (अ.प्रा.), दलवीर सिंह सुहाग (अ.प्रा.), मनोज मुकुन्द नरवणे (अ.प्रा.) र मनोज पाण्डे (अ.प्रा.) रहेका छन् । उनीहरुले विभिन्न ऐतिहासिक,…
काठमाडौँ । पटकपटक हटाउने प्रयास गर्दै आएका ऊर्जामन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग फेरि स्पष्टीकरण सोधेका छन् । गत पुस २८ गते बुझाएको स्पष्टीकरण चित्त बुझ्दो नभएको भन्दै फेरि २४ घण्टे स्पष्टीकरण सोधेका हुन् । २४ घण्टे स्पष्टीकरण पत्रमा घिसिङले आन्तरिक र अन्तर्राष्ट्रिय भ्रमणलगायत विषय सोधिएको छ । घिसिङलाई २४ घण्टाभित्र जवाफ पेस गर्ने गरी स्पष्टीकरण सोधिएको ऊर्जा मन्त्री खड्काको सचिवालयले जनाएको छ । प्राधिकरणको सञ्चालक समितिको अध्यक्षमा खड्का नियुक्त भएयता आन्तरिक भ्रमण काज, बिदा, अन्तर्राष्ट्रिय भ्रमणमा कति पटक गएको भन्ने विषयमा पनि घिसिङलाई स्पष्टीकरण दिएको छ ।
काठमाडौं । प्रहरीले कुनै कारणविना नै गोकर्णेश्वरका चार जना युवाहरूलाई नियन्त्रणमा लिएको छ । मंगलबार अत्तरखेलमा रहेको नेपाल मेडिकल कलेज तथा शिक्षण अस्पतालको रजत जयन्तीको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन जाने क्रममा विरोध गर्ने आशंकामा ती युवाहरूलाई नियन्त्रणमा लिइएको हो । प्रहरी नियन्त्रणमा रहेनमा राजु सुनुवार, किरण केसी, राजेश दाहाल र मोहन सिंह रहेका छन् । ती युवाहरूले कार्यक्रम सुरु गर्नुअघि नै त्यहाँ विरोध गर्ने भनेर सामाजिक सञ्जालमा पोस्ट गरेका थिए । त्यसैको आधारमा प्रहरीले ती युवाहरूलाई पक्राउ गरेको हो । सो सूचना पाएपछि अहिले चार जनालाई ‘होल्ड’ मा राखिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
काठमाडौं । बागमती प्रदेशका सहकारी तथा गरिबी निवारण मन्त्री मदुकुमार श्रेष्ठका स्वकीय सचिव रवि थापाको मृत्यु भएको छ । सोमबार राति साथीको कोठामा बिष सेवन गरेपछि अचेत अवस्थामा पुगेका उनको कलंकीस्थित सहिद मेमोरियल अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो । धादिङको धुनीबेसी नगरपालिका-९ घर भएका ३६ वर्षीय थापा कलंकीस्थित साथीको कोठामा अचेत भेटिएका थिए । धादिङको धुनीबेसी नगरपालिका-८ घर भई काठमाडौं महानगरपालिका-१४ लिगमार्गस्थित कलंकीमा कोठा लिएर बसेका शिव कुँवरको कोठामा उनी अचेत भेटिएका हुन् । प्रारम्भिक अनुसन्धानका क्रममा मृतक थापाले विष सेवन गरेर आत्महत्या गरेको जस्तो देखिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहोराले बताए । उनका अनुसार…
काठमाडौँ । रुस र युक्रेनबिच युद्ध सुरु भएपछि पहिलो पटक अमेरिकाले युक्रेनको विपक्षमा मतदान गरेको छ। रसियाबाट युक्रेनी सेना तत्काल फिर्ता गर्नुपर्ने राष्ट्रसङ्घको प्रस्तावमा विपक्षमा परेको जम्मा १८ मतमा अमेरिकाको पनि सामेल भएको हो। संयुक्त राष्ट्र संघबाट सोमबार युक्रेनी भूभागबाट रुसी सेना तत्काल फिर्ता हुनुपर्ने प्रस्ताव अनुमोदन गरेको छ। यो प्रस्तावको पक्षमा ९३ र विपक्षमा १८ मत पर्दा ६५ देशले मतदानमा भाग लिएनन्। युक्रेनी भूभागबाट रुसी सेना फिर्ता हुनुपर्ने प्रस्तावलाई समर्थन गर्नेहरूमा जर्मनी, बेलायत र फ्रान्स जस्ता प्रमुख युरोपेली देशहरू समावेश छन्। यस्तै, इजरायल र हंगेरीसँगै रुसले यो प्रस्तावको विपक्षमा मतदान गरे। यो प्रस्ताव युक्रेनसँगको रुसको युद्धको तेस्रो वार्षिकोत्सवमा आएको…
काठमाडौं । इन्सुरेन्स कम्पनीहरूको नियामक निकाय बीमा प्राधिकरणको अध्यक्षमा पत्रकार शरद् ओझा नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले ओझालाई पाँच वर्षका लागि अध्यक्षमा नियुक्ति गरेको हो। यसअघिका अध्यक्ष सुर्य सिलवाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेपछि सोपद रिक्त थियो । रिक्त पदमा ओझालाई सरकारले नियुक्त गरेको हो। अध्यक्ष नियुक्तिका लागि गठित सिफारिस समितिले ओझासहित पूर्वसचिव रामशरण पुडासैनी र स्वास्थ्य बीमा बोर्डका पूर्वअध्यक्ष दामोदर बसौलाको सिफारिस गरेका थियो । जसमध्येबाट ओझा अध्यक्षमा नियुक्त भएका हुन् । पत्रकारिता पृष्ठभूमिका ओझा पछिल्लो समय अध्यापन गर्दै आइरहेका थिए ।
काठमाडौं । ट्राफिक प्रहरीले महाशिवरात्री पर्वलाई लक्षित गरी काठमाडौँका विभिन्न क्षेत्रमा सवारी चलाउन नपाउने व्यवस्था गरेको छ। बुधबार मनाउन लागिएको महाशिवरात्री पर्वको अवसरमा पशुपति आसपासका विभिन्न क्षेत्रहरूमा सवारी निषेध गरिएको हो। पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रीको दिन करिब ५ लाख भक्तजनहरूले दर्शन गर्ने अनुमान गरेको छ। सो सङ्ख्यामा उपस्थित दर्शनार्थीहरूलाई व्यवस्थित गर्नका लागि सवारी व्यवस्थापन गर्नुपरेको ट्राफिक प्रहरीले जनाएको छ। ट्राफिक प्रहरीका अनुसार बुधबार पुरानो वानेश्वरदेखि चावहिल, तिलगंगादेखि कालोपुलसम्मको क्षेत्रबाट सवारी प्रवेशमा कडाइ गरिने ट्राफिक प्रहरीले जनाएको छ । यद्यपि भीड व्यवस्थापन गर्न सम्भव भएसम्म तिलगंगादेखि चावहिलसम्मको चक्रपथ क्षेत्रको आधा भागमा सवारी चल्न दिने तयारी रहेको छ । पुरानो वानेश्वर,…
काठमाडौं । काठमाडौं जिल्ला अदालतले ठमेलमा प्रहरी कुट्ने अनेरास्ववियुका नेतासँग १० हजार धरौटी माग गरेको छ । तीब्र दबाबपछि पक्राउ गरिएका अखिल नेता कमलराज जोशीलाई छाड्न अदालतले आदेश दिएको हो । काठमाडौं जिल्ला अदालतका न्यायाधीश हर्कबहादुर केसीको इजलासले पक्राउ परेका पाँचै जनालाई छाड्न आदेश दिएको हो । रमेश फुलारालाई १५ हजार रुपैयाँ धरौटीमा छाड्न आदेश भएको छ । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियु स्थायी कमिटी सदस्य कमलराज जोशी, गोपालबहादुर शाही, नवीनसिंह ऐर, दिनेश सिग्देललाई भने जनही १०/१० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश भएको छ ।
काठमाडौं । महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्रमा शोभायात्रा निकालिएको छ । पशुपति क्षेत्र विकास कोषको आयोजनामा पशुपतिनाथ मूल मन्दिरअघिको पश्चिम ढोकाबाट सुरु भएको उक्त शोभायात्राको शुभारम्भ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले गरे। शोभायात्रा पश्चिम मूल ढोकाबाट भुवनेश्वरी चोक, चारशिवालय, पिङ्गलास्थान, गौशाला, जयवागेश्वरी, सिफल, लामपोखरी, चाबहिल गणेशस्थान, चावहिलचोक, मित्रपार्क, उमाकुण्ड हुँदै भुवनेश्वरी चोकमा पुगेर समापन भएको थियो । शोभायात्रामा मन्त्री पाण्डे र राज्यमन्त्री अरुणकुमार चौधरी, सचिव विनोदप्रकाश सिंह, कोषका सदस्य सचिव डा मिलनकुमार थापा, कोषाध्यक्ष नारायणप्रसाद सुवेदी, कोष सञ्चालक परिषद्का सदस्यहरु, कोषका कर्मचारी, स्थानीय सङ्घ संस्थाका प्रतिनिधि, साधुसन्तलगायतको उपस्थिति रहेको थियो ।
काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनमा शान्तिस्थापनाका लागि आफू राष्ट्रपति पदबाट राजीनामा दिन तयार रहेको बताए । सोमबारको युरोपेली बैठकलाई उद्धृत गर्दै उनले भने, “यदि युरोपेली देशहरूबीच मतभेद भयो भने त्यो दुःखी परिवारजस्तो हुनेछ ।” सोमबारदेखि युक्रेनमा हुने युरोपेली नेताहरूको बैठकका सन्दर्भमा सोधिएको एक प्रश्नको जवाफमा उनले त्यहाँ केही कठिन निर्णय गर्न बाँकी रहेको बताए । युक्रेनी अधिकारीका अनुसार नेताहरूले बैठकमा आफ्नो आगामी रणनीतिबारे छलफल गर्नेछन् भने जेलेन्स्कीले युक्रेनको सुरक्षा प्रत्याभूतिको बारेमा पनि कुरा गरे । जेलेन्स्कीले भने, “यो युद्ध हो, बच्चाको खेल होइन। हामीलाई साझेदारी चाहिएको छ, हामीलाई सहयोग चाहिएको छ, तर हामी हाम्रो स्वतन्त्रता गुमाउन सक्दैनौं र…
काठमाडौ । रास्वापा उपसभापति स्वर्णीम वाग्लेले प्रतिनिधि सभाको बैठकमा ओडिसामा मृत्यु भएकी प्रकृति लम्सालको परिवारलाई नै श्रद्धाञ्जलि दिए पछि कांग्रेस सांसदले आपत्ति जनाएका छन् । सोमबारको बैठकमा सभामुख देवराज घिमिरेले भारतको ओडिसामा प्रकृति लम्सालको हत्या भएको घटनाका सन्दर्भमा बोल्ने क्रममा परिवारप्रति नै श्रद्धाञ्जलि व्यक्त भएको शब्दको प्रयोग भएको भए हेरेर सच्याउन निर्देशन दिनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयका बीचमा सांसद रामहरि खतिवडाले सभामुखको ध्यानाकर्षण गराउँदै फागुन ६ गतेको बैठकमा सांसद डा स्वर्णिम वाग्लेले बोल्ने क्रममा लम्सालका सपरिवारलाई श्रद्धाञ्जलि दिएको शब्दावलीको प्रयोग भएकाले त्यसलाई संसद्को अभिलेखबाट हटाउन माग गर्नुभएको थियो । सांसद खतिवडाको ध्यानाकर्षणपछि सभामुख घिमिरेले सपरिवारलाई श्रद्धाञ्जलि दिएको…
काठमाडौं। सामाजिक सञ्जालमा पुराना दल र नेताहरूप्रति नियोजित रुपमा देखाइने गरेको भ्रम र अफवाहले धेरैलाई लाग्न सक्छ के साँच्चिकै पुराना दल र नेताप्रति क्रेज घटेको हो त ? अहिले पश्चिम नेपालमा पार्टी कार्यक्रममा सहभागी हुन पुगेका कांग्रेस महामन्त्री गगन थापाप्रतिको क्रेज हेर्ने हो भने कांग्रेस र गगनको क्रेज दूरदराजसम्म फैलिएको देख्न सकिन्छ । आइतबार नेपाली कांग्रेस रोल्पाले आयोजना गरेको दोस्रो जिल्ला सम्मेलनमा सहभागी हुन लिवाङ पुगेका थापाले अप्रत्यासित सम्मान र आतिथ्य पाए । थापा आफैंले पनि १५ वर्षपछि लिवाङ पुग्दा पाएको यो माया र स्नेहले आफू उत्साहित भएको बताएका छन् । लिवाङ नेकपा माओवादीको आधार भूमि र अहिलेसम्म पनि माओवादीले…
काठमाडौँ। नेकपा माओवादी केन्द्रले हुलाकी केन्द्र लक्षित तराई मधेश जागरण अभियान सुरु गरेको छ। उक्त अभियानमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका हुलाकी राजमार्ग आसपासका क्षेत्रमा कार्यक्रम गर्ने कार्यतालिका तय गरिएको छ। उक्त अभियानका लागि अध्यक्ष प्रचण्डसहितका नेताहरु झापा पुगिसकेका छन् । माओवादीले गत केन्द्रीय समिति बैठकबाट अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो । चैत ७ गतेसम्म चल्ने अभियानमा निम्नमितिमा निम्न स्थानमा कार्यक्रम गर्ने तयारी रहेको माओवादीले जनाएको छ। कोशी प्रदेश झापा– फागुन १२ गते मोरङ– फागुन १३ गते (फागुन १४ गते शिवरात्रि भएकाले विश्राम) सुनसरी– फागुन १५ मधेस प्रदेश सप्तरी– फागुन १६ गते सिरहा– फागुन १७ गते धनुषा– फागुन १८ गते…
