

काठमाडौं । काठमाडौं जिल्ला अदालतले ठमेलमा प्रहरी कुट्ने अनेरास्ववियुका नेतासँग १० हजार धरौटी माग गरेको छ । तीब्र दबाबपछि पक्राउ गरिएका अखिल नेता कमलराज जोशीलाई छाड्न अदालतले आदेश दिएको हो ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश हर्कबहादुर केसीको इजलासले पक्राउ परेका पाँचै जनालाई छाड्न आदेश दिएको हो । रमेश फुलारालाई १५ हजार रुपैयाँ धरौटीमा छाड्न आदेश भएको छ ।
नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियु स्थायी कमिटी सदस्य कमलराज जोशी, गोपालबहादुर शाही, नवीनसिंह ऐर, दिनेश सिग्देललाई भने जनही १०/१० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश भएको छ ।