

काठमाडौँ। नेकपा माओवादी केन्द्रले हुलाकी केन्द्र लक्षित तराई मधेश जागरण अभियान सुरु गरेको छ। उक्त अभियानमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका हुलाकी राजमार्ग आसपासका क्षेत्रमा कार्यक्रम गर्ने कार्यतालिका तय गरिएको छ।
उक्त अभियानका लागि अध्यक्ष प्रचण्डसहितका नेताहरु झापा पुगिसकेका छन् । माओवादीले गत केन्द्रीय समिति बैठकबाट अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो ।
चैत ७ गतेसम्म चल्ने अभियानमा निम्नमितिमा निम्न स्थानमा कार्यक्रम गर्ने तयारी रहेको माओवादीले जनाएको छ।
कोशी प्रदेश
झापा– फागुन १२ गते
मोरङ– फागुन १३ गते
(फागुन १४ गते शिवरात्रि भएकाले विश्राम)
सुनसरी– फागुन १५
मधेस प्रदेश
सप्तरी– फागुन १६ गते
सिरहा– फागुन १७ गते
धनुषा– फागुन १८ गते
महोत्तरी– फागुन १९ गते
(फागुन २० गते प्रचण्ड थारु मोर्चाको सम्मेलनको उद्घाटन गर्न कैलालीको टीकापुर जाने भएकाले विश्राम)
सर्लाही– फागुन २१ गते
रौतहट– फागुन २२ गते
बारा– फागुन २३ गते
पर्सा– फागुन २४ गते
बागमती प्रदेश
चितवन– फागुन २५ गते
गण्डकी प्रदेश
नवलपुर (नवलपरासी पूर्व) – फागुन २६ गते
लुम्बिनी प्रदेश
परासी (नवलपरासी पश्चिम) फागुन २७ गते
रुपन्देही– फागुन २८ गते (प्रचण्डबाट बुटवलमा मगर मोर्चाको सम्मेलनको उदघाटन कार्यक्रमसमेत हुने ।
(फागुन २९ र चैत १ गते होली)
कपिलवस्तु– चैत २ गते
दाङ– चैत ३ गते
बाँके– चैत ४ गते
बर्दिया– चैत ५ गते
सुदूरपश्चिम प्रदेश
कैलाली– चैत ६ गते
कञ्चनपुर– चैत ७ गते