Author: Kathmandu Khabar

काठमाडौँ । काठमाडौँको गोकर्णेश्वरस्थित एक महिलाको हत्यामा संलग्न एक नाबालकसहित पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले आज उक्त घट्नामा संलग्नताका आधारमा सर्लाही घर भई हाल काठमाडौँ गोठाटार बस्ने २५ वर्षीय कैलाश खड्का, मकवानपुर घर भई हाल गोठाटार बस्ने २० वर्षीय सुरेश तामाङ, नुवाकोट घर भई हाल गोठाटार बस्ने २४ वर्षीय रोशन तामाङ, सिन्धुपाल्चोक घर भई हाल गोकर्णेश्वर बस्ने २० वर्षीया पूजा परियार र एक नाबालकलाई पक्राउ गरेको हो । यही फागुन २४ गते गोकर्णेश्वर नगरपालिका–७ नामी कलेज नजिक बाग्मती खोलाको बीच भागमा बोराभित्र पानीमा डुबेको अवस्थामा अन्दाजी वर्ष ३०/३५ वर्षकी महिलाको शव फेला परेको थियो । उक्त सूचना प्राप्त…

Read More

काठमाडौँ । समयमा पानी नपर्दा करिब तीन दिनदेखि काठमाडौं उपत्यकाको आकाश खुल्न सकेको छैन । करिब तीन दिनसम्म आकाश नखुल्दा वायु प्रदूषण समेत बढेको मौसम विज्ञान विभागले जनाएको छ। मौसम पूर्वानुमान माहाशाखाले स्थानीय वायुको प्रभाव र पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण वर्षा हुन नसकेको मौसमविद् विनु महर्जनले बताइन् । “मुलुकको केही भागमा हिमपात र हल्का मात्र वर्षा भएको छ, तर प्रदूषण हट्ने गरी वर्षा भएको छैन,” उनले भनिन्, “अझै तीन दिन यस्तै हुने देखिन्छ ।” ‘एयर क्वालिटि इन्डेक्स’ का अनुसार आज काठमाडौँ विश्वको पाचौँ प्रदूषित सहरका रुपमा सुचीकृत भएको छ । आज यहाँको वायु प्रदूषण एक सय ६३ एक्युआई…

Read More

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र काठमाडौं फर्किँदा समर्थकहरूले विमानस्थलबाहिर स्वागत गरेका छन् । करिब एक महिना लामो गण्डकी प्रदेशको यात्रा सकेर काठमाडौं आएका ज्ञानेन्द्रलाई समर्थकहरूले स्वागत गरेका थिए । उनको स्वागत कार्यक्रममा समर्थकहरूले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी गरेका थिए। प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्न थालेपछि प्रहरीसित उनीहरूको धकेलाधकेल पनि भएको छ। पूर्वराजा शाह आइतबार अपराह्न कास्कीको पोखराबाट काठमाडौं फर्किएका हुन्। समिट एयरको ९एन–एकेजेड कलसाइन चार्टर्ड विमानमार्फत उनी काठमाडौँ आएका हुन्। उनलाई स्वागत कार्यक्रममा राप्रपाका अध्यक्ष राजेन्द्र लिंगदेन, राप्रपा नेपालका कमल थापासहितका नेताहरू समेत उनको स्वागतमा विमानस्थल पुगेका थिए । हजारौं समर्थकहरूले राष्ट्रिय झण्डासहित कार्यक्रममा सहभागी भएका थिए ।

Read More

काठमाडौं । सांसदहरुले राजतन्त्र पक्षधरको नाराजुलुसको विषयमा गम्भीर हुन सरकारसँग आग्रह गरेका छन् । आजको राष्ट्रिय सभा बैठकमा बोल्ने सांसदहरूले यस्तो माग राखेका हुन् । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सांसद उदयबहादुर बोहोराले केही समययता काठमाडौँलगायत मुलुकका केही सहरमा नाराजुलुस भइरहेको उल्लेख गर्दै लोकतन्त्रमाथि प्रहार भएकामा चिन्ता व्यक्त गर्नुभयो । उनले सरकार र राजनीतिक दलले कार्यशैली सच्याउन आवश्यक रहेको बताउनुभयो । मुलुकबाट बेतिथिको अन्त्य, महङ्गी नियन्त्रण र सुशासन प्रवद्र्धनमा सरकार दृढतापूर्वक लाग्नुपर्नेमा उनको जोड थियो । सोही पार्टीका सांसद गोमादेवी तिमल्सिनाले लामो समयदेखि उदयपुर सिमेन्ट उद्योग नेतृत्वबिहीन भएको र कर्मचारीहरुले महिनौदेखि तलव नपाएको उल्लेख…

Read More

काठमाडौं । आजदेखि सहिद स्मारक बी डिभिजन लिग फुटबल खेल सुरु हुँदैछ। दिउँसो साढेति बजे दशरथ रङ्गशालामा लिगको उद्घाटन खेल हुन लागेको एन्फाले जनाएको छ। आइतबारको उद्‌घाटन खेलमा च्यासल युथ क्लब र वीरगञ्ज युनाइटेडबीच प्रतिस्पर्धा हुनेछ । एकल राउन्ड रोबिनका आधारमा हुने लिगमा ९१ खेल हुने छन् । प्रतियोगिता दशरथ रङ्गशाला र सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुने छन् । प्रतियोगितामा १४ क्लबले प्रतिस्पर्धा गर्दै छन् । ‘बी’ डिभिजनमा रानीपोखरी कर्नर टिम (आरसीटी), श्री भगवती, टुसाल युथ, ब्रिगेड ब्वाइज, ब्वाइज युनियन, मध्यपुर युथ, च्यासल युथ, श्री कुमारी, बाँसबारी, नयाँबस्ती युथ, सरस्वती युथ, वीरगञ्ज युनाइटेड, झापा फुटबल क्लब र प्लानिङ ब्वाइज युनाइटेड…

Read More

काठमाडौं । नेपाली कांग्रेसले आजदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा मिसन रोजगारी अभियान सुरु गर्न लागेको छ। एक वर्षसम्म सञ्चालन हुने यो अभियानको आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा औपचारिक उद्घाटन गर्न लागिएको छ । रोजगारी सिर्जना गर्न सकिने माध्यम, क्षेत्र, नीतिगत अवस्थालगायतमा वर्षभरी नै छलफल बहस गरी यो कार्यक्रम सम्पन्न गरिने नेपाली काङ्ग्रेसले जनाएको छ। रोजगारी सिर्जना गर्ने उद्देश्यले यस्तो बहस गर्न लागिएको हो । दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले ‘राजनीतिक विमर्शको केन्द्रमा रोजगार-सरकारको प्राथमिकतामा रोजगार’ भन्ने लक्ष्यका साथ ‘मिसन रोजगारी’ अभियान सञ्चालन सुरु गर्न लागेका हुन्।

Read More

काठमाडौं । प्रशासनले आज काठमाडौँ उपत्यकामा सुरक्षाकर्मीलाई हाई अलर्टमा राखेको छ। एक साता लामो पोखरा बसाएपछि काठमाडौँ फर्किन लागेका पूर्व राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्नको लागि भन्दै राजावादी समूहले ठूलो जमात भेला गराउन लागेपछि स्थिति असामान्य नबनोस् भन्नका लागि सुरक्षाकर्मीलाई हाइ अलर्टमा राखिएको प्रशासनले जनाएको छ। शनिबार प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीको अध्यक्षतामा बसेको सुरक्षा समन्वय समितिको बैठकले स्थिति अनियन्त्रित हुने र गैरकानुनी क्रियाकलाप हुनसक्नेतर्फ संकेत गर्दै सुरक्षाकर्मीलाई हाई अलर्टमा राख्ने निर्णय गरेको थियो। आज बिहानैदेखि काठमाडौंको नारायणहिटी दरबार संग्रहालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सहितका संवेदनशील पहिचान गरिएका क्षेत्र र मुख्य चोकहरुमा सुरक्षाकर्मीको तैनाथी बढाइएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालय…

Read More

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ क्यानले २०२५ को लागि वार्षिक क्यालेण्डर सार्वजनिक गरेको छ। शनिबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै २०२५ मा नेपाली राष्ट्रिय पुरुष र महिलाका साथै उमेर समूहमा हुने क्रिकेट तालिका सार्वजनिक गरिएको हो। नेपाली क्रिकेट क्षेत्रलाई व्यवस्थित र व्यावसायिक बनाउनका लागि पटकपटक वार्षिक क्यालेण्डरको आवश्यकताबारे दबाब सिर्जना हुँदै आएको थियो। यो वर्ष नेपालको ध्यान विश्वकप छनोटका निम्ति केन्द्रित हुने क्यान सचिव पारस खड्काले बताए । नेपाली टोलीले अप्रिलमा हङकङ सिरिज, मेमा यूके भ्रमण गर्दै जुनमा आईसीसी विश्वकप लिग–२ खेल्नेछ । यस्तै, ट्वान्टी–२० विश्वकप छनोटको तयारी श्रीलंकामा हुने सचिव खड्काले जानकारी दिए । यस्तो छ क्यानले सार्वजनिक गरेको वार्षिक…

Read More

सिन्धुली । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउनेतिर नलाग्न उर्जामन्त्री दीपक खड्कालाई सुझाव दिएका छन्। शनिबार सिन्धुलीमा आयोजित कार्यक्रममा बोल्दै महामन्त्री थापाले सरकारको मन्त्रीले तीन चार महिनापछि सेवा निवृत्त हुन लागेका कर्मचारीको पछि लाग्न नहुने बताएका हुन्। थापाले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङप्रति इंगित गर्दै थापाले अहिले सरकार नै एउटा व्यक्तिको पछि लागेको जस्तो देखिएको टिप्पणी गरे । ‘तीन–चार महिनामा सेवा निवृत्त हुने एउटा व्यक्तिको पछि सरकार नै लागेको देखिन्छ । यस्ता कुरा ठिक होइन । यस्तो, नचाहिने काममा कोही पनि मन्त्रीहरू लाग्नु हुँदैन । सेवा निवृत्त भएपछि उपयुक्त मान्छे ल्याउने,…

Read More

काठमाडौं । राजावादीहरू सलबलाएको भन्दै नेकपा माओवादी केन्द्रले सञ्चालन गर्दै आएको तराई मधेस जागरण अभियान स्थगित गर्ने निर्णय गरेको छ। फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले जारी गरेको अपिलपछि राजसंस्था पुनस्थापनाको माग गर्दै विभिन्न आन्दोलन तथा गतिविधिहरु हुँदै आएका छन्। पछिल्लो समय गतिविधि बढ्न थालेपछि प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रले प्रधानमन्त्री केपी ओलीका कारण राजावादीहरू सलबलाएको भन्दै अभियान स्थगित गर्ने निर्णय गरेको जनाएको छ। सरकारमा भएकाहरूले भ्रष्टाचारलाई बढावा दिने लगायतका गलत कामहरू गर्दा राजावादीहरू अनावश्यक रूपमा सल्बलाउन थालेको दावी गर्दै माओवादीले फागुन १२ गतेबाट सुरु भएको अभियान तत्कालका लागि स्थगित गरेको हो । ‘केपी ओलीले असाध्यै गलत…

Read More

काठमाडौँ । ‘सबै महिला तथा बालिकाको लागि: अधिकार, समानता र सशक्तिकरण’ भन्ने मूल नाराका साथ संसारभर विभिन्न कार्यक्रमका साथ आज एक सय १५औँ अन्तरराष्ट्रिय महिला दिवस मनाइदैछ । सरकार र सरोकारवाला निकाय तथा विभिन्न महिला संगठनले यस दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गरी भव्यताका साथ मनाउने तयारी गरेका छन् । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले प्रहरी प्रधान कार्यालयमा विशेष समारोहको आयोजना गरेको छ । विभिन्न राजनीतिक दल सम्वद्ध महिला संगठनले पनि अन्तरराष्ट्रिय महिला दिवसको कार्यक्रम तय गरेका छन् । विश्वभरी विभिन्न क्षेत्रमा कार्यरत महिलाको आर्थिक, राजनीतिक र सामाजिक उपलब्धि स्मरण गर्दै महिलाको प्रविधिमा पहुँचको विस्तार गर्ने, महिला सशक्तिकरण अभिवृद्धि…

Read More

काठमाडौँ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । महाशाखाका अनुसार कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा छिटफुटदेखि हल्का वर्षा भइरहेको छ । आज दिउँसो कोशी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको…

Read More

काठमाडौं । भक्तपुरको तचपालस्थित दत्तात्रय मन्दिर अगाडि भीमसेनको लिङ्ग प्रदर्शन गरिएको छ । तीन हात लामो, ३० इन्च गोलाइको काठको लिङ्ग प्रदर्शनसँगै भीमसेन गुठीका गायजुहरुले ‘भीमसेन देया लज्ज खङ लो वानला, बिस्यूवाने म्वायक सो झायला’ अर्थात् ‘भीमसेनको लिङ्गले देखेर लोभियो कि, भाग्नु नपर्ने गरी हेर्न आउनुभयो कि’ बोलको यौनरस युक्त गीतसमेत गाउने गर्दछ । फागु पर्वको सुरुआत भएको जनाउन काठमाडौँको वसन्तपुरमा चीर स्वायगु (चीर गाडे) सँगै भक्तपुरको तचपालस्थित दत्तात्रय मन्दिर अगाडिको भीमसेन मन्दिरको पाटीमा फागुन शुक्ल अष्टमीदेखि लिङ्ग प्रदर्शनमा राखिएको हो । लिङ्गसँगै यौन समागमनको दृश्य झल्कने गरी रातो कपडाको बीचमा प्वाल पारी काठको लिङ्ग प्रवेश गराइएको छ । झुन्ड्याएको…

Read More

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सामाजिक सञ्जाल प्लेटर्फमहरुलाई मन्त्रालयमा सूचीकरण हुन पुन: आग्रह गरेका छन् । यसअघि पनि विभिन्न मितिमा नेपालमा सञ्चालनमा आएका सबै सामाजिक सञ्जाललाई दर्ता हुन ताकेता गरे पनि टिकटक लगायत तीन वटा प्लेटफार्म मात्रै दर्ता भएका छन् । सञ्चार मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० बमोजिम मन्त्रालयमा सूचीकृत हुन आग्रह गरेका छन् । यसअघि मन्त्रालयले सूचीकरणका लागि एक्स, फेसबुक, इन्स्टाग्रामजस्ता सामाजिक सञ्जाल प्लेटर्फमलाई ताकेता गरेको थियो । मन्त्रालयको आह्वानपछि गत असोज १६ मा विटक, गत वर्षको फागुन २४ मा भाइबर र गत कात्तिक ८ मा टिकटक…

Read More

प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालापश्चात समकालीन नेपाली राजनीतिमा ज्यादा लेखिने, पढिने र चर्चा गरिने पात्रमध्येका एक हुन्, काठमाडौं क्षेत्र नं ४ बाट निर्वाचिन सांसद गगनकुमार थापा । पछिल्लो समय ‘उत्तेजनाको राजनीति’ गर्नेहरुले युवालाई प्रभावित पार्नसक्ने खतरा औँल्याउँदै आएका सांसद ‘थापा’ विरासतको राजनीतिबाट ‘राजनीतिमा स्थापित’ पात्र भने होइनन् । स्कुल तथा कलेज अध्ययनकै क्रममा सडक संघर्षबाट राजनीतिमा होमिएर कांग्रेस पार्टीजस्तो नेपालको हरेक परिवर्तनको अगुवाई गर्ने पार्टीमा सर्वाधिक मतले महामन्त्री निर्वाचित ‘थापा’ पार्टी नेतृत्वमा स्थापित नेतामध्ये लगभग ‘कान्छा’ प्रतिनिधि हुन् । २०५९ देखि २०६१ सम्म नेपाल विद्यार्थी संघको महामन्त्री भएर काम गरेका थापाले राजाको सक्रिय शासनकालमा गणतन्त्रको आवाजलाई मुखरित गरेकै कारण नेपाली…

Read More

काठमाडौ । नेपाल दूरसञ्चार प्राधिकरणको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम परामर्श सेवा खरिदमा तत्कालीन अध्यक्षहरू दिगम्बर झा र पुरुषोत्तम खनालले भ्रष्टाचार गरेको ठहर भएको छ । विशेष अदालतले खरिद प्रक्रियामा अयोग्य कम्पनीलाई छनोट गरी २ करोड ८२ लाख अमेरिकी डलर लागत बढाएर सम्झौता गरेको ठहर गरेको हो। अदालतले भुक्तानी भएको रकम २३ करोड २० लाख ५९ हजार ३१४ रुपैयाँ भ्रष्टाचार भएको ठहर गरेको छ । विशेष अदालतका न्यायाधीसहरू अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू रितेन्द्र थापा र विदुर कोइरालाको इजलासले  अध्यक्षद्वय झा र खनाललाई एकवर्ष एक महिना कैदसहित जरिबानाको फैसला सुनाएको छ । विशेष अदालतले भुक्तानी भएको रकमबाट ५ करोड ८० लाख…

Read More

काठमाडौँ । काठमाडौँको शङ्खरापुर नगरपालिका वडा नं ६ मा रहेको एक आश्रय स्थलमा एकाबिहानै टप्परको ठक्करमा परी तीनजनाको मृत्यु भएको छ। तीव्र गतिमा गएको टिफर अनियन्त्रित भई आश्रय स्थलको टहराभित्र छिर्दा दुई बालबालिकासहित तीन जनाको मृत्यु भएको हो। शुक्रबार बिहान करिब ३ः४० सो बजेको समयमा सलम्बुटारस्थित साँखु–ब्रह्मखेल सडकखण्डमा बा२क ६५८० नम्बरको टिपरले अनियन्त्रित भई युवराज थापाले सञ्चालन गरेको द्वन्द्वपीडित तथा अपाङ्ग समाज संस्थाले बनाएको जस्ताको टहरामा ठक्कर दिएको थियो । सो टहरोमा ६१ जना बस्दै आएका छन् । टिपरले ठक्कर दिएको कोठामा १० जना सुतिरहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिए। सुतिरहेको अवस्थामा टिपरको ठक्करबाट…

Read More

मोरङ । नेकपा एमालेलाई गुटविहीन बनाउने अभियानमा रहेका केपी ओली पक्षीय प्यानललाई पछि पार्दै मोरङमा विद्या भण्डारी पक्षीय प्यानलले अग्रता हासिल गरेको छ। राष्ट्रियस्तरमा समेत निकै चर्चा पाएको एमाले मोरङको दशौँ जिल्ला अधिवेशनका क्रममा बिहीबारदेखि सुरु मतगणना जारी छ। मतगणनामा अध्यक्ष केपी शर्मा ओलीसहितका संस्थापन पक्षीय नेताहरूको समर्थन मिलेको प्यानल पछि परेको छ। गत महिना करिब एक साता पूर्व भ्रमण गरेकी पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले मूलरूपमा समर्थन गरेको विद्रोही पक्षले अध्यक्षसहित सबै पदमा अग्रता हासिल गरिरहेको छ। ४३९ मतगणना गरिसक्दा अध्यक्षसहित पाँचजना पदाधिकारीमा कोशी प्रदेशको अध्यक्षमा पराजित पूर्वकेन्द्रीय सदस्य विनोद ढकाल नेतृत्वको प्यानलले अग्रता बनाउँदै लगेको छ। अध्यक्षका लागि ढकालको…

Read More

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकले पाँचवटा अध्यादेश स्वीकृत गरेको छ । प्रतिनिधिसभाबाट बुधबार पारित भएका सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१, निजीकरण (पहिलो संशोधन) अध्यादेश, २०८१, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ तथा सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ लाई राष्ट्रियसभाले बहुमतबाट स्वीकृत गरेको हो । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१, निजीकरण (पहिलो संशोधन) अध्यादेश, २०८१ माथि सांसदहरु डा वेदुराम भुषाल, मायाप्रसाद शर्मा, नरबहादुर विष्ट र…

Read More

काठमाडौं । काठमाडौं महानगरपालिकाले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंमाथि गरिएको कारबाहीको विषयलाई लिएर मेयर बालेन शाह रक्षात्मक बन्न पुगेका छन् । पुरानो बसपार्कको नक्सा पास मुद्दामा दोषी रहेको भन्दै छानबिन समिति गठन गरेर गुरागाइँलाई कारबाही गरेपछि उत्पन्न परिस्थितिमा बालेन रक्षात्मक बन्न पुगेका हुन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आफ्नो कर्मचारीलाई काम गर्ने वातावरण मिलाइदिन काठमाडौं महानगरपालिकालाई अनुरोध गरेको छ । मन्त्रालयबाट प्रमुख प्रशासकीय अधिकृतका रूपमा काठमाडौं महानगरपालिकामा खटाइएका कर्मचारी सरोजप्रसाद गुरागाईंलाई महानगर प्रमुख बालेन्द्र शाह ‘बालेन’ले हाजिर गर्न नदिएको गुनासो आएपछि मन्त्रालयले काम गर्ने वातावरण बनाइदिन महानगरलाई आग्रह गरेको हो । बुधबार गुरागाईंले संघीय मामिला तथा सामान्य प्रशासन…

Read More

काठमाडौं । उच्च अदालत पाटनले माडवारी सेवा समाजलाई गौशालाको धर्मशाला चलाउन दिने गरी फैसला सुनाएको छ । बुधबार उच्च अदालत पाटनका न्यायाधीशद्वय मुनेन्द्रप्रसाद अवस्थी र हेमन्त रावलको इजलासले गौशाला धर्मशाला मारवाडी सेवा समितिले नै सञ्चालन गर्नुपर्ने आदेश दिएको हो । उच्च अदालतले गौशाला धर्मशाला सञ्चालनका लागि काठमाडौं महानगर र पशुपति विकास कोषबीच भएको सम्झौता पनि खारेज गरेको छ । मारवाडी सेवा समितिलाई अधिकार खोसेर कोषले गत असोजमा गौशाला धर्मशाला सञ्चालनका लागि काठमाडौं महानगरसँग सम्झौता गरेको थियो । उक्त सम्झौतापछि महानगर र कोषले गौशाला धर्मशालाबाट मारवाडी सेवा समितिलाई हटाउन खोजेका थिए । गौशाला महानगरलाई चलाउन दिने कोषको निर्णयविरुद्ध मारवाडी सेवा समिति…

Read More

काठमाडौ । बुधबार प्रतिनिधि सभाबाट पारित भएका पाँचवटा अध्यादेशहरू आज राष्ट्रिय सभामा पेश हुने भएका छन्। बुधबार बसेको प्रतिनिधिसभा बैठकमा सरकारले ल्याएका ६ अध्यादेशमध्ये भूमिबाहेकका अध्यादेशहरू प्रतिनिधिसभाबाट बहुमतले पारित भएको थियो। संघीय संसद्अन्तर्गत दुवै सदनको बैठक आज बस्दै छ। बैठक दिउँसो सवा १ बजे बस्नेछ बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको मन्त्री प्रदीप पौडेलले जवाफ दिने कार्यसूची छ। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन सभासमक्ष पेस गर्ने कार्यसूचीमा उल्लेख छ। त्यस्तै ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’, ‘आर्थिक कार्यविधि तथा वित्तीय…

Read More

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेलाई जर्मनीको बर्लिनमा ‘टुरिजम मिनिस्टर अफ द एयर अवार्ड’ प्रदान गरिएको छ । बर्लिनमा प्यासिफिक एसिया ट्राभल राइटर्स एसोसिएसन (पाटवा) ले आयोजना गरेको ‘वल्र्ड टुरिजम एन्ड एभिएसन समिट–२०२५’ का अवसरमा मन्त्री पाण्डेलाई हिमालय क्षेत्रका मुलुकहरूबाट वर्षको उत्कृष्ट पर्यटनमन्त्रीका रूपमा अवार्ड प्रदान गरिएको नेपाल पर्यटन बोर्डले आज विज्ञप्तिमार्फत जनाएको छ । सन् १९९९ देखि आइटिबी बर्लिनको वार्षिक समारोहमा प्रदान गरिँदै आएको यो अवार्ड पर्यटन क्षेत्रमा विशेष योगदान गरेको मुलुकका पर्यटनमन्त्रीलाई प्रदान गर्ने गरिन्छ । नेपालका लागि ऐतिहासिक रूपमा महत्वपूर्ण मानिएको यो अवार्ड पाउनु नेपालमा पर्यटन प्रवर्द्धनका लागि अवलम्बन गरिएका नीति तथा योजनाहरूको अन्तरराष्ट्रिय…

Read More

काठमाडौँ । नयाँ सरकार भनेदेखि नै नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउन लागि परेको सरकारले अन्तिम अस्त्र प्रहार गर्न लागेको छ। बुधबार बसेको मन्त्रिपरिषदको बैठकले कुलमान घिसिङलाई पदबाट किन नहटाउने भन्ने स्पष्टीकरण सोध्ने निर्णय गरेको छ। यसअघि पटकपटक ऊर्जा तथा जलस्रोतमन्त्रीको मन्त्रिस्तरीय निर्णयबाट स्पष्टीकरण सोध्ने निर्णय भएकोमा घिसिङले आफूलाई मन्त्रीपरिषदले नियुक्त गरेकाले मन्त्रीले स्पष्टीकरण सोध्न नमिल्ने जवाफ फर्काएका थिए । पदबाट हटाउनका लागि कार्यसम्पादन मूल्याङ्कनमा शून्य अङ्क दिएका मन्त्रीले अहिले भने मन्त्रिपरिषदबाट नै स्पष्टीकरण सोधेर पदबाट हटाउने अन्तिम अस्त्र प्रहार गर्न लागेका हुन्। कुलमान घिसिङको कार्यकाल आगामी साउनमा सकिँदैछ। बाँकी रहेको पाँच महिना पनि घिसिङलाई कारबाही स्वरूप हटाउनको…

Read More

काठमाडौं । प्रतिनिधिसभाले भूमिबाहेकका अन्य पाँच अध्यादेश बहुमतले पारित गरेको छ। आज बसेको प्रतिनिधिसभा बैठकमा सम्बन्धित मन्त्रीहरूले प्रस्तुत गरेको अध्यादेश स्वीकृत गरेको हो । सत्तारुढ दल जनता समाजवादी पार्टी नेपालले असहमति जनाएपछि भूमिसम्बन्धी अध्यादेश भन्ने प्रतिनिधि सभामा पेश गरिएको थिएन । यो अध्यादेश गत २ माघमा जारी भएको थियो । यो अध्यादेश ‘होल्ड’ गरेर प्रतिनिधि सभाले बाँकी अध्यादेश अगाडि बढाएको हो । गत १४ पुसमा सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश जारी भएको थियो । यसलाई प्रतिनिधि सभाले बुधबार बहुमतले स्वीकृत गरेको हो।

Read More

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई कारबाही गर्न लागेको विषयलाई लिएर विपक्षी दलका सांसदहरूले संसद तताएका छन् । आज बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै विपक्षी सांसदहरूले सरकारले षडयन्त्रपूर्वक हटाउन लागेको भन्दै विरोध गरेका छन् । पछि सभामुखले यसबारे जवाफ दिन सरकारलाई निर्देशन दिएका छन् । उनीहरूले बैठक सुरु भएलगत्तै विपक्षी दलहरूले उठेर विरोध गरेका थिए । त्यसपछि सभामुख देवराज घिमिरेले विपक्षी दलहरूको तर्फबाट बोल्न नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेलाई समय दिए । त्यसपछि बोलेका पाण्डेले कुलमानलाई सरकारले पटक–पटक स्पष्टीकरण सोध्ने र दुःख दिने मात्र नभएर कार्यसम्पादन मूल्याङ्कनमा समेत शून्य अङ्क दिएर के गर्न खोजेको हो भन्दै…

Read More

काठमाडौं । केपी ओलीलाई प्रश्न सोध्ने दुई पत्रकारको संसद् प्रवेश पास संघीय संसद सचिवालयले रद्द गरिदिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र सांसदहरूलाई प्रश्न गर्दा गलत शब्द प्रयोग गरेको भन्दै पत्रकार किशोर श्रेष्ठ र प्रकाश वलीको संसद् प्रवेश पास निलम्बन गरिएको हो । महासचिवस्तरीय निर्णयबाट पास निलम्बन गरिएको सचिवालयले जनाएको छ । संसद सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार एक महिनालाई संसद प्रवेश पास निलम्बन गरिएको हो । ‘पत्रकार आचारसंहिता, कार्यविधि र पालन गर्नुपर्ने नियमहरू छन् । यसको उल्लघन गरेको कारणले उनीहरूलाई दिइएको संसद सचिवालयको कार्ड एक महिनाका लागि निलम्बन गरिएको हो’, उनले भने । उनीहरू अब एक महिनासम्म संसद…

Read More

काठमाडौं । अवैध रुपमा अमेरिकामा बस्दै आएका आठ जना नेपालीलाई अमेरिकाले काठमाडौं ल्याएर छाडेको छ । अमेरिकाबाट आएको एउटा चार्टर विमान बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको थियो । नेपाल फर्काइदिएका आठ जनालाई थप ‘सोधपुछ’का लागि नेपाल प्रहरीको जिम्मा लगाइएको छ । अमेरिकाको ‘चार्डट’ विमानबाट काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका उनीहरूलाई अध्यागमन प्रक्रिया पूरा गरी सोधपुछका लागि प्रहरीको जिम्ममा लगाइएको विमानस्थलस्थित अध्यागमन कार्यालयले जनाएको छ । आठ जना नेपाली अमेरिकाको चार्टड विमानबाट काठमाडौँ फर्काइएका हुन् । अर्का एक नेपाली पनि आजै कतार एयरवेजको नियमित उडानबाट ‘डिपोर्ट’ भएर काठमाडाँै आइपुगेको विमानस्थलस्थित अध्यागमन कार्यालयका अध्यागमन अधिकृत यज्ञराज अर्यालले पुष्टि गरे। यसअघि अमेरिकाबाट २७ नेपाली…

Read More

काठमाडौँ । ललिता निवासको जग्गा हिनामिनाका सन्दर्भमा विशेष अदालतले गरेको फैसला त्रुटीपूर्ण रहेको दाबी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । आयोगले ललिता निवास क्याम्पभित्रको सरकारी जग्गा गैरकानुनी रुपमा व्यक्ति तथा संस्था विशेषको नाममा कायम गरी भ्रष्टाचार गरेको मुद्दामा प्रतिवादी कलाधर देउजासमेत रहेको विशेष अदालतबाट भएको फैसला चित्त बुझ्दो नभएको भनी पुनरावेदन गरेको हो । आयोगले २०७६ माघ २२ गते विशेषमा मुद्दा दायर गरेको थियो । सो मुद्दामा विशेषले २०८० फागुन ३ गते केहीलाई सफाई र केहीलाई आशिंक सफाइ दिएको थियो । आयोगले पूर्वमन्त्रीहरु विजयकुमार गच्छदार डम्बर श्रेष्ठ र चन्द्रदेव जोशीलाई पुनः प्रतिवादी बनाएको छ ।…

Read More

काठमाडौ । प्रमुख सत्तारूढ दल नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले बुधबार बस्ने सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदहरुलाई ह्विप जारी गरेको छ । बुधबार दिउँसो १ बजे बस्ने संसद् बैठकमा सरकारले ल्याएको ‘सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’, ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१’, ‘निजीकरण (पहिलो संशोधन) अध्यादेश, २०८१’ र ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’, सहित पाँच अध्यादेश संसद्बाट पारित गर्नुपर्ने भएकाले दुवै पार्टीले आफ्ना सांसदलाई अनिवार्य उपस्थितिका लागि निर्देशनात्मक ह्विप जारी गरेका हुन् ।…

Read More