Author: Kathmandu Khabar

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले गत चैत १५ गते कोटेश्वरको भाटभटेनी लुटपाट प्रकरणमा नेपाली कांग्रेसका सहमहामन्त्रीका छोराको संलग्नता रहेको भनी दिएको अभिव्यक्ति झूठो भएको भन्दै क्षमायाचना गर्न माग गरेका छन् । बैठकको आकस्मिक समयमा प्रमुख सचतेक घिमिरेले नेपाली कांग्रेसको मानमर्दन गरिएको भन्दै लगाइएको आरोपको प्रमाण दिन अथवा क्षमायाचना गर्न माग गरेका हुन्। उनले संसाद  लिङ्देनको अभिव्यक्ति ‘रेकर्ड’बाट हटाउन सभामुखसमक्ष आग्रह गरे । सांसद सराज अहमद फारुकीले भारतको पहलगाममा केही दिनअघि भएको आतङ्ककारी हमलाको निन्दा गर्दै दोषीलाई कडा कारबाही हुनुपर्ने माग गरे । सांसद फारुकीले देशभित्र सामााजिक सद्भावमा…

Read More

काठमाडौं । आन्दोलनको आज २६ औँ दिनमा शिक्षक र प्रहरीबीच झडप भएको छ । आफ्ना विभिन्न माग पूरा गर्न माग गर्दै आन्दोलनमा उत्रिएका शिक्षकहरूले आज निषेधित क्षेत्र तोड्न खोजेपछि अवस्था बिग्रिएको थियो । काठमाडौँको नयाँ वानेश्वरस्थित सडकमा आन्दोलन गरिरहेका शिक्षकले निषेधित क्षेत्र तोड्न खोजेपछि भएको झडपमा शिक्षक, पत्रकार र प्रहरीसहित २६ जना घाइते भएका छन् । सो क्रममा ५ प्रहरी, एक पत्रकार र २० शिक्षक घाइते भएका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिए । घाइतेको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

Read More

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भएको भेटवार्तामा सत्ता सहकार्यलाई अझ प्रभावकारी र सुदृढ गर्ने विषयमा छलफल भएको उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जानकारी दिए । भेट वार्ताको क्रममा दुई नेताबीच गभर्नर नियुक्तिको विषयमा छलफल भएको बताइएको छ । साथै, नेताहरूले सरकार परिवर्तनका बारेमा चलाइएका हल्ला गलत र निराधार भएको बताइएको थियो । सो अवसरमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेल र गृहमन्त्री रमेश लेखक पनि सहभागी थिए ।

Read More

चितवन । पछिल्लो समय निरन्तर घटेको अण्डाको मूल्य विस्तारै उकालो लाग्न थालेको छ । लागत मूल्यसमेत पाउन नसक्दा चिन्तित बनेका किसानले अण्डाको मूल्य बढ्न थालेपछि केही राहत महसुस गरेका छन् । गत वर्ष प्रतिक्रेट (३० गोटा)को रु पाँच सय २५ सम्म पुगेको अण्डाको मूल्य घटेर रु तीन सय ५० मा पुगेको थियो । अहिले मूल्यमा वृद्धि भएर रु चार सय ५० पुगेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार आजबाट लागू हुनेगरी ठूलो अण्डाको समर्थन फार्म मूल्य प्रतिक्रेट (३० वटाको) रु चार सय ३०, मध्यमको रु तीन सय ८० र ‘एक्सएल’को रु चार सय ५० कायम गरिएको…

Read More

काठमाडौं । प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठा–मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदै छ । शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उहाँबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई लिइने शास्त्रीय परम्परा छ । छोराछोरीले आज बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्राराम्रा लुगा लगाउने र मीठामीठा–तागतिला खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ । आमा नभएकाहरू भने आमालाई तर्पण र पिण्ड तथा पुरोहितलाई सिदादानसहित भोजन गराई दिवङ्गत आमा र उनले गरेका महान् एवं कष्टकर काम सम्झने…

Read More

काठमाडौ । चीनको राजधानी बेइजिङ्मा नेपालको पर्यटन प्रवर्द्धन गरिएको छ । नेपाल पर्यटन बोर्डले बेइजिङमा आयोजित १८औँ ‘चाइना आउटबाउन्ड ट्राभल एन्ड टुरिजम मार्केट (कोटम–२०२५)’ मार्फत नेपालका पर्यटकीय गन्तव्यहरु प्रस्तुत गर्दै चिनियाँ पर्यटकलाई नेपाल भ्रमणका लागि आग्रह गरेको हो । यही अप्रिल २४ देखि २६ सम्म नेसनल एग्रिकल्चरल एक्जिबिसन हलमा आयोजना भएको तीनदिने प्रदर्शनीमा करिब ५० देशका पर्यटन प्रतिनिधिहरू सहभागी थिए ।  नेपालले हिमशृङ्खला, सांस्कृतिक सम्पदा र साहसिक पर्यटनका अवसरहरूलाई सङ्गठित ढङ्गले चिनियाँ बजारमा प्रस्तुत गरेको बोर्डले जनाएको छ । बोर्डले चिनियाँ पर्यटकहरूका लागि नेपाललाई थप आकर्षक गन्तव्यका रूपमा उजागर गर्ने उद्देश्यले नेपालका गन्तव्य प्रदर्शन गरिएको उल्लेख गरेको छ । कार्यक्रममा…

Read More

काठमाडौं । जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच यही वैशाख १७ गते पार्टी एकीकरण घोषणा हुने भएको छ । जनमत पार्टीका प्रवक्ता डा शरदसिंह यादवले पार्टी एकीकरणको मिति तय भएको जानकारी दिए । उनका अनुसार पार्टी एकीकरणको विषयमा थप छलफलका लागि पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठक यही १६ गते मङ्गलबार बोलाएको छ । बेलुका ६ बजे मध्यबानेश्वरस्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्ने बैठकमा आ–आफ्नो नागरिकता र मतदाता परिचय-पत्र लिएर उपस्थित हुन जनमतले नेताहरुलाई सूचित समेत गरेको छ । बुधबार नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने पार्टी एकता घोषणा कार्यक्रममा सबै केन्द्रीय सदस्य, भातृ तथा शुभेच्छुक सङ्गठनका सदस्यहरूसहित उपस्थित हुन जनमतले आमन्त्रण गरेको हो…

Read More

काठमाडौं । चन्द्रागिरि नगरपालिकाको दिगो विकास लक्ष्यको स्थानीय स्वैच्छिक मूल्याङ्कन प्रतिवेदन (नेपाली संस्करण) र कार्ययोजना ढाँचा सार्वजानिक गरिएको छ । चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले ‘चन्द्रागिरि नगरपालिकाको ‘दिगो विकास लक्ष्यको स्थानीय स्वैच्छिक मूल्याङ्कन प्रतिवेदन’लाई संयुक्त राष्ट्र सङ्घमा प्रस्तुत गरिसकेका छन् । नगरपालिकाले स्थानीय स्वैच्छिक मूल्याङ्कन प्रक्रियामा दिगो विकास लक्ष्य मध्ये राम्रो स्वास्थ्य र समृद्धि, समावेशी तथा समानता मूलक गुणस्तरीय शिक्षाको सुनिश्चितता, लैङ्गिक समानता, स्वच्छ खानेपानी, सरसफाइ र दिगो शहर र समुदायजस्ता पाँचवटा क्षेत्रलाई मुख्य प्राथमिकता दिएको छ । यी प्राथमिकता प्राप्त लक्ष्य प्राप्तिका लागि नगरपालिकाको कार्यक्रमले सही बाटोमा हिँडाएको छ । नगरपालिकाले दिगो विकास लक्ष्यसँग तालमेला मिलाइएको बजेट साङ्केतिकरणको अभ्यास…

Read More

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वस्वास्थ्य राज्यमन्त्री तीर्थराम डङ्गोलको गएराति निधन भएको छ । लामो समयदेखि प्रोष्टेज क्यान्सर र मिर्गाैलाको उपचार गराइरहेका डङ्गोलको गएराति सिनामङ्गलस्थित केएमसी अस्पतालमा निधन भएको उनको परिवार स्रोतले जनाएको छ । विसं २००४ सालमा काठमाडौंमा जन्मिएका ७७ वर्षीय उनी कांग्रेस काठमाडौंको कोषाध्यक्ष र जिल्ला सभापति तथा काठमाडौं महानगरपालिकाको पूर्वउपप्रमुख समेत थिए । नेपाली राजनीतिमा जुझारू नेताका परिचय बनाएका डङ्गोल विसं २०६२/६३ को जनआन्दोलनमा काठमाडौंमा कमाण्डरका रूपमा खटिएको थियो । उनकी श्रीमती छन् । उनको नाममा स्थापित ट्रष्टले हरेक वर्ष शिक्षा, पत्रकारिता, नेपाल भाषामा योगदान पुर्‍याउने व्यक्तित्वलाई पुरस्कार प्रदान गर्दै आएको छ । उनको पार्थिव शरीर…

Read More

काठमाडौं । नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तले वार्ताको पहिलो दिन नै झेली गर्न लागेपछि सरकारसँग शिक्षकको वार्ता भाँडिएको छ । शिक्षक महासङ्घलाई वार्ताका लागि आह्वान गरेका पन्तले वार्तामा बस्ने शिक्षकहरू आफू अनुकुल छानेर नामावली पठाएपछि विवाद सुरु भएको हो । उनले सरकारका तर्फबाट आज पत्राचार गरी लामो समयदेखि आन्दोलनरत शिक्षक महासङ्घ राष्ट्रिय समितिलाई वार्ताका लागि आह्वान गरेका थिए । जसमा वार्ता टोलीमा २५ जना वार्ता टोलीको नामावली तयार पारिएको थियो । जसमा आफ्नो पार्टीअनुकुलका व्यक्तिहरू थिए । वार्ता टोलीलाई सिंहदरबारको गेट पासको लागि गरिएको पत्रमा सरकारको अनुकुल व्यक्तिको नाम देखेपछि टोली सिंहदरबार गेटबाट नै फर्किएको थियो । विद्यालय शिक्षासम्बन्धी विधेयक संसद्मा…

Read More

काठमाडौं । सङ्घीय संसद्का दुवै सदनको अधिवेशन आज अपराह्न १:०० बजेदेखि आरम्भ हुँदैछ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलबाट संसद्का दुवै सदनको अधिवेशन आह्वान भएको हो । संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूचीअनुसार प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रपतिको कार्यालयबाट सदनको अधिवेशन आह्वान र मन्त्रिपरिषद् पुनर्गठनसम्बन्धी पत्रबारे सभामुख देवराज घिमिरेले जानकारी दिनेछन् । बैठकमा प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन हुने सम्भावित कार्यसूचीमा उल्लेख छ । अधिवेशनको पहिलो दिन भएकाले विभिन्न राजनीतिक दलका नेतालाई दलीय आधारमा मन्तव्य व्यक्त गर्न समय दिइने छ । प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलका नेता तथा प्रधानमन्त्री केपी…

Read More

काठमाडौं । काठमाडौं उपत्यकाको तापक्रम निरन्तर बढिरहेको छ । यो क्रम भोलि शनिबारसम्म जारी रहने तथा आगामी आइतबारदेखि बदली भई तापक्रम घट्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज यहाँको तापक्रम ३१ देखि ३४ डिग्री सेल्सियसका बीच रहने विभागको पूर्वानुमान छ । आज दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू–भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना पनि छ । महाशाखाका…

Read More

काठमाडौं । काठमाडौं महानगरपालिकाको वडा नं ७ ले फोहोर शून्यकरण अभियान जनचेतना कार्यक्रम आयोजना गरेको छ । बुधबार काठमाडौंको जुम क्याफे ब्याङ्क्विटमा आयोजित कार्यक्रममा फोहोरको वर्गीकरण गर्ने विषयमा छलफल गरिएको थियो । वडा कार्यालयले फोहोरको वर्गीकरण गरी कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै संकलन गराउन पनि वडावासीलाई आग्रह गरेको छ । यसरी कुहिने नकुहिने फोहोर संकलकहरूलाई दिन र कागज, प्लास्टिक, सिसा, काच, फलाम आदि बेच्ने वा पुन: प्रयोग गर्न पनि वडाले आग्रह गरेको छ । आफ्नो फोहोर सिसडोलमा होइन घरमै विस्थापन गरौं भन्ने नाराका साथ सो कार्यक्रम सञ्चालन गरिएको वडाध्यक्ष विमलकुमार होडाले जानकारी दिए ।

Read More

काठमाडौं । गत २०७७ फागुन १५ गते शनिबार काठमाडौंस्थित सामाखुसी, ग्लोबल क्याफेमा भएको नुवाकोटका पूर्वएमाले कार्यकर्ता भेलामा रघुजी पन्तले दिएको भाषण अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । त्यतिबेला उनले पार्टीमा छलफल नगरी पार्टी अध्यक्षले टिकट वितरण गरेपछि रघुजी पन्तले एक सांसदको नाममा आपत्तिजनक अभिव्यक्ति दिएका थिए । उनले भनेका थिए, ‘हाम्रो पार्टीमा २० औं वर्षदेखि विवाह नै नगरी महिलाहरू लागेका छन्। केपीको पार्टीमा पनि त्यस्ता महिला छन्। तर तिनले टिकट पनि पाएनन्। (ती महिलाको नाम लिँदै) उनले यसो सारी सरक्क सर्काएर गोडा, पिडौंला देखाएर पोइल जान पाम भनेपछि सांसद् त तिनै भइन् । कपाल फुलेर चाउरी परेका बुढी कामरेडहरू…

Read More

काठमाडौं । लोकतन्त्र दिवसका अवसरमा आज नेकपा (एमाले)ले काठमाडौंको भृकुटीमण्डपमा युवा उत्सव (युथ सेलिब्रेशन)को आयोजना गरेको छ । युवाहरूलाई नयाँ व्यवस्थाको बारेमा जानकारी दिँदै निरंकुश जहानिया शासनबाट मुक्त भएको स्मरण गराउने उद्देश्यले आयोजना गरिएको सो कार्यक्रममा करिब पाँच लाख युवाहरू सहभागी गराउने एमालेको केन्द्रीय नेतृत्वले लक्ष्य लिएको थियो । स्वदेशमा रोजगारी र समृद्धिका लागि युवाहरुका लागि अवसर छ भन्ने सन्देश दिन आयोजना गरिएको भनिएको कार्यक्रममा एमालेले भनेजस्तो युवाहरूको ठूलो सहभागिता भने देखिएन । केही दिनअघिसम्म पाँच लाख युवा उतार्ने भनेको एमालेले कार्यक्रमको अघिल्लो दिन एक लाख जना उतार्ने बताएको थियो । एमालेनिकट युवा सङ्घ नेपालका अध्यक्ष क्षितिज थेबेले कार्यक्रममा ४०…

Read More

काठमाडौं । नेपाली काँग्रेस काठमाडौं क्षेत्र नं ४ (ख) को दोस्रो प्रदेश सम्मेलन बिहीबार हुने भएको छ । कार्यक्रम धुम्बाराहीमा रहेको सूर्य इभेन्ट्समा बिहान ८ बजेदेखि सुरु हुन लागेको काठमाडौं ४ ख का सभापति रामप्रसाद लुइँटेलले जानकारी दिए । कार्यक्रमलाई काँग्रेस महामन्त्री एवं काठमाडौं क्षेत्र नं ४ सांसद गगन थापाले सम्बोधन गर्ने कार्यतालिका रहेको छ । साथै, नेपाली काँग्रेसका जिल्ला तथा क्षेत्रका अन्य नेताहरूले पनि कार्यक्रमलाई सम्बोधन गर्ने कार्यतालिका रहेको छ । दोस्रो प्रदेश सम्मेलनका साथै नयाँ वर्ष २०८२ को शुभकामना आदानप्रदान गर्ने कार्यक्रम पनि रहेको लुइँटेलले जानकारी दिए ।

Read More

काठमाडौ । एन्फाको लेखा तथा अनुपालन समिति निष्पक्ष नरहेको आरोप लागेको छ । एन्फाको विधानको परिच्छेद १३ मा स्वतन्त्र समितिको परिकल्पना गरिए पनि समितिले निष्पक्षता भन्दा कार्यसमितिको मोहोरा बनेर काम गर्ने गरेको आरोप लागेको हो । विधानको धारा ६९ मा लेखा तथा अनुपालन समिति बारे उल्लेख छ । जसमा लेखा तथा अनुपालन समितिले एन्फाको आन्तरिक र बाह्य लेखा परीक्षण प्रतिवेदन तयार पार्न सहयोग गर्ने, प्रतिवेदनको समीक्षा गर्ने, अनुगमन गर्ने, सम्बद्ध नियमावलीको पालना भए नभएको अनुगमन गर्दै अनुपालन गर्न आवश्यक सहयोग, सुझाव र निर्देशन दिने कार्य गर्ने बताइएको छ । अहिले दिपक खातीको संयोजकत्वमा रहेको लेखा तथा अनुपालन समिति निश्पक्ष नरहेको…

Read More

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का दुवै सदनका चालु अधिवेशन आज राति १२ः०० बजेदेखि अन्त्य गरेका छन् । नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले दुवै सदनका चालु अधिवेशन अन्त्य गरेका छन् । मन्त्रिपरिषद्को सोमबारको बैठकले सङ्घीय संसद्का दुवै सदनका चालु अधिवेशन आज राति १२ः०० बजेदेखि अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।

Read More

काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल आजदेखि दैनिक १८ घण्टा सञ्चालनमा आएको छ । विमानस्थलको अभिवृद्धिका लागि गत कात्तिक २३ देखि यही चैत १८ गतेसम्म पाँच महिना दैनिक १० घण्टा विमानस्थल बन्द गरेर विमानस्थलको क्षमता अभिवृद्धिअन्तर्गत भौतिक संरचना निर्माणको काम गरिएको थियो । आजदेखि विमानस्थल बिहान ६ः०० देखि राति १२ः०० बजेसम्म खुला रहने विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिए । उनका अनुसार विमानस्थलका ट्याक्सी–वेलाई धावनमार्गसँग जोड्ने लिङ्क वेको निर्माण सम्पन्न भएको छ । समानान्तर ट्याक्सी वे निर्माणको काम भने जारी रहेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणअन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले विमानस्थलको दक्षिण–पश्चिमतर्फ समानान्तर ‘ट्याक्सी वे’, उत्तरतर्फको ‘इन्टरनेसनल एप्रोन’ र…

Read More

काठमाडौं । काठमाडौं क्षेत्र नं ४ का सांसद एवं नेपाली काँग्रेसका महामन्त्री गगन थापाको पहलमा काठमाडौंको बुढानीलकण्ठको खरिबोटदेखि चुनिखेलसम्मको सडक कालोपत्रे सुरु भएको छ । अर्थ मन्त्रालयबाट सुनिश्चित गरिएको निर्वाचन क्षेत्र रणनीतिक सडकअन्तर्गत् बुनपा ११ मा पर्ने खरिबोटदेखि पैयुटार जगडोल, शहीदपार्क हुँदै चुनिखेल जाने सडक कालोपत्रे भएको हो । यो सडक निर्माणसँगै कपनको ११ नं वडादेखि १३ नं वडामा रहेको चुनिखेलसम्मका बासिन्दालाई यसले सुविधा दिने भएको छ । केन्द्र सरकारलाई पटकपटक ताकेता गरेर यो सडक कालोपत्रे गरिएको थापाको सचिवालयले जनाएको छ । करिब चार किलोमिटरको उक्त सडक कालोपत्रे गर्नका लागि १२ करोड रुपैयाँमा ठेक्का आह्वान गरिएको थियो । गत सोमबारबाट…

Read More

काठमाडाैँ । लागूऔषध मुद्दामा दोषी ठहर भएका दावा लामालाई प्लानिङ व्वाइज युनाइटेडको अध्यक्षबाट बर्खास्त गर्न माग गरिएको छ । सो मुद्दामा काठमाडौ जिल्ला अदालतले ६ महिना कैद र तत्कालीन पुनरावेदन अदालत तथा हालको उच्च अदालतले ५ वर्ष र ५ हजार जरिवाना गरेको व्यक्ति क्लबको विधानविपरीत बि श्रेणीमा रहेको सो क्लबमा अध्यक्ष भई काम गरेकोले उनको बर्खास्तीको माग गरिएको हो । कुनै पनि उजुरीकर्ताको नामविना नै दिईएको उजुरीमा संस्थाको विधान समेत संलग्न गरिएको छ । निवेदन जिप्रकाले दर्ता गरिसकेको छ । क्लबको विधानको धारा ७ को (ङ) मा नैतिक पतन हुने कुनै पनि फौजदारी अभियोगमा अदालतबाट दोषी ठहराई सजाए नपाएको व्यक्ति…

Read More

काठमाडौं । सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्ष तथा सदस्य नियुक्तिका लागि सिफारिस समिति गठन गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको नेतृत्वमा सिफारिस समिति गठन गरेको हो । समितिमा राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष वा अध्यक्षले तोकेका व्यक्ति, पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खाती, अर्जुन कार्की र स्टेला तामाङ सदस्य तोकिएका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताबीच आजै संक्रमणकालीन न्याय (टीआरसी) सँग जोडिएका आयोग गठनका विषयमा छलफल भएको थियो । सोही छलफलका आधारमा सिफारिस समिति गठन गरिएको हो । सत्य निरूपण तथा मेलमिलाप आयोग…

Read More

काठमाडौं । जीवनमा जानी नजानी गरेका पाप नाश गर्ने विश्वासका साथ आज पापमोचनी एकादशी व्रत गरिँदैछ । प्रत्येक वर्ष चैत्रकृष्ण एकादशीका दिन मनाइने पापमोचनी एकादशी व्रत आज भगवान् विष्णुको पूजा, आराधना गरी मनाउन लागिएको हो । यो एकादशीको माहात्म्य भगवान् श्रीकृष्णले महाराज युधिष्ठिरलाई र लोमस ऋषिले मान्धाता राजालाई बताएका थिए । पहिला वसन्त ऋतुका बेलामा अप्सराहरूले विहार गर्ने चैत्ररथ नाम गरेको वन थियो । त्यो वनमा च्यवन ऋषिको आश्रममा मेधावी नाम गरेका ऋषि तपस्या गरेर बस्नुभयो । मञ्जुघोषा नामकी अप्सराले ऋषिलाई कामदेवको बसमा पारेर मोहित बनाए । ऋषिको तपस्या समाप्त पार्दै आचार–विचार, तपस्या, नियम–आचरण सबै लोप बनाए । स्वर्ग जान…

Read More

काठमाडौं । गत असोजमा गएको पहिरोमा परी खेलाडीको ज्यान गएको विषयमा सर्वोच्च अदालतले एन्फाको नाममा कारण देखाउ आदेश जारी गरेको छ।  एन्फा मकवानपुरको सिस्नेरीमा सन्चालित एन्फा एकेडेमीमा रहेका छ जना बाल फुटबल खेलाडीको मृत्यु प्राकृतिक प्रकोपको कारण मात्र नभई एन्फा र वत्सला माध्यामिक विद्यालय व्यवस्थापनको गम्भीर लापरवाहीका कारण हुन गएको भन्दै पीडित पक्षले सरोकारवाला निकायमा पहिले नै निवेदन दिँदै आएको थियो । जसका लागि मृतकका हकवालाहरुले उच्चस्तरीय छानबिनसहितका माग राखी एन्फा, राखेप, युवा तथा खेलकुद मन्त्रालयमा निवेदन दिँदै आएको छ । अनेकौं प्रयत्नका बाबजुत सम्बन्धित निकायले आफूहरूको मागको सुनुवाई नभएकाले बाध्य भएर अदालत जानुपरेको उनीहरूको भनाइ छ । मृतकका हकवालाहरुले…

Read More

काठमाडौं । काठमाडौंको शंकरापुरमा निर्माण भएको विश्वकै पहिलो नेपाल माताको मन्दिरको २०८२ सालको नयाँ वर्षको दिन उद्घाटन हुने भएको छ । शंखरापुर नगरपालिका– ५ इटाखेलमा रहेको नेपाल मातामन्दिरको निर्माण सम्पन्न भइसकेकाले नयाँ वर्षको दिन उद्घाटन गर्ने तयारी गरिएको आयोजक संस्था श्रीपञ्चमहालक्ष्मी मन्दिर व्यवस्थापन समितिले जनाएको छ । भक्तपुरको चाँगुनारायण नगरपालिकामा पर्ने श्रीवनमा रहेको श्रीपञ्चमहालक्ष्मी मन्दिर सम्मुखमा निर्मित सो मन्दिरमा नेपालको ७७ वटै जिल्ला समेटिएको नक्सालाई पृष्ठभूमिमा राखी नेपाल माताको मूर्ति स्थापना गरिएको छ । नेपाल माताको मन्दिर र मूर्ति विश्वमै अन्यत्र अहिलेसम्म कतै पनि नभएको आयोजक संस्थाको दाबी छ । मुक्तिनाथ पीठका पीठाधीस स्वामी कमलनयनाचार्य व्यवस्थापक रहेको मन्दिर उद्घाटनसँगै नयाँ…

Read More

काठमाडौँ । नेपाल अन्तरराष्ट्रिय चलचित्र महोत्सव (निफ) को आठौँ संस्करण यही चैत ७ गतेदेखि ११ गतेसम्म काठमाडौँमा आयोजना हुने भएको छ । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा हुने महोत्सवमा ४० देशका ८७ वटा चलचित्र छनोट भएको महोत्सव अध्यक्ष केपी पाठकले जानकारी दिए । ‘विश्वभरिका कथाहरुको उत्सव, नेपाल अन्तरराष्ट्रिय चलचित्र महोत्सव’ नाराका साथ आयोजना हुने आठौँ संस्करणमा चलचित्र प्रदर्शनीसँगै कार्यशाला, अन्तरक्रियालगायतका कार्यक्रम हुने अध्यक्ष पाठकले बताए । उनले भने, “यस अगाडिका शृङ्खलाभन्दा भव्य बनाउने किसिमले हामीले तयारी गरेका छौँ । चलचित्रप्रेमी दर्शक आकर्षित हुनेगरी हामीले प्राप्तमध्येबाट चलचित्र छनोट गरेका छौँ । यो विश्वभरका चलचित्रकर्मी भेटघाट, छलफल र चलचित्र आदानप्रदान गर्ने…

Read More

काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आजदेखि शुक्र अस्त हुने जनाएको छ । चैत ६ गते बुधबार राति ७ः२५ बजेदेखि पश्चिममा अस्त हुने शुक्र यही चैत १० गते आइतबार दिउँसो १:१७ बजे पूर्वमा उदय हुने समितिले जनाएको छ । यस अवधिमा विशेष कार्य जस्तै विवाह, सप्ताह, नवाह, लाख बत्ती प्रज्वलन, उत्सवलगायतका कार्य गर्न नहुने जनाइएको छ । तर नित्यकर्म, पूजापाठ, जप, हवन, तर्पण, नित्य दान आदि नैमित्तिक कम, न्वारन, पास्नी, श्राद्ध, मासिक काम भने गर्न हुन्छ । काम्य कर्र्म विवाह, सप्ताह, नवाह, लाख बत्ती प्रज्वलन, उत्सव आदि गर्नु हुँदैन । शास्त्रीय मान्यताअनुसार बृहस्पति देवताका गुरु हुन् भने दैत्यका गुरु…

Read More

काठमाडौँ । यौन व्यवसाय खुला गर्नुपर्छ भन्ने अभिव्यक्ति दिएका नेपाली कांग्रेसका प्रतिनिधिसभाका प्रमुख सचेतक श्यामकुमार घिमिरेलाई कांग्रेस नेताहरूले झपारेका छन् । उनको अभिव्यक्तिले सिङ्गो पार्टीकै बदनाम भएको भन्दै संसदमा माफी माग्न अधिकांश नेताहरूले आग्रह गरेका थिए । घिमिरेले केही दिन अघि प्रतिनिधिसभा बैठकमा नेपालमा यौन व्यवसायलाई कानुनी मान्यता दिनुपर्छ भनेर धारणा राखेका थिए । उनको अभिव्यक्तिलाई सत्ता र प्रतिपक्षका सांसदले समेत विरोध गर्दै आइरहेका छन् । मंगलबार दिउँसो सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा बोलाएर जिम्मेवार पदमा बसेको व्यक्तिले कानुनले बन्देज लगाएको विषयमा धारणा राखेको भन्दै नेताहरूले झपारेका हुन्। बैठक सुरु भएपछि बैठकमै रहेका महामन्त्री गगन…

Read More

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को सम्पूर्ण तयारी पूरा गरेको छ । परीक्षा नियन्त्रण कार्यालय, कक्षा–१० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले यही चैत ७ गतेदेखि देशभर एकैसाथ सुरु हुने एसइई परीक्षाको सबै तयारी पूरा भएको जानकारी दिए । बोर्डले परीक्षाका लागि प्रश्नपत्र, सिम्बोल नम्बर,  उत्तरपुस्तिका र अन्य सामग्री प्रत्येक जिल्लामा पुगिसकेको जनाएको छ । परीक्षा नियन्त्रक पौडेलले भने, “गतवर्ष २०८० को एसइई परीक्षामा चार लाख ६४ हजार सात सय ८५ परीक्षार्थी सहभागी थिए । यसवर्षको परीक्षामा विद्यार्थीहरुको सङ्ख्या ४९ हजार दुई सय ८६ जना बढेर पाँच लाख १४ हजार ७१ जना छन्…

Read More

काठमाडौ । पूर्वराजा ज्ञानन्द्रले चलखेल गर्न लागेको बहानामा नेकपा माओवादीले सरकारमा जाने चलखेल सुरु गरेको छ । आफ्नो मेची महाकाली यात्रा समेत रोकेर काठमाडौँ फर्किएको माओवादी नेताहरू पूर्व राजाको चलखेल रोक्न भन्दै गणतन्त्रवादीहरूको सरकार बनाउनतर्फ लागेका छन् । जसका लागि नेपाली कांग्रेस नेतृत्वकोमा गणतन्त्रवादी सबै दलहरू सम्मिलित सरकार गठनको पहलमा माओवादी जुटेको छ। जसमा कांग्रेस र माओवादी दुवै सहमत भएको दुवै पार्टीका नेताहरुले बताएका छन्। सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र विपक्षी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच फेरि टेलिफोन संवाद सुरु भएको छ । कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र अन्य दलका दोस्रो र तेस्रो तहका नेताबीच मुलुकको…

Read More