

काठमाडौं । नेपाली काँग्रेस काठमाडौं क्षेत्र नं ४ (ख) को दोस्रो प्रदेश सम्मेलन बिहीबार हुने भएको छ । कार्यक्रम धुम्बाराहीमा रहेको सूर्य इभेन्ट्समा बिहान ८ बजेदेखि सुरु हुन लागेको काठमाडौं ४ ख का सभापति रामप्रसाद लुइँटेलले जानकारी दिए ।
कार्यक्रमलाई काँग्रेस महामन्त्री एवं काठमाडौं क्षेत्र नं ४ सांसद गगन थापाले सम्बोधन गर्ने कार्यतालिका रहेको छ । साथै, नेपाली काँग्रेसका जिल्ला तथा क्षेत्रका अन्य नेताहरूले पनि कार्यक्रमलाई सम्बोधन गर्ने कार्यतालिका रहेको छ ।
दोस्रो प्रदेश सम्मेलनका साथै नयाँ वर्ष २०८२ को शुभकामना आदानप्रदान गर्ने कार्यक्रम पनि रहेको लुइँटेलले जानकारी दिए ।