

काठमाडौं । काठमाडौं महानगरपालिकाको वडा नं ७ ले फोहोर शून्यकरण अभियान जनचेतना कार्यक्रम आयोजना गरेको छ । बुधबार काठमाडौंको जुम क्याफे ब्याङ्क्विटमा आयोजित कार्यक्रममा फोहोरको वर्गीकरण गर्ने विषयमा छलफल गरिएको थियो ।
वडा कार्यालयले फोहोरको वर्गीकरण गरी कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै संकलन गराउन पनि वडावासीलाई आग्रह गरेको छ । यसरी कुहिने नकुहिने फोहोर संकलकहरूलाई दिन र कागज, प्लास्टिक, सिसा, काच, फलाम आदि बेच्ने वा पुन: प्रयोग गर्न पनि वडाले आग्रह गरेको छ ।
आफ्नो फोहोर सिसडोलमा होइन घरमै विस्थापन गरौं भन्ने नाराका साथ सो कार्यक्रम सञ्चालन गरिएको वडाध्यक्ष विमलकुमार होडाले जानकारी दिए ।