

काठमाडौं । नेपाली कांग्रेसले आजदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा मिसन रोजगारी अभियान सुरु गर्न लागेको छ। एक वर्षसम्म सञ्चालन हुने यो अभियानको आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा औपचारिक उद्घाटन गर्न लागिएको छ ।
रोजगारी सिर्जना गर्न सकिने माध्यम, क्षेत्र, नीतिगत अवस्थालगायतमा वर्षभरी नै छलफल बहस गरी यो कार्यक्रम सम्पन्न गरिने नेपाली काङ्ग्रेसले जनाएको छ। रोजगारी सिर्जना गर्ने उद्देश्यले यस्तो बहस गर्न लागिएको हो ।
दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले ‘राजनीतिक विमर्शको केन्द्रमा रोजगार-सरकारको प्राथमिकतामा रोजगार’ भन्ने लक्ष्यका साथ ‘मिसन रोजगारी’ अभियान सञ्चालन सुरु गर्न लागेका हुन्।