

काठमाडौं । प्रतिनिधिसभाले भूमिबाहेकका अन्य पाँच अध्यादेश बहुमतले पारित गरेको छ। आज बसेको प्रतिनिधिसभा बैठकमा सम्बन्धित मन्त्रीहरूले प्रस्तुत गरेको अध्यादेश स्वीकृत गरेको हो ।
सत्तारुढ दल जनता समाजवादी पार्टी नेपालले असहमति जनाएपछि भूमिसम्बन्धी अध्यादेश भन्ने प्रतिनिधि सभामा पेश गरिएको थिएन । यो अध्यादेश गत २ माघमा जारी भएको थियो । यो अध्यादेश ‘होल्ड’ गरेर प्रतिनिधि सभाले बाँकी अध्यादेश अगाडि बढाएको हो ।
गत १४ पुसमा सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश जारी भएको थियो । यसलाई प्रतिनिधि सभाले बुधबार बहुमतले स्वीकृत गरेको हो।