

काठमाडौ । नेपाल दूरसञ्चार प्राधिकरणको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम परामर्श सेवा खरिदमा तत्कालीन अध्यक्षहरू दिगम्बर झा र पुरुषोत्तम खनालले भ्रष्टाचार गरेको ठहर भएको छ ।
विशेष अदालतले खरिद प्रक्रियामा अयोग्य कम्पनीलाई छनोट गरी २ करोड ८२ लाख अमेरिकी डलर लागत बढाएर सम्झौता गरेको ठहर गरेको हो। अदालतले भुक्तानी भएको रकम २३ करोड २० लाख ५९ हजार ३१४ रुपैयाँ भ्रष्टाचार भएको ठहर गरेको छ ।
विशेष अदालतका न्यायाधीसहरू अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू रितेन्द्र थापा र विदुर कोइरालाको इजलासले अध्यक्षद्वय झा र खनाललाई एकवर्ष एक महिना कैदसहित जरिबानाको फैसला सुनाएको छ ।
विशेष अदालतले भुक्तानी भएको रकमबाट ५ करोड ८० लाख १४ हजार ८२८ जनही विगो कायम गरी उनीहरूबाट त्यति नै जरिबाना असुल्ने फैसला गरेको छ ।