

काठमाडौं । अवैध रुपमा अमेरिकामा बस्दै आएका आठ जना नेपालीलाई अमेरिकाले काठमाडौं ल्याएर छाडेको छ । अमेरिकाबाट आएको एउटा चार्टर विमान बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको थियो । नेपाल फर्काइदिएका आठ जनालाई थप ‘सोधपुछ’का लागि नेपाल प्रहरीको जिम्मा लगाइएको छ ।
अमेरिकाको ‘चार्डट’ विमानबाट काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका उनीहरूलाई अध्यागमन प्रक्रिया पूरा गरी सोधपुछका लागि प्रहरीको जिम्ममा लगाइएको विमानस्थलस्थित अध्यागमन कार्यालयले जनाएको छ । आठ जना नेपाली अमेरिकाको चार्टड विमानबाट काठमाडौँ फर्काइएका हुन् । अर्का एक नेपाली पनि आजै कतार एयरवेजको नियमित उडानबाट ‘डिपोर्ट’ भएर काठमाडाँै आइपुगेको विमानस्थलस्थित अध्यागमन कार्यालयका अध्यागमन अधिकृत यज्ञराज अर्यालले पुष्टि गरे।
यसअघि अमेरिकाबाट २७ नेपाली डिपोर्ट भएर फर्किइसकेका छन् । “हामीले अध्यागमन प्रक्रिया पूरा गरेर उनीहरुलाई पठायौँ”, अधिकृत अर्यालले भने, “चार्टट विमानबाट आएका आठ जनाका सम्बन्धमा नेपाल प्रहरीले सोधपुछका लागि पठाइदिन आग्रह गरेकाले प्रहरीको जिम्मा लगाएका छौँ ।”