

काठमाडौँ । शिवरात्रीको अवसरमा भारतीय सेनाका छ जना पूर्वस्थल सेनाध्यक्षहरू नेपाल आएका छन्। नेपाली सेनाको मुख्यालय जङ्गी अड्डाको निमन्त्रणामा सेवा निवृत्त छ जना सेनाध्यक्षहरू पशुपति दर्शनका लागि नेपाल आएका हुन्।
हरेक शिवरात्रीको दिन नेपाली सेनाको स्थापना दिवस समेत मनाउने गरिन्छ। यही अवसरमा जङ्गी अड्डाले पूर्व सेनाध्यक्षहरूलाई निम्ता दिएको थियो। नेपाली सेनाको निमन्त्रणामा महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको २६२औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन उनीहरु नेपाल आएका हुन् ।
नेपाल आउनेहरुमा जोगिन्दर जसवन्त सिंह (अ.प्रा.), दीपक कपुर (अ.प्रा.), विजय कुमार सिंह (अ.प्रा.), दलवीर सिंह सुहाग (अ.प्रा.), मनोज मुकुन्द नरवणे (अ.प्रा.) र मनोज पाण्डे (अ.प्रा.) रहेका छन् । उनीहरुले विभिन्न ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थलहरूको समेत भ्रमण गर्ने कार्यक्रम रहेको सेनाले जनाएको छ ।