

काठमाडौं। सामाजिक सञ्जालमा पुराना दल र नेताहरूप्रति नियोजित रुपमा देखाइने गरेको भ्रम र अफवाहले धेरैलाई लाग्न सक्छ के साँच्चिकै पुराना दल र नेताप्रति क्रेज घटेको हो त ? अहिले पश्चिम नेपालमा पार्टी कार्यक्रममा सहभागी हुन पुगेका कांग्रेस महामन्त्री गगन थापाप्रतिको क्रेज हेर्ने हो भने कांग्रेस र गगनको क्रेज दूरदराजसम्म फैलिएको देख्न सकिन्छ ।
आइतबार नेपाली कांग्रेस रोल्पाले आयोजना गरेको दोस्रो जिल्ला सम्मेलनमा सहभागी हुन लिवाङ पुगेका थापाले अप्रत्यासित सम्मान र आतिथ्य पाए । थापा आफैंले पनि १५ वर्षपछि लिवाङ पुग्दा पाएको यो माया र स्नेहले आफू उत्साहित भएको बताएका छन् ।
लिवाङ नेकपा माओवादीको आधार भूमि र अहिलेसम्म पनि माओवादीले लालकिल्ला भन्ने गरेको क्षेत्र हो । तर त्यहाँ कांग्रेस महामन्त्रीको पक्षमा देखिएको उपस्थितिले रोल्पा मात्र नभएर काठमाडौंसम्म पनि हलचल मच्चाएको छ । विशेषत: प्रमुख प्रतिपक्षी नेकपा माओवादीहरुले यो सभाले विशेष सन्देश दिएको छ ।
सभाअघि रोल्पावासीले पञ्चे बाजासहितको र्याली निकालेको थियो भने जीप, बस, मोटरसाइकलमा कैयौँ संख्यामा नेता कार्यकर्ताहरूको उपस्थिति थियो। कार्यक्रमका मुख्य अतिथि कांग्रेस महामन्त्री थापासंग भेट्न र फोटो खिचाउन युवा तथा वृद्धहरुको समेत भीड थियो ।
पछिल्लो स्थानीय तहको निर्वाचनमा रोल्पाको १० पालिकामध्ये दुई रुन्टीगढी र सुकीदहमा मात्र कांग्रेसले जितेको थियो । यसरी माओवादीको गढमा प्रवेश गरेका गगन थापाले माओवादीमाथि नै धावा बोल्न छाडेनन् ।
उनले कार्यक्रमको संविधानको क्रममा प्रचण्डको चकचक देखेपछि, उपद्रो देखेपछि आजित भएको कांग्रेस र एमालेले मिलेर अहिलेको सरकार बनेको बताए । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेसले विकासबारे सकारात्मक सोच राखेन भने मूर्खहरू आएर सबैलाई रुवाउने बताएका छन्। आइतबार रोल्पामा आयोजित एक समारोहमा बोल्दै गगनले रास्वपा लक्षित गर्दै उक्त अभिव्यक्ति दिएका हुन्।
अर्को प्रसंगमा जाजरकोटको हैजा फैलिँदा माओवादी नेताहरूले ‘जबसम्म भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवाद नेपालबाट जाँदैन तबसम्म जाजरकोटको हैजा जाँदैन’ भनेको स्मरण गर्दै उनले माओवादीले उत्तेजनाको राजनीति गर्ने गरेको आरोप पनि लगाए ।