

काठमाडौं । बागमती प्रदेशका सहकारी तथा गरिबी निवारण मन्त्री मदुकुमार श्रेष्ठका स्वकीय सचिव रवि थापाको मृत्यु भएको छ । सोमबार राति साथीको कोठामा बिष सेवन गरेपछि अचेत अवस्थामा पुगेका उनको कलंकीस्थित सहिद मेमोरियल अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो ।
धादिङको धुनीबेसी नगरपालिका-९ घर भएका ३६ वर्षीय थापा कलंकीस्थित साथीको कोठामा अचेत भेटिएका थिए । धादिङको धुनीबेसी नगरपालिका-८ घर भई काठमाडौं महानगरपालिका-१४ लिगमार्गस्थित कलंकीमा कोठा लिएर बसेका शिव कुँवरको कोठामा उनी अचेत भेटिएका हुन् ।
प्रारम्भिक अनुसन्धानका क्रममा मृतक थापाले विष सेवन गरेर आत्महत्या गरेको जस्तो देखिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहोराले बताए । उनका अनुसार घटनास्थलबाट सेल्फस नामको औषधीको बट्टा समेत भेटिएको छ ।
उनको शव भेटिएको कोठामा तीन पृष्ठ लामो सुसाइड नोट समेत भेटिएको छ ।