

काठमाडौँ । शुक्रबार बिहान गएको भूकम्प सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्रबिन्दु भएर गएको पुष्टि भएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीका अनुसार सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्र भएर ६.१ भूकम्प गएको हो ।
बिहान २ बजेर ५१ मिनेट जाँदा काठमाडौँ आसपासमा भूकम्पको ठूलो धक्का महसुस गरिएको थियो। भूकम्पका कारण के कति क्षति भयो भन्ने विषयमा विवरण आइसकेको छैन।