

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध डाक्टर गोविन्द केसीले अमेरिकी दूतावास घेर्ने भएका छन्। नेपाललाई विभिन्न शीर्षकमा दिँदै आएको अनुदान कटौती लगायतका निर्णय विरुद्ध केसीले दुतावास घेर्न लागेका हुन् ।
ट्रम्पको प्रशासनले हालै लिएका कदमहरूले नेपाल लगायत संसारका विभिन्न देश तथा त्यहाँका नागरिकहरूलाई जलवायु परिवर्तन, जनस्वास्थ्य, शिक्षा र जीविकोपार्जन जस्ता क्षेत्रमा नकारात्मक असर पारेको भन्दै केसीले दुतावास घेर्ने भएका हुन् ।
फागुन ६ गत मंगलबार दिउसो ३ः३० बजे केसीले नेपालस्थित अमेरिकी दूतावास अगाडि शान्तिपूर्ण आन्दोलन गर्ने भएका बताए।