

काठमाडौं । दोस्रो कार्यकालका लागि राष्ट्रपति निर्वाचित भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले सरकारी खर्च घटाउने क्रममा नेपाललाई दिँदै आएको करिब ४ करोड डलरमाथि रोक लगाएको छ ।
अमेरिकी गभर्मेन्ट इफिसिएन्सी डिपार्टपेन्टले सामाजिक सञ्जाल एक्समा जारी गरेको एक सूचनाअनुसार नेपाललाई दिँदै आएको करिब ४ करोड डलर सहयोगमाथि रोक लगाएको हो । नेपालसँगै अमेरिकाले भारत, बंगलादेशलगायत कयौँ देशलाई दिँदै आएको फन्डिङमा रोक लगाएको हो ।
अहिलेसम्म नेपालले अमेरिकाबाट वित्तीय संघीयताको नाममा २ करोड डलर र जैविक विविधता संरक्षण प्रयासका लागि एक करोड ९० लाख डलर दिँदै आएको थियो । माइक्रो ब्लगिङ वेबसाइट एक्समा खर्बपति व्यापारी एलन मस्कको सरकारी दक्षता विभाग (डज)ले आइतबार गरेको एउटा पोष्टका यी दुवै शीर्षकमा दिइँदै आएको सहयोग रद्द गर्ने बताएको हो ।
