

काठमाडौं । बालेनले नेतृत्व गरेको काठमाडौँ महानगरपालिकाको कार्यसम्पादन मूल्याङ्कन जिल्लाभरिकै सबैभन्दा कमजोर देखिएको छ। प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्यसम्पादन मूल्याङ्कनमा काठमाडौँ महानगरपालिकाका ११ पालिकाहरूमध्ये काठमाडौँ महानगरपालिका अन्तिम स्थानमा रहेको हो।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्यसम्पादन मूल्यांकनमा महानगरपालिकाको ५४.३ अंक आएक आएको हो । १७ वटा विभिन्न सूचकमा आयोगले गर्ने मूल्यांकनमा १०० अंकमा महानगरले मुस्किलले आधा कटाएको हो ।
यस्तै, काठमाडौं जिल्लामा रहेको अन्य १० नगरहरूमा कीर्तिपुर नगरपालिका ६३.४, शंखरापुरले ६८.१, चन्द्रागिरी ६७.१, टोखा ५८.६, तारकेश्वरले ७१.३, नागार्जुनले ७०.६, बूढानीलकण्ठले ६०.८, दक्षिणकालीले ५४.७, कागेश्वरी मनोहरा ६२.८, गोकर्णेश्वर नगरपालिकाले ६४.४ अंक ल्याएका छन् ।