

काठमाडौं । विद्युत प्राधिकरणले मेलम्चीको पाइप फुटाइदिँदा आज दिनभरि बबरमहल डुबानमा परेको छ । प्राधिकरणले तार भूमिगत गर्ने क्रममा मेलम्ची खानेपानी आयोजनाको पाइप फुटाइदिएपछि करिब चार घण्टासम्म बबरमहल आसपासका कार्यालयहरू डुबानमा परेका हुन् ।
मेलम्ची खानेपानी आयोजनाबाट शाखा कार्यालयको पानी ट्यांकीमा सप्लाई गर्ने पाँच सय एमएमको पाइप दिउँसो साढे २ तिर फुटेको काठमाडौं उपत्यका खानेपानी लिमिटेडले जनाएको छ । प्रहरीका अनुसार पाइपमा आउने पानीको मुख्य ट्यांकीहरू बन्द गरेपछि साढे ६ बजे पछि मात्रै बन्द भएको हो ।