

काठमाडौ । फोर नेसन्स अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा एक खेलअघि नै फाइनलमा पुगेका नेपाल र म्यानमारको खेल बराबरीमा रोकिएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रगशालामा आइतबार भएको समूह चरणको अन्तिम खेलमा म्यानमारसँग नेपालले २–२ को बराबरी बनाएको हो । यो सँगै नेपाल र म्यानमारले एक एक अङ्क बाँडेका छन् ।
खेलमा लगातार दुईपटक पछि परेको नेपालले उत्कृष्ट पुनरागन गर्दै हारबाट जोगिएको हो। खेलमा नेपालकी गोलरक्षक अञ्जना राना मगर, फरवार्ड सावित्रा भण्डारी र सविता रानामगरले उत्कृष्ट प्रदर्शन गरेका छन् ।