

काठमाडौं । अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप अन्तर्गत आज नेपालले म्यानमारसँग खेल्ने भएको छ। चार देश सम्मिलित च्याम्पियनसिप फुटबल अन्तर्गत आजको खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साँझ ६ बजे सुरु हुनेछ ।
नेपाल र म्यानमारले यसअघिको खेलमा जित हाँसिल गरेर फाइनल स्थान सुरक्षित गरिसकेका छन् भने गोल अन्तरका आधारमा म्यानमार नेपालभन्दा अगाडि छ। एक खेल अगाडि नै फाइनलमा पुगिसकेका यी दुई टोलीको खेल रोमाञ्चक हुने अपेक्षा गरिएको छ।
नेपालले लेबनान र किर्गिस्तान दुवैलाई १–० गोल अन्तरले पराजित गरेको थियो भने म्यान्मारले किर्गिस्तानलाई ५–० र लेबनानलाई ३–१ गोल अन्तरले पराजित गरेको थियो ।
यस्तै, आज दिउँसो १ बजे हुने पहिलो खेलमा लेबनान र किर्गिस्तान खेल्ने छन् । फाइनलबाट बाहिरिए पनि दुवै टोली सान्त्वना जितको खोजीमा छन् ।