

काठमाडौ। मौसम विज्ञान विभागले आज मधेसबाहेक बाँकी ६ वटै प्रदेशमा वर्षा र हिमपातको सम्भावना देखिएको जनाएको छ ।
विभागले आजको मौसमबारे बुलेटिन जारी गर्दै हल्का वर्षाको संभावना रहेको जनाएको हो । महाशाखाका अनुसार आज राजधानी काठमाडौँमा भने छिटपुट मात्र वर्षाको सम्भावना रहेको छ ।
महाशाखाका मौसमविद् डेभिड ढकालका अनुसार काठमाडौँको कताकता हल्का वर्षाको संभावना रहेको हो ।