

न्युयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो विश्वास पात्र भनिएको युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्सकी माथि तानाशाही भएको आरोप लगाएका छन् । युक्रेन संकटको विषयमा रुससँग दुईपक्षीय वार्ता गरेपछि ट्रम्पको यस्तो भनाइ आएको हो।
अमेरिकी सैन्य सहयोग नाटोको समूहमा प्रवेश गर्ने विषयमा विवाद भएर तनावग्रस्त बनेको रसिया र युक्रेन सम्बन्धमा ट्रम्प अमेरिकी राष्ट्रपति बनेपछि नयाँ परिस्थिति सिर्जना भएको छ । युक्रेनलाई सहयोग र समर्थन गर्नुको साटो ट्रम्पले उल्टै रसियासँग वार्ता गरेपछि जेलेन्सकी तनावमा परेका हुन् ।
युक्रेनको अनुपस्थितिमा रुसी प्रतिनिधि मण्डल र अमेरिकी प्रतिनिधि मण्डलको युद्ध विरामका लागि साउदी अरेबियामा वार्ता भएपछि ट्रम्प र जेलेन्स्की आरोप प्रत्यारोपमा उत्रिएका हुन्।
रुसले सञ्चालन गरेको झुटको संसारमा अमेरिकी राष्ट्रपति रमाएको आशय जेलेन्स्कीको थियो। यसको एक घण्टाकै अवधिमा अमेरिकी राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा जेलेन्स्कीलाई तानासाहको संज्ञा दिएका हुन्।