

काठमाडौं । काठमाडौँको हनुमान ढोकामा रहेको सानो पशुपतिनाथ मन्दिर अगाडि एक व्यक्ति मृत अवस्थामा भेटिएका छन् ।
जिल्ला प्रहरी कार्यालय काठमाडौँका अनुसार मृत भेटिएका व्यक्तिको सनाखत हुन सकेको छैन । सो घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।
सीसीटीभी फुटेजको आधारमा शंकास्पद व्यक्ति पहिचान गरी पक्राउ गरेको र दुवै जनाले हत्या स्वीकार गरेको परिसरका एक अधिकृतले बताए ।