

काठमाडौँ । शुक्रबार बिहान १:५१ मा गएको भूकम्पमा ठूलो क्षति नभएको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्रबिन्दु भएर गएको ६. १ रेक्टर स्केलको भूकम्पले कुनै पनि मानवीय क्षति नभएको प्रशासनले जनाएको हो।
हालसम्म प्राप्त विवरण अनुसार भूकम्पले हल्लाएपछि आत्तिएर भाग्दा सिन्धुपाल्चोक कारागारका एक कैदी घाइते भएका छन् ।
त्यस्तै, इलाका प्रहरी कार्यालय कोदारीको भवन चर्किएको छ । सो कार्यालयमा बस्ने जवानहरू भने सुरक्षित छन् । भूकम्पका कारण भोटेकोसी गाउँपालिका–३ तुसारेस्थित दुगुनागढीमा सुख्खा पहिरो गएको छ । उक्त पहिरोमा मानवीय क्षति भने हुन नपाएको नेपालीले बताए ।