

काठमाडौँ । देशभरका कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसिएसनको निर्वाचनमा विवाद सिर्जना भएको छ। एसोसिएसको आसन्न केन्द्रीय कार्यसमितिको निर्वाचन नामावलीमाथि उजुरी परेपछि विवाद सुरु भएको हो।
काठमाडौँ जिल्ला अदालत बार एसोसिएसनका १७१ जना मतदाताको नाम अवैध रहेको भन्दै उच्च अदालत बार एसोसिएसनले उजुरी गरेको थियो। त्यसको जवाफमा काठमाडौँ बार एसोसिएसनका पदाधिकारीहरूले आफू मात्रै नभएर सबै बार एसोसिएसनको छानबिन गर्नुपर्ने माग गर्दै अर्को उजुरी दर्ता गरेको थियो। विवाद सुरु भएपछि आगामी चैत २३ गते हुने भनिएको बार एसोसिएसनको निर्वाचन प्रभावित हुने देखिएको छ।
यसरी दुईवटा उजुरीपछि मंगलबार बिहान १० बजेदेखि नेपाली कांग्रेसनिकट डेमोक्रेटिक लयर्स एसोसिएसन (डीएलए) ले नेपाल बारको निर्वाचन समिति कार्यालय घेराउ गर्ने घोषणा गरेको छ ।