

काठमाडौँ । नेपाल आयल निगमले घटाएको पेट्रोल र डिजेलको मूल्य आजदेखि लागू भएको छ। स्वचालित मूल्य प्रणाली अनुसार शनिबार साँझ सार्वजनिक गरेको नयाँ सूची अनुसार पेट्रोल र डिजेलको मूल्यमा गिरावट आएको छ।
नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ । शनिबार राति १२ बजेदेखि लागू हुनेगरि पेट्रोलमा प्रतिलिटर ५ रूपैयाँ घटाइएको छ । यस्तै, डिजेल र मट्टीतेलमा पनि प्रतिलिटर ४ रूपैयाँले मूल्य घटेको निगमले जनाएको छ।
नयाँ मूल्य अनुसार अब काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर १६३ रूपैयाँमा उपलब्ध हुनेछ । यस्तै, डिजेल र मट्टीतेल प्रतिलिटर १५१ रूपैयाँ पर्नेछ ।