Author: Kathmandu Khabar

काठमाडौं । संसदको पहिलो र दोस्रो ठूलो दल नेपाली काँग्रेस र नेकपा एमालेबीच गठबन्धनमा सरकार बनाउने सहमति भएको छ । सोमबार राति दुई दलबीच भएको सहमति अनुसार एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन गर्ने र दोस्रो कार्यकाल शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन गर्ने सहमति भएको नेपाली काँग्रेसका एक नेताले जानकारी दिए । सोमबार राति भएको सहमतिमा ओली नेतृत्वको सरकारमा एमालेले अर्थ मन्त्रालयसहित ९ वटा मन्त्रालय र काँग्रेसले गृह मन्त्रालयसहित १० वटा मन्त्रालय लिने सहमति भएको छ । अन्य मन्त्रालयको भागबण्डा मिल्न बाँकी छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्ने र डेढ वर्षपछि देउवा…

Read More

काठमाडौं । अदालतले आफूलाई तपस्वी बताउने रामबहादुर बमजनलाई १० वर्ष कैद सजाय सुनाएको छ । बाल यौन दुराचार मुद्दामा दोषी ठहर भएका बम्जनलाई १० वर्ष कैद र पाँच लाख क्षतिपूर्ति भराउने फैसला अदालतले सुनाएको छ । बम्जनविरुद्ध ०७६ माघ २३ मा जिल्ला प्रहरी कार्यालय सर्लाहीले बम्जनविरुद्ध बाल यौन दुराचार मुद्दामा जिल्ला सकारी वकिल कार्यालय मलंगवाले १२ देखि १४ वर्षसम्म कैद सजाय र पीडित परिवारलाई क्षतिपूर्तिको मागदाबी गर्दै अभियोग पत्र दायर गरेको थियो । उनलाई केही दिनअघि सर्लाही जिल्ला अदालतले दोषी ठहर गरेको थियो । सर्लाही जिल्ला अदालतका न्यायाधीश जीवन कुमार भण्डारीको इजलासले बम्जनलाई सजाय तोकेको हो । बम्जनलाई १० वर्ष…

Read More

काठमाडौं । सरकारले पछिल्लो मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गरेको छ । विभिन्न विधेयक संसद्मा पेश गर्न स्वीकृति दिनेदेखि विभिन्न अनुदान स्वीकार गर्ने निर्णय गरिएको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् । मन्त्रिपरिषद्ले सम्पत्ति शुद्धीकरण तथा आतंककारी कार्यमा वित्तीय लगानी निवारणसम्बन्धी राष्ट्रिय रणनीति तथा कार्ययोजना ०८१–०८२, ०८५–०८६ स्वीकृत गर्ने निर्णय गरेको छ । यसैगरी, बैठकले धितोपत्रसम्बन्धी ऐन, ०६३ लाई संशोधन गर्न बनेको विधेयक संसद्‌मा पेस गर्न स्वीकृति दिने निर्णय गरेको छ । बैठकले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, ०७६ लाई संशोधन गर्न बनेको विधेयक र नेपाल कानुन व्यवसायी ऐन, २०५० लाई संशोधन गर्न बनेको विधेयक पनि संसद्‌मा पेस गर्न स्वीकृति दिने निर्णय…

Read More

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा बिहीबारसम्म भारी वर्षा हुने भन्दै सचेत रहन आग्रह गरेको छ । मनसुन अवधिमा देशभर साधारणतयादेखि पूर्णतया बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने बताइएको छ । सो अवधिमा कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा मधेश प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ । मनसुन न्यून चापीय रेखाका कारण यो सक्रिय हुन थालेको हो । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार न्यून चापीय रेखा आगामी केही दिन नेपालको दक्षिणी भाग÷सिमाना आसपास रहने भएकाले…

Read More

काठमाडौं । करिब दुई वर्षअघि पार्टी स्थापना हुँदा रास्वपाका धेरै नेतालाई लागेको थिएन होला कि यति छोटो समयमा नै पार्टीले राज्यको चौथो दलको हैसियत पाउँछ भन्ने । माहोल त उधुमै तरिकाले जोडिएको थियो । विशेषगरेर शहरी भेगका मान्छेहरुमा नयाँ पार्टी, घण्टी पार्टी जस्ता अनेक नामले पार्टीप्रति क्रेज बढिरहेको थियो । त्यसभन्दा अघि काठमाडौं, धरान र धनगढीमा जितेका स्वतन्त्रहरुले अर्काे छुट्टै माहोल खडा गरेको थियो । यसले पनि रास्वपालाई धेरैले विश्वास गर्ने सम्भावना थियो । चुनाव सकियो । चुनावअघिसम्म मुस्किलले राष्ट्रिय दल बन्छ कि ? भन्नेहरुलाई नै चकित पार्नेगरी रास्वपाले कमाल गरिदियो । २० सिटसहित संसद्को चौथो शक्ति बनेर उदाएपछि एकाएक…

Read More

काठमाडौं । नेपाली काँग्रेस बुढानीलकण्ठ कार्यसमितिले मंगलबार रक्तदान कार्यक्रम आयोजना गरेको छ । स्व गिरिजाप्रसाद कोइरालाको १०१ औं जन्मजयन्तीको अवसरमा बुनपा ८ को वडा कार्यसमितिको सह आयोजनमा रक्तदान कार्यक्रम राखेको हो । उक्त कार्यलाई लायन्स क्लब अफ काठमाडौं सद्भाव ३२५ र लायन्स क्लब अफ काठमाडौं कपनले सहयोग गर्ने भएका छन् । कार्यक्रम बिहान ८ बजेदेखि १२ बजेसम्म बुनपा ८ सुन्दर बस्तीमा आयोजना हुने नगर कार्यसमितिका सचिव बिजेन्द्र श्रेष्ठले जानकारी दिए । कार्यक्रममा नेपाली काँग्रेसका महामन्त्री गगन थापालाई प्रमुख अतिथि र काँग्रेस नेता प्रदीप पौडेललाई विशेष अतिथिको रूपमा आमन्त्रण गरिएको छ ।

Read More

काठमाडौं । काठमाडौँ महानगरपालिकाले ऐला लगायत स्थानीय पेय पदार्थको अन्तर्राष्ट्रिय स्तरमा ब्राण्डिङ गर्न सम्भाव्यता अध्ययन गर्न लागेको छ । आइतबार काठमाडौंको राष्ट्रिय सभागृहमा एक कार्यक्रमका बीच महानगरपालिकाले ‘स्थानीय पेय पदार्थको ब्राण्डिङ’ सम्भाव्यता अध्ययन सुरु गरेको हो । यसमा समुदायले सांस्कृतिक प्रयोजनका लागि उत्पादन गरेका वस्तुको मात्र अध्ययन हुने बताइएको छ । पहिलो चरणको अध्ययन सुरु भइसकेको भन्दै यसबाट कुन ठाउँमा कसले बनाएको उत्पादन कुन-कुन प्रयोजन (शुभ कार्य, औषधि, पिउन) का लागि ब्राण्डिङ गर्न सकिन्छ भन्ने थाहा हुनेछ । त्यसपछि आवश्यक कानुनी व्यवस्था गर्ने र यसका आधारमा मूल्य, कर र प्रयोजन निर्धारण गरिने बताइएको छ । नेवाः समुदायले धार्मिक, सांस्कृतिक तथा…

Read More

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को ग्रेड वृद्धि अर्थात् पूरक परीक्षाको मिति तय गरेको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) र शिक्षा मन्त्रालयको संयुक्त बैठकले साउन २३ गतेबाट सुरु भई साउन ३१ गतेसम्म पूरक परीक्षा सञ्चालन हुने र नतिजा भने असोजको पहिलो साताभित्र सार्वजनिक गर्ने जनाइएको छ । यसअघि साउन १८ र १९ गते परीक्षा गर्ने बताइए पनि यसको मिति परिवर्तन गर्न लागिएको हो । यद्यपि शिक्षा मन्त्रालयले शुक्रबार नै दुईभन्दा बढी विषयमा नन ग्रेडेडलाई परीक्षामा सहभागी गराउने निर्णय गर्दै बोर्डलाई निर्देशन दिएपछि आइतबार बसेको बार्ड बैठकले परीक्षा मिति सारेर सबै विषयको…

Read More

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको भाउ बढाएको छ । आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल र डिजेलको भाउ बढाएको निगमले जनाएको हो । नयाँ मूल्य सूची अनुसार पेट्रोलमा दुई रुपैयाँ ४१ पैसा र डिजलमा ४ रुपैयाँ ९१ पैसा बढेको हो । यस्तो छ नयाँ पेट्रोलको भाउ :

Read More

काठमाडौं । पछिल्लो समय सामाजिक सञ्जालमा एउटा गाडीको तस्वीर भाइरल भइरहेको छ । सरकारी नम्बर प्लेटको एउटा गाडीले चक्रपथस्थित ललितपुरको सातदोबाटोमा मूल सडकबाट डिभाइडर नाघेर सर्भिस लेनमा गएको फोटो सार्वजनिक भएको छ । सञ्जालमा भाइरल यो तस्वीरले नेपालीको वास्तविक चरित्र चित्रण गरेको उल्लेख गरिएको छ । सामाजिक सञ्जालमा भाइरल भइरहेको तस्वीरमा बा १ झ ७६७५ नम्बरको सरकारी नम्बरप्लेट भएको गाडीले लेन उल्लंघन गरेको हो । शुक्रबारको यो घटनामा संलग्न सवारी जल उत्पन्न प्रकोप नियन्त्रण विभागको रहेको प्रहरीले जनाएको छ । ट्राफिक प्रहरी महाशाखाले सो सवारीका चालकलाई कारबाहीको दायरामा ल्याइसकिएको बताएको छ ।

Read More

काठमाडौं । विश्वकप जितेपछि कप्तानसहित तीन भारतीय खेलाडीले टी–२० अन्तर्राष्ट्रियबाट सन्यास लिएका छन् । आइतबार रवीन्द्र जडेजाले पनि सन्यास लिएसँगै टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिने खेलाडीको संख्या तीन पुगेको हो । यसअघि शनिबार खेल सकिनेबित्तिकै टिमका कप्तान रोहित शर्मा र पूर्वकप्तान विराट कोहलीले सन्यास घोषणा गरेका छन् । शनिबार बार्बाडोसमा भएको फाइनलमा दक्षिण अफ्रिकालाई हराउँदै भारतीय टोलीले १७ वर्षपछि टी–२० विश्वकपको उपाधि जितेको थियो । १७ वर्षपछि खेल जितेपछि भारतभर हर्षोल्लास छाएको थियो । खेल सकिएपछि अन्तर्वार्ता दिएर शर्मा र कोहलीले सन्यास लिएका थिए । आइतबार इन्स्टाग्राममार्फत ३५ वर्षीय जडेजाले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका हुन् । “कृतज्ञताका साथ…

Read More

काठमाडौं । काठमाडौंका निजी अस्पतालले काठमाडौं महानगरपालिकाको निर्देशन अवज्ञा गरेका छन् । गत जेठ २३ गते सार्वजनिक सूचना जारी गरी आफ्नै फार्मेसी सञ्चालन गर्न दिएको निर्देशन पालना नभएको काठमाडौं महानगरपालिकाले जनाएको छ । सूचना जारी गर्दै अस्पतालहरुलाई १५ दिनभित्र अनिवार्य रुपमा फार्मेसी सञ्चालन गर्न निर्देशन दिएको थियो । अस्पताले नै फार्मेसी सञ्चालन गर्दा बिरामीहरुलाई उचित मूल्यमा सही औषधी प्राप्त गर्न र विपन्न नागरिकलाई सुपथ मूल्यमा औषधि खरिद गर्न पाउने अधिकार पनि कार्यान्वयनमा सहज हुने महानगरको भनाइ छ । हाल ५२ अस्पतालमध्ये १६ अस्पतालले मात्रै आफ्नो फार्मेसी सञ्चालन गरेका छन् । महानगरले गत जेठ २३ गते आफू मातहतमा सञ्चालनमा रहेका ५२…

Read More

काठमाडौं । गृहमन्त्री रवि लामिछानेले मुलुकमा विपद्जन्य घटना नियन्त्रणका लागि सुरक्षा निकाय तयारी अवस्थामा रहेको बताए पनि यसको डरलाग्दो तथ्यांक बाहिर आउन थालेको छ । शुक्रबार रातिदेखि शनिबारसम्मको २४ घण्टामा विपद्जन्य घटनामा परी १० जनाको ज्यान गएको सरकारी तथ्यांकमा उल्लेख छ । सरकारी तथ्यांकमा नसमेटिएको संख्या झनै धेरै हुन सक्ने प्रक्षेपण गरिएको छ । जसमा तीन घाइते भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गुल्मीमा पहिरोले घर पुरिँदा एकै परिवारका पाँचजनाको मृत्यु भएको छ । तीन भाइ छोरा रोजगारीका लागि भारत गएको सो परिवारमा पहिरोले घर पुर्दा बागलुङको गलकोट नगरपालिका–८ काँडेबाँसको बिसौनामा एक दम्पतीको ज्यान गएको…

Read More

काठमाडौं । नेपाली काँग्रेस बुढानीलकण्ठ नगर कार्यसमितिले आयोजना गरेको नि:शुल्क स्वास्थ्य शिविरमा ४३६ जनाले सेवा लिएका छन्। यही असार १४ गते शुक्रबार गरिएको स्वास्थ्य शिविर सो संख्यामा सेवाग्राही सहभागी भएको नगर कार्यसमिति सचिव बिजेन्द्र श्रेष्ठ बताए । स्वास्थ्य शिविर बुढानीलकण्ठ नगरपालिका वडा नं. ११ स्थित यज्ञमति माविमा बिहान ९ बजे देखि ३ बजेसम्म आयोजना गरिएको थियो । कार्यक्रम काठमाडौं मेडिकल कलेजसँगको सहकार्य र पैयाँटार आकाशदेवी बचत तथा ऋण सहकारी संस्थाको वित्तीय सहयोगमा बुढानीलकण्ठ काँग्रेसले आयोजना गरेको हो ।

Read More

काठमाडौं । त्रिशुल जात्रा(मचाती जात्रा ): नेपाल संबत तछलागा,भलाष्टमीको दिन पशुपतिनाथ को देवपतन(ग्वोल)/पशुपतिको जय बागेश्वोरीमा नेवार समुदायले धुमधाम मनाउने गर्छन् । यस जात्रा राजा यक्ष मल्लले नेपाल संवत् ६३४ देखि चलाएका हुन् । यस जात्रा सर्वप्रथम श्री बत्सलेश्वरीका पुजारी मुनिबन्धु जो साधक र तन्त्रिकाचार्य पनि हुन्, उनले नै यो जात्राको सुरुवात गरेका हुन् भन्ने मान्यता रहेको छ । पशुपति क्षेत्रका बालबालिकालाई राक्षसबाट बचाउने उद्देश्यले मनाउन थालिएको विश्वास गरिने त्रिशूल जात्रा पशुपति क्षेत्रमा सम्पन्न गरिएको छ । प्रत्येक वर्ष आषाढकृष्ण अष्टमीका दिन मनाइने त्रिशूल जात्रा राजा नरेन्द्रदेवको पालामा सुरु भएको भनाइ छ । स्वयम्भू एवं नागार्जुन जङ्गल क्षेत्रमा बस्ने एक राक्षसले…

Read More

काठमाडौं । ‘कमेडी च्याम्पियन सिजन ३को उपाधि काठमाडौंका सुनिल खड्काले जितेका छन् । शनिबार भएको प्रतियोगितात्मक कार्यक्रम ‘कमेडी च्याम्पियन’ तेस्रो संस्करणको अन्तिम तीनमा रहेका ऋषभ काफ्ले र सुयशा खनाललाई पछि पार्दै उनी ‘च्याम्पियन’ बनेका हुन् । विजेता घोषित भएसँगै उहाँले नगद रु पच्चीस लाखसहित विभिन्न आकर्षक उपहार प्राप्त गरेका छन् । प्राप्त मतको आधारमा सुनसरीका काफ्ले दोस्रो (फस्ट रनरअप) र नवलपरासीकी खनाल तेस्रो (सेकेण्ड रनर अप) बने । प्रतियोगिताको निर्णायकमा हास्य कलाकार सन्तोष पन्त, कलाकार मनोज गजुरेल, निर्देशक प्रदीप भट्टराई र अभिनेत्री ऋचा शर्मा निर्णायकको रुपमा हुनुहुन्थ्यो ।

Read More

काठमाडौं । नेपालमा संसदीय इतिहासको ६५ वर्ष पूरा भएको छ । देशमा पहिलोपटक जननिर्वाचित संसद्को बैठक बसेको दिनको सम्झनामा वैशाख १६ गते संसद् दिवस पनि मनाइँदै आइएको छ । मुलुकमा प्रजातन्त्र स्थापना भएको करिब ८ वर्षपछि विसं २०१५ सालमा पहिलो आमनिर्वाचन भएको थियो । सोही निर्वाचनपछि गठित संसद्को पहिलो बैठक २०१६ असार १६ मा बसेको थियो । सोही बैठकले सभामुख निर्वाचन प्रक्रिया सुरु गरेपछि असार १९ गते पहिलो सभामुखको रूपमा स्व. कृष्णप्रसाद भट्टराई नेपाली काँग्रेसको तर्फबाट निर्वाचित भएका थिए । मुलुकमा संसद्को पहिलो बैठक बसेको दिनको स्मरणमा हरेक वर्ष विविध कार्यक्रम गरी संसद् दिवस मनाउने गरिएको छ । भट्टराई २०१७…

Read More

काठमाडौं । टी २० विश्वकपको फाइनल खेलमा भारत विजयी भएको छ । शनिबार राति सवा ८ बजेदेखि सुरु भएको खेलमा भारत सात रनले विजयी भएको हो । वेस्ट इन्डिजको ब्रिजटाउनस्थित केङ्ग्सिङ्टन ओभलमा भएको रोचक खेलमा अन्तिम बलमा रात रनको अभावले भारत विजयी भएको हो । भारतले यसअघि सन् २००७ मा दक्षिण अफ्रिकामा भएको आईसीसी टी-२० को फाइनलमा पाकिस्तानलाई हराउँदै उपाधि जितेको थियो । बार्बाडोसस्थित किङ्सटाउन मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको भारतले दिएको १७७ रन लक्ष्य पछ्याउने क्रममा दक्षिण अफ्रिका निर्धारित १९.५ ओभरमा १६९ रनमा समेटिएपछि भारतले उपाधि जितेको हो ।

Read More

काठमाडौं । धान दिवसको अवसरमा नेपाली काँग्रेस काठमाडौं क्षेत्र नं ४ ले रोपाईँ कार्यक्रम आयोजना गरेको छ । यही असार १५ गते बुढानीलकण्ठ नगरपालिका वडा नं १३ मा पर्ने चुनिखेलमा रोपाईँ कार्यक्रम आयोजना गरिएको कार्यवाहक क्षेत्रीय सभापति रामप्रसाद लुईंटेलले जानकारी दिए । लुईंटेलका अनुसार कार्यक्रममा प्रमुख अतिथिको रूपमा नेपाली काँग्रेसका सहमहामन्त्री जीवन परियारलाई आएका थिए । असार १५ गते सरकारले राष्ट्रिय धान दिवस मनाउने गरेको छ । चुनिखेलको रुद्रमती कोरिडोरको कार्यक्रम रिभरसाइन फुटसल पछाडिको खेतमा कार्यक्रम आयोजना गरिएको थियो ।

Read More

काठमाडौं । बुढानीलकण्ठको चपलीमा रहेको गणेश माध्यमिक विद्यालयका पूर्वविद्यार्थीहरुले शिक्षक शिक्षिकालाई सम्मान गरेका छन् । असार १५ गते शनिबारका दिन २०६४ साल एसएलसी ब्याचका पूर्वविधार्थीहरूले सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरेका हुन् । विद्यालयका संस्थापक चन्द्रबहादुर खड्कालाई प्रमुख अतिथि बनाएर गरिएको कार्यक्रममा विद्यालयका पूर्वप्रधानाध्यापक दामोदरप्रसाद भण्डारीलाई विशेष अतिथि बनाई गरेको कार्यक्रममा उनलाई पनि सम्मान पत्र र खादा ओढाएर सम्मान गरेको छ। शनिबार विद्यालयमा एक कार्यक्रम आयोजना गरी पूर्वविद्यार्थीहरूले विद्यालयका २८ जना शिक्षकशिक्षिकालाई सम्मान पत्र र खादा ओढाएर सम्मान गरेको पूर्वविद्यार्थी तथा कार्यक्रमका अध्यक्ष विजय थापाले जानकारी दिए । कार्यक्रममा असारमा १५ गते ( दही, चिउरा ) खाने दिनको शुभकामना…

Read More

काठमाडौं । नेपाली काँग्रेस काठमाडौं क्षेत्र नं ५ का प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलले चक्रपथ विस्तारलाई दबाब दिन दबाब यात्रा सुरु गरेका छन् । शनिबार बिहानबाट दबाब यात्रा सुरु गर्दै चक्रपथ बिस्तार चाँडो नभए सरकारी गाडी चल्न नदिने चेतावनी दिएका छन् । कलंकीदेखि चाबहिल ओम अस्पतालअगाडिको धोबीखोलासम्मको सडक बिस्तारको काम तीब्र रुपमा अघि नबढाए सो बाटोमा सरकारी गाडी गुड्न नदिने चेतावनी उनले दिएका हुन् । ‘यदि सरकारले गम्भीर रुपमा नलिएको खण्डमा हामी कलंकीदेखि ओम अस्पतालसम्मको कलंकी च्रकपथ १३ किलोमिटरसम्म सरकारी गाडीलाई चल्न नदिन पनि सक्छौं । त्यो अवस्था नआओस् ।’ उनले भने । दबाब यात्राको क्रममा उनले चिनियाँ पक्षबाट नभई…

Read More

काठमाडौं । भुटानी शरणार्थी प्रकरणका मुख्य व्यक्ति मानिएका बेचन झा पक्राउ परेका छन् । दुई कुरोडको चेक बुझ्ने झा र फरार सूचीमा रहेका पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापा पक्राउ परेसँगै यो मुद्दामा नयाँ ट्विस्ट आउने प्रहरीले दाबी गर्दै आएको छ । सो प्रकरणमा हाल प्रहरीको फरार सूचीमा रहेका पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापा, डा. इन्द्रजित राईका छोरा निरज राई र विचौलिया बेचन झा पक्राउ परे घटनाले थप नयाँ ‘ट्विस्ट’ आउने प्रहरीको दाबी रहेको हो । उनीहरूको पक्राउपछि ट्विस्ट आएमा पक्राउ मुक्त भएकाहरू पनि पुन: पक्राउ पर्न सक्ने प्रहरीको भनाइ छ । प्रतीक थापा र बेचन झामार्फत्…

Read More

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् अन्तर्गत्को परीक्षा नियन्त्रण कार्यालयले डिप्लोमा तथा प्रमाणपत्र तहको वर्गीकृत (निःशुल्क) छात्रवृत्ति कोटाका लागि आवेदन माग गरेको छ । असार १५ गते सूचना जारी गरी अनलाइन आवेदन फारम भर्नका लागि आवेदन आह्वान गरेको हो । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् प.नि.का.बाट सञ्चालन गरिने डिप्लोमा तथा प्रमाणपत्र तहका तपसिलबमोजिमका शैक्षिक कार्यक्रमहरूमा सरकारी, सामुदायिक र परिषद्का आङ्गिक शिक्षालयहरूबाट एस.एल.सी÷एस.ई.ई÷प्रि–डिप्लोमा उत्तीर्ण गरेका शैक्षिक सत्र २०८१÷०८२ मा “डिप्लोमा तथा प्रमाणपत्र तहको प्रवेश परीक्षा सञ्चालन, छात्रवृत्ति वितरण एवं भर्नासम्बन्धी निर्देशिका २०८१” बमोजिम परिषद्बाट सञ्चालन सम्बन्धन र स्वीकृति प्राप्त आङ्गिक, साझेदारी, टेक्स तथा निजी शिक्षालयहरूमा निर्धारण गरिएका वर्गीकृत…

Read More

काठमाडौं । टी २० विश्वकपको फाइनल खेल आज राति सवा आठ बजेदेखि सुरु हुँदैछ । वेस्ट इन्डिजको ब्रिजटाउनस्थित केङ्ग्सिङ्टन ओभलमा हुने दुई टोलीबीचको फाइनल भिडन्त नेपाली समयअनुसार राति सवा ८ बजे सुरु हुनेछ । आजको मौसमका कारण समयमा खेल हुन नसके रोकिएकै अवस्थामा आइतबार पुनः खेल सुरु हुनेछ । आज खेल हुने दुई टोलीमध्ये जुन टोली विजयी भए पनि विश्वकपको इतिहासमा अपराजित रहेर उपाधि जित्ने पहिलो टोली बन्नेछन्। मौसमविद्हरुका अनुसार आज हुने फाइनल खेलमा पानी पर्ने सम्भावना ५० प्रतिशत छन् । फाइनल खेलका लागि आईसीसीले एक सय ९० मिनेट अतिरिक्त समय छुट्याएको छ। वर्षाले खेल प्रभावित भए कम्तीमा १० ओभरको…

Read More

काठमाडौं । बागमती प्रदेशका तीन जिल्लाका बासिन्दालाई शनिबार र आइतबार उच्च सावधानी अपनाउन जल तथा मौसम विज्ञान विभागअन्तर्गत्को मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । देशभर सक्रिय रहेको मनसुनी वायुको प्रभावले शनिबार र आइतबार मनसुनी वर्षाको उच्च जोखिम रहेकाले सावधानी अपनाउन अनुरोध गरेको हो । विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार तीन दिन बाग्मती प्रदेशका तीन जिल्ला चितवन, मकवानपुर र सिन्धुपाल्चोकमा बाढी जोखिम रहेकाले सतर्कता अपनाउन भनिएको छ । यस्तै, बागमती प्रदेशबाहिर लुम्बिनीका नवलपरासी पश्चिम, रुपन्देही, पाल्पा, गुल्मी, अर्घाखाँची, प्यूठान, दाङ, कपिलवस्तु र बाँकेमा उच्च जोखिम रहेकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

Read More

काठमाडौं । आज असार १५ गते नेपालभर राष्ट्रिय धान दिवस मनाइँदै छ । यस दिन खेतमा काम गरी दही चिउरा खाएर पर्व मनाइँदै छ । विसं २०६१ मङ्सिर २९ गतेको मन्त्रिस्तरीय निर्णयबाट सुरु भएको यो पर्व २०६२ साल असार १५ गतेदेखि सुरु भएको हो । हाम्रो संस्कृतिमा दहीको स्थान महत्त्वपूर्ण छ । शुभ कार्यका लागि घरबाहिर निस्कने, विदेश जाने आदि महत्त्वपूर्ण काम गर्नुअघि दही अक्षता मुछेर निधारमा रातो टीका लगाउने परम्परा छ । यस्ता शुभ काममा निस्कनु अघि सगुनका रूपमा पनि दही खुवाएर बिदाइ गरिन्छ । निस्कने बेलामा दही खाएर हिँडे साइत पर्ने जनविश्वास रहिआएको छ । दही वैज्ञानिक दृष्टिले…

Read More

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्री मुकुल ढकाललाई स्पष्टीकरण सोधेको छ। ढकाललाई पार्टीको अनुशासन आयोगले शुक्रबार पत्र पठाएर स्पष्टीकरण सोधेको हो। महामन्त्री मुकुल ढकालले दिएको सार्वजनिक अभिव्यक्तिलाई लिएर पार्टीले स्पष्टीकरण सोधेको बताइएको छ। उनले रास्वपाको जनमत निकै खस्किएको विश्लेषण गरी बिहीबारमात्र प्रतिवेदन बुझाएका थिए। पार्टीले बोल्ड निर्णय लिएर अगाडि नबढेमा अर्को चुनावसम्म अस्तित्व रक्षा गर्न कठिन हुने उनको निष्कर्ष थियो । प्रतिवेदनको अन्त्यमा डा। ढकालले भावुक सन्देश लेखेका थिए ।

Read More

काठमाडौं । बहाल र बहिल काठमाडौंवासीको लागि एउटा सामान्य शब्द हो । काठमाडौंका धेरै ठाउँको नाम नै बहाल र बहिलको नाम जोडेर राखिएको छ । जस्तो चाबहिल, टेबहाल, अकुबहाल जस्ता स्थानहरु बहाल र बहिलको नामबाटै राखिएका हुन् । काठमाडौं उपत्यकाको पाटनमा १४० बहाल र १५ बहिलहरु, काठमाडौंमा ८१ बहालहरु र १२ बहिलहरु र भक्तपुरमा २० बहाल र २ बहिल गरी जम्मा २४१ बहाल र २९ बहिलहरु रहेका छन् । काठमाडौंमा अठार प्रमुख विहारहरु छन् । तर बहाल र बहिलमा के फरक छ ? यसको बारेमा भने धेरैलाई जानकारी नहुन सक्छ । बहाल र बहिलको बीचको अन्तरको बारेमा अमृता महर्जनको शोधपत्रको…

Read More

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले काठमाडौंमा शुक्रबार भारी वर्षाको सम्भावना देखाएको छ । देशका केही स्थानमा भारी वर्षा भइरहेको छ । काठमाडौंलगायत केही स्थानमा गएरातिदेखि नै वर्षा भइरहेको छ । मौसमविद् प्रतिभा मानन्धरका अनुसार दिउँसो बदली रहे पनि साँझ पुनः हल्कादेखि मध्य वर्षा भए काठमाडौंमा भारी वर्षा मापन हुने सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर साधारणतयादेखि पूर्णतया बदली रहनेछ । कोसी, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । विभागका अनुसार आज वाग्मती, मधेस, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा…

Read More

काठमाडौं महानगरले ११ पढ्न छात्रवृत्ति दिने, आवेदन कसरी भर्ने ? काठमाडौं । काठमाडौं महानगरपालिकाले पालिका अन्तर्गतका संस्थागत शिक्षण संस्थामा छात्रवृत्तिमा पढ्न चाहने विद्यार्थीबाट आवेदन माग गरेको छ । एसईई परीक्षाको नतिजा सार्वजनिक भएको भोलिपल्टै महानगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै कक्षा ११ मा भर्ना भई छात्रवृत्तिमा कोटामा अध्ययन गर्न चाहने विद्यार्थीबाट आवेदन आह्वान गरेको हो । यसका लागि महानगरपालिकाले परीक्षा लिने भएको छ । महानगरपालिकाले यसको लागि entrance.kathmandu.gov.np बाट आवेदन भर्न सकिने महानगरपालिकाले जनाएको छ । यसको परीक्षा भने साउन ४ गते हुने बताइएको छ ।

Read More