Author: Kathmandu Khabar

भारत टी ट्वान्टी विश्वकपको फाइनलमा प्रवेश गरेको छ । बिहीबार इङ्ल्यान्ड इङ्ल्याण्डविरुद्धको सेमिफाइनल खेलमा फराकिलो जित हात पार्दै भारत फाइनलमा प्रवेश गरेको छ । गयानामा बिहीबार भएको दोस्रो सेमिफाइनलमा इङ्ल्यान्डलाई ६८ रनले पराजित गर्दै भारत तेस्रो पटक टि-ट्वान्टी विश्वकपको फाइनलमा प्रवेश गरेको हो । भारतले दिएको १ सय ७२ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्ड खराब ब्याटिङ प्रदर्शन गर्दै १६.४ ओभरमा १ सय ३ रनमा समेटियो । करिब एक घण्टा रोकिएपछि फेरि सुरु भएको खेलमा भारतले १७२ रनको लक्ष्य दिएको थियो । तर जवाफी ब्याटिङ गरेको इङ्ल्याण्डले राम्रो प्रदर्शन गर्न सकेन । साविक विजेता इङ्ल्यान्ड र भारतबीचको खेल वर्षाका कारण केहीबेर रोकिएको…

Read More

एजेन्सी ।  टि-ट्वान्टी विश्वकप २०२४ को सेमिफाइनलमा भारतविरुद्ध इङ्ल्याण्डले खराब प्रदर्शन गरेको छ ।  करिब एक घण्टा रोकिएपछि फेरि सुरु भएको खेलमा भारतले १७२ रनको लक्ष्य दिएको थियो । तर जवाफी ब्याटिङ गरेको इङ्ल्याण्डले ७ ओभरमा ४६ रन बनाउँदै ४ विकेटको क्षति ब्यहोरेको छ । साविक विजेता इङ्ल्यान्ड र भारतबीचको खेल वर्षाका कारण रोकिएको छ । निकैर रोचक र महत्वपूर्ण खेलको पहिलो इनिङको आधा पनि नसकिँदै खेल रोकिएको थियो । नेपाली समय अनुसार बेलुका ८:१५ बजे गयानामा सुरु हुनुपर्ने खेलअघि वर्षा भएपछि खेल ढिलागरी सुरु भएको थियो । पछि ८ ओभरको खेल सकिँदा दुई विकेटको क्षतिमा ६५ रन बनाएको थियो…

Read More

एजेन्सी ।  टि-ट्वान्टी विश्वकप २०२४ को सेमिफाइनलमा साविक विजेता इङ्ल्यान्ड र भारतबीचको खेल वर्षाका कारण रोकिएको छ । निकैर रोचक र महत्वपूर्ण खेलको पहिलो इनिङको आधा पनि नसकिँदै खेल रोकिएको हो  । नेपाली समय अनुसार बेलुका ८:१५ बजे गयानामा सुरु हुनुपर्ने खेलअघि वर्षा भएपछि खेल ढिलागरी सुरु भएको थियो । पछि ८ ओभरको खेल सकिँदा दुई विकेटको क्षतिमा ६५ रन बनाएको थियो । पहिलो सेमिफाइनलमा रिजर्व दिन रहेपनि दोस्रो सेमिफाइनलमा आइसिसीले रिजर्व दिन राखेको छैन । वर्षाका कारण खेल हुन नसकेको खण्डमा भारत फाइनल प्रवेश गर्नेछ । करिब एक घण्टा रोकिएपछि फेरि सुरु भएको खेलमा भारतले १७२ रनको लक्ष्य दिएको…

Read More

काठमाडौं । काठमाडौं महानगरपालिकाले नियमित पानी पर्न थालेसँगै डेङ्गुको प्रकोप बढ्न सक्ने भन्दै सचेतना अभियान सुरु गरेको छ । डेंगु फैलिनुअघि नै यसको निराकरणका लागि जुट्नुपर्ने भन्दै सङ्क्रमण फैलाउने लामखुट्टेको बासस्थान र लार्भा नष्ट गर्ने काम समेत सुरु गरेको हो । महानगरपालिकाको स्वास्थ्य विभागका अनुसार असार ९ गतेदेखि सबै वडामा उक्त कार्यक्रम सञ्चालन गरिरहेको छ । डेङ्गु नियन्त्रण्क ‘फोकलपर्सन’ ऋषि भुसालका अनुसार यस अभियानमा ६४ स्वास्थ्यकर्मी र पाँच सय ५८ जना महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरिएको छ । अभियान अनुसार पानी जमेका खाल्डा पुर्ने, पानीका भाँडा, टायर तथा अन्य स्थानमा जमेको पानी हटाउने, यसमा लामखुट्टेको प्रजनन प्रणाली र रोग फैलिन…

Read More

काठमाडौं । नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासङ्घको अध्यक्षमा ओमबहादुर घर्तीमगर निर्वाचित भएका छन् । बिहीबार सम्पन्न नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासङ्घको अध्यक्षमा घर्ती निर्वाचित भएका हुन् । असार ११ र १२ गते काठमाडौँमा सम्पन्न प्रथम महाधिवेशनबाट उपाध्यक्षमा युवराज गुरुङ, मोहन छन्त्याल र विश्वदीप लिङ्देन निर्वाचित भएका हुन् । महामन्त्रीमा जगतबहादुर बराम, रामजी कोङरेन र मनहरि श्रेष्ठ निर्वाचित भएको निर्वाचन संयोजक विनोद गुरुङले जानकारी दिए । सहमहामन्त्रीमा दुर्गा सुनुवार, सुवासचन्द्र राई, श्रुती कुमाल, अभिषेक चौधरी राजवंशी, पेम्बा ग्याल्जेन शेर्पा, चेम चेपाङ, मनोज सिंह दनुवार र तेजबहादुर धिमाल निर्वाचित भएका हुन् ।

Read More

काठमाडौं । बुढानीलकण्ठको चपलीमा रहेको गणेश माध्यमिक विद्यालयका पूर्वविद्यार्थीहरुले शिक्षक शिक्षिकालाई सम्मान गर्ने भएको छ । यही असार १५ गतेका दिन २०६४ साल एसएलसी ब्याचका पूर्वविधार्थीहरूबाट शिक्षक शिक्षिकाहरूलाई सम्मान गर्न लागेका हुन् । पूर्वविधार्थीहरूले विद्यालयका संस्थापक चन्द्र बहादुर खड्कालाई प्रमुख अतिथिको रूपमा बोलाएर शिक्षक शिक्षिकालाई सम्मान गर्न लागेको कार्यक्रमका अध्यक्ष विजय थापाले जनाएको छ । विद्यालय संस्थापक चन्द्रबहादुर खड्काको प्रमुख अतिथिमा हुने कार्यक्रममा असारमा १५ गते ९ दही चिउरा ० खाने तथा धान दिवसको शुभकामना आदान प्रदान गर्दै सम्मान गर्न लागिकएको थापाले जनाएका छन् । कार्यक्म बिहान ८ बजेदेखि सुरु हुने बताइएको छ ।

Read More

काठमाडौं । दक्षिण अफ्रिका पहिलो पटक आईसीसी टी-२० विश्वकपको फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको खेलमा अफगानिस्तानलाई ९ विकेटले हराउँदै जारी दक्षिण अफ्रिकाले फाइनलमा पुगेको हो । यसअघि एकदिवसीयमा ५ र टी-२० मा दुई पटक सेमिफाइनलबाट बाहिरिएको थियो । खेलमा पहिले ब्याटिङ गरेको अफगानिस्तानले ५७ रनको लक्ष्य दिएको थियो । त्यो झिनो लक्ष्यलाई अफ्रिकाले ८.५ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्‍यो । रिजा हेन्डिक्स २५ बलमा ३ चौका र १ छक्कासहित २९ रनमा अविजित रहे । एडेन माक्ररम २१ बलमा ४ चौकासहित २३ रनमा नट आउट रहे । त्यसअघि बायन लारा क्रिकेट स्टेडियम ट्रिनिडाडमा टस जितेर पहिला ब्याटिङ रोजेको…

Read More

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले एसईई परीक्षाको नतिजा सार्वजनिक गरेका छ । बिहीबार सार्वजनिक भएको परीक्षामा आधाभन्दा बढीको नतिजा नकारात्मक आएको छ । नयाँ ग्रेडिङ सिस्टमअनुसार सार्वजनिक गरेको नतिजामा करिब ४८ प्रतिशतले मात्रै माथिल्लो कक्षामा पढ्न पाउने भएका छन् । नयाँ पाठ्यक्रमअनुसार पहिलोपटक एसईई परीक्षा दिएका विद्यार्थीको लेटर ग्रेडिङ निर्देशिका–२०७८ को व्यवस्थाअनुसार नतिजा प्रकाशन गरिएको बोर्डले जनाएको छ । परीक्षामा सहभागी भएका विद्यार्थीमध्ये ४७।८६ प्रतिशत विद्यार्थीमात्रै उत्तीर्ण भएका छन् भने १८६ जना विद्यार्थीले ४ जीपीए ल्याएको बोर्डले जनाएको छ । कार्यालयले सार्वजनिक गरेको नतिजा अनुसार परीक्षामा सहभागी भएका ४ लाख ४४ हजार ७८५ जना विद्यार्थी मध्ये २ लाख ४२ हजार…

Read More

काठमाडौं । टोखा नगरपालिकाले किरिया खर्च शीर्षकमा १० लाख रुपैयाँ विनियोजन गरेको छ । आगामी आर्थिक वर्षका लागि नगरक्षेत्रमा स्थायी बसोबास भएका व्यक्तिको मृत्यु भएमा मृतकका परिवारलाई किरिया खर्चबापत पाँच हजार उपलब्ध गराउने भएको हो । यो सहायता रकम आगामी आर्थिक वर्षदेखि प्रदान गरिने नगरपालिकाले जनाएको छ । नगरपालिकाका उपप्रमुख मुरारी तामाङका अनुसार किरिया खर्च शीर्षकमा पालिकाले १० लाख  विनियोजन गरेको छ । चाकुको लागि प्रख्यात टोखा बजारमा ‘चाकुस्तम्भ’ निर्माण गर्न रकम विनियोजन गरिएको छ । टोखाको चाकुलाई देश तथा विदेशमा प्रचार गर्न स्तम्भ सहयोगी हुने उनको विश्वास छ ।

Read More

काठमाडौं । सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धमा बनेको संसदीय छानबिन विशेष समितिले विभिन्न नौ वटा सहकारीबाट कागजात झिकाउने निर्णय गरेको छ । बुधबार बसेको बैठकले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको समेत नाम जोडिएकोसहित नौ सहकारीको फाइल मगाउने निर्णय भएको समितिका एक सदस्यले जानकारी दिए । बुटवलको सुप्रिम र पोखराको सूर्यदर्शन सहकारीमा बचतकर्ताको रकम अपचलन गरेको आरोप गृहमन्त्री लामिछानेमाथि लाग्दै आएको छ । यो कागजात मगाएपछि १५ दिनभित्र गृहमन्त्री लामिछानेसहित यो मुद्दामा नाम जोडिएकाहरूलाई समेत बयानका लागि बोलाउने तयारी गरेको छ । निर्णय गरेपछि समितिका सभापति सूर्य थापाले समितिलाई कार्यादेशमा दिइएको अनुसूची २ का सहकारीका कागजात माग गर्ने निर्णय भएको…

Read More

काठमाडौं । नेपाली काँग्रेस बुढानीलकण्ठ नगर कार्यसमितिले नि:शुल्क स्वास्थ्य शिविर गर्ने भएको छ । यही असार १४ गते शुक्रबार स्वास्थ्य शिविर गर्न लागिएको नगर सचिव बिजेन्द्र श्रेष्ठ बताएका छन् । स्वास्थ्य शिविर बुढानीलकण्ठ नगरपालिका वडा नं. ११ स्थित यज्ञमति माविमा बिहान ९ बजे देखि ३ बजेसम्म चल्ने नगर सचिव श्रेष्ठले जानकारी दिए । कार्यक्रम काठमाडौं मेडिकल कलेजसँगको सहकार्यमा पैयाँटार आकाशदेवी बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा कार्यक्रम हुन लागेको हो । उक्त शिविरमा निम्न सुविधाहरू पाइने नेपाली काँग्रेस बुढानीलकण्ठले जनाएको छ ।

Read More

काठमाडौं । छोटो समयमा नै प्रतिनिधिसभाको चौथो दल बनेको सत्ता साझेदार राष्ट्रिय स्वतन्त्र पार्टी अस्तित्व संकटको यात्रामा गएको छ । यो कुनै अन्य संस्थाको रिपोर्ट नभएर पार्टीकै महामन्त्री मुकुल ढकालको प्रतिवेदनले बोलेको तथ्य हो । पार्टीको निर्णय र निर्देशन बमोजिम करिब ३८ जिल्लाको भ्रमण गरेर केही दिनअघि मात्रै काठमाडौं फर्किएका महामन्त्री ढकालले पार्टीको लागि सुखद् खबर ल्याउन सकेनन् । उनले आफ्नो प्रतिवेदमा रास्वपाको उल्टो दिन सुरु भएको र यही गतिमा अघि बढे पार्टी विवेकशील साझाको अवस्थामा पुग्ने भन्दै नेतृत्वलाई सचेत गराए । उनले रास्वपाको जनमत निकै खस्किएको विश्लेषण प्रतिवेदनमै उल्लेख गरेका छन् । पार्टीले बोल्ड निर्णय लिएर अगाडि नबढेमा अर्को…

Read More

भक्तपुर । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले बुधबार सार्वजनिक गर्ने भनिएको एसईईको नतिजा अन्तिम समयमा आएर स्थगित भएको छ । अन्तिम समयमा नतिजा सार्वजनिक नगरी बिहीबार सार्वजनिक गर्ने निर्णय गरेको हो । परीक्षा नियन्त्रण कार्यालय स्रोतका अनुसार बुधबार नतिजा सार्वजनिक गर्ने तयारी गरेर बैठक बसी नमुना अभ्यास समेत गरिएको थियो । तर नमुना अभ्यासको क्रममा केही प्राविधिक समस्या भएपछि बिहीबारको लागि स्थगित गरिएको छ । गत चैत १५ गतेदेखि २७ गतेसम्म सञ्चालित परीक्षामा नियमिततर्फ चार लाख ६७ हजार विद्यार्थीले परीक्षा दिएका छन् । ग्रेड वृद्धितर्फ २१ हजार विद्यार्थीले परीक्षा दिएका छन् । बोर्डले यस वर्ष सैद्धान्तिकतर्फ ७५ अङ्कको परीक्षामा ३५ प्रतिशत…

Read More

काठमाडौं । नेपाली काँग्रेस काठमाडौं क्षेत्र नं ४ ले धान दिवसको अवसरमा रोपाईँ कार्यक्रम गर्ने भएको  छ । यही असार १५ गते बुढानीलकण्ठ नगरपालिका वडा नं १३ मा पर्ने चुनिखेलमा रोपाईँ कार्यक्रम आयोजना गर्न लागिएको कार्यवाहक क्षेत्रीय सभापति रामप्रसाद लुईंटेलले जानकारी दिए । लुईंटेलका अनुसार कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेपाली काँग्रेसका सहमहामन्त्री जीवन परियारलाई निमन्त्रणा गरिएको छ । असार १५ गते सरकारले राष्ट्रिय धान दिवस मनाउने गरेको छ । चुनिखेलको रुद्रमती कोरिडोरको कार्यक्रम रिभरसाइन फुटसल पछाडिको खेतमा कार्यक्रम हुने लुईंटेलले जानकारी दिए ।

Read More

काठमाडौं । फुटबलर्स मिसन टुगेदरले ८५ खेलाडि सहित फुटबल क्षेत्रका १०४ जनालाई सम्मान गरेको छ । मंगलबार एक कार्यक्रम आयोजना गर्दै संस्थाले खेलाडी, प्रशिक्षक, रेफ्री लगायत यस क्षेत्रमा योगदान दिने व्यक्तित्वहरुलाई सम्मान गरेको हो । कार्यक्रममा सन् १९८८ देखि हालसम्म विभिन्न खेलमा संलग्न भएका २५ महिला र ६० जना पुरुष खेलाडीलाई सम्मान गरिएको थियो । उनीहरुलाई नगदसहित प्रमाणपत्रले सम्मान गरिएको हो । त्यस्तै, दुई जना वरिष्ठ प्रशिक्षक, दुई जना वरिष्ठ रेफ्री, फुटबल खेलमा समर्पित भई दिवंगत हुनु भएका १३ जनाको परिवारलाई समेत मरणोपरान्त कदरपत्रसहित सम्मान गरिएको थियो । सोही अवसरमा लामो समय खेलकुद पत्रकारितामा लाग्नु भएका फोटो पत्रकार श्याम चित्रकार,…

Read More

काठमाडौं । एसईई परीक्षाको नतिजा आज सार्वजनिक हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार बुधबार अपराह्न ४ बजे विभिन्न १५ माध्यमबाट नतिजा प्रकाशन गर्ने तयारी गरिएको हो । एसईईको नतिजा सार्वजनिक गर्न सबै तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्ड कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिए। परीक्षा नियन्त्रक पौडेलले यस वर्ष एसइईको नतिजा सैद्धान्तिक र प्रयोगात्मक फरक गरी सार्वजनिक गरिने बताए । बोर्डले यस वर्ष सैद्धान्तिकतर्फ ७५ अङ्कको परीक्षामा ३५ प्रतिशत अर्थात् २७ अङ्क नल्याए एनजी उल्लेख गरिने जनाएको छ । एनजी भनेको माथिल्लो कक्षामा अध्ययन गर्न असमर्थ भन्ने हुन्छ । बोर्डका अनुसार निम्नानुसार माध्यमबाट नतिजा हेर्न…

Read More

काठमाडौं । बुधबार काठमाडौंका केही भेगमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौंका केही स्थानमा बिहान ९ बजेपछि वर्षाको सम्भावना रहेको देखिएको हो । बुधबार दिउँसो काठमाडौं उपत्यकाबाहेक पनि कोशी, मधेश, बागमती, गण्डकी  र लुम्बिनी प्रदेशमा पूर्ण बदली रही बाँकी भू(भागमा आंशिकदेखि साधारणतया बदली रहने छ महाशाखाले जनाएको छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कोशी ,मधेश, बागमती र गण्डकी प्रदेशका एक(दुई  स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ्र बुधबार राती कोशी, मधेश,…

Read More

काठमाडौं । काठमाडौंमा पर्यटक बसपार्क बनाउनका लागि छलफल अघि बढेको छ । पशुपति क्षेत्र विकास कोषसँग पर्यटक बसपार्क बनाउने र पशुपतिबाट नै पर्यटक बस छुट्ने गरी व्यवस्था गर्न छलफल चलिरहेको नेपाल एसोसिएसन टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले जनाएको छ । टुरिष्ट बस एसोसिएसन अफ नेपाल (टिवान)ले मंगलबार नाट्टाका नवनिर्वाचित पदाधिकारी तथा सदस्यको सम्मानमा आयोजना गरेको ‘बधाई तथा सम्मान’ कार्यक्रममा नाट्टाका अध्यक्ष कुमारमणि थपलियाले यस्तो बताएका हुन् । अहिलेसम्म निजी कम्पनीले आफ्नो अनुकूल बस पार्क गर्दै आएका छन् । अब भने पहिलो पटक काठमाडौंमा पर्यटक बसपार्क बनाउन लागिएको हो । पछिल्लो समय पर्यटक बसको टिकटका लागि प्रविधिको प्रयोगलाई अगाडि बढाएको भन्दै…

Read More

काठमाडौं । चन्द्रागिरि नगरपालिकाले पालिका भित्रका दुई सहकारी संस्थामा सदस्य नबन्न र नबनाउन सम्पूर्ण सहकारी संस्थालाई निर्देशन दिएको छ । असार ९ गते एक सूचना जारी गर्दै केन्द्रीय सहकारी विभागको निर्देशन बमोजिम दुई संस्थामा सदस्य नबन्न निर्देशन दिएको हो । आइतबार एक सूचना जारी गर्दै नगरको आर्थिक विकास शाखाले सहकारीको विभागको जेठ ३१ गतेको सूचना बमोजीम एक स्थानीय तहको समान प्रकृतिका एक भन्दा बढी संस्थाको सदस्य रहेको भए आफूले छनौट गरेको कुनै एक मात्र सहकारी संस्थाको सदस्यता कायम राखी अन्य सहकारी संस्था वा संस्थाहरूको सदस्यता अन्त्य गर्न अनुरोध गरेको हो । यस्तो छ चन्द्रागिरिले निर्देशन दिन आधार मानेको सहकारी विभागको…

Read More

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले असारभित्रै महासमितिको प्रतिवेदन टुङ्ग्याएर विधान संशोधनको काम अघि बढ्ने दाबी गरेका छन् । मंगलबार नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासङ्घको प्रथम राष्ट्रिय महाधिवेशन उद्घाटन कार्यक्रममा बोल्दै महामन्त्री थापाले असारभित्र पार्टी केन्द्रीय समितिको बैठक बसी महासमितिका प्रतिवेदन टुङ्ग्याउने र विधान संशोधनको काम अघि बढ्ने बताएका हुन् । उनले यो संसद्को बाँकी अवधि कांग्रेसले सत्तातिर हेर्न नहुने भन्दै पार्टी निर्माणमा लाग्नुपर्नेमा जोड दिए । २०८४ को निर्वाचनमा २०४८ जस्तै ४० प्रतिशत मतसहित बहुमत ल्याउने गरी लाग्न पनि सबै कार्यकर्तालाई उनले निर्देशन दिए । महामन्त्री थापाले एक सय ६५ प्रत्यक्ष निर्वाचन क्षेत्रमध्ये एक सय क्षेत्र जित्ने गरी…

Read More

काठमाडौं । सोमबारदेखि मेलम्ची खानेपानी आयोजना बन्द भएपछि आजबाट सापटी लिएको धाप ड्यामको पानी वितरण कार्य सुरु भएको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेडका अनुसार दैनिक ४ करोड पानी गोकर्णेश्वर नगरपालिकाको १ नं वडामा पर्ने धाप ड्यामबाट वितरण गर्न थालिएको हो । सिन्धुपाल्चोकको अम्बाथानस्थित मेलम्ची खानेपानी आयोजना मनसुनजन्य विपत्तिबाट जोगाउन हिजोबाट आयोजना बन्द गरिएको हो । बागमती सभ्यता–एकीकृत विकास समिति र काठमाडौं उपत्यका खानेपानी लिमिटेडबीच भएको सहमतिबमोजिम मंगलबारबाट पानी वितरण सुरु भएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका प्रवक्ता प्रकाशकुमार राईले जानकारी दिए। । उनका अनुसार काठमाडौंमा दैनिक ४३ करोड खानेपानी माग छ । माथिल्लो तटिय क्षेत्रमा पानी परिरहेको र अघिल्ला वर्षमा…

Read More

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले १५ वटा माध्यम तोकेर एसईई परीक्षाको नतिजा हेर्न सकिने बताएको छ । मंगलबार एक सूचना जारी गरी ५ वटा एमएमएस र आईभीआरसँगै १० वटा वेभसाइटबाट नतिजा हेर्न सकिने बोर्डले जनाएको छ । सूचनामा एसईई परीक्षा कहिले हुन्छ भनेर उल्लेख गरेको छैन । तर बोर्डका अधिकारीहरुका अनुसार आगामी बिहीबारसम्म नतिजा आउने सम्भावना रहेको छ । नतिजा हेर्न सक्ने माध्यमहरु निम्नानुसार छन्ः

Read More

काठमाडौं । म‌ंगलबार दिउँसो एक महिला आत्महत्या गर्ने भन्दै माइतीघर मण्डलाको पोलमा चढिन् । नजिकै ड्युटीमा खटिएका प्रहरी जवानहरूले समयमा उनको उद्दार गरेपछि कुनै अप्रिय घटना घट्न त पाएन । अहिले प्रहरीले उनलाई स्वास्थ्य उपचारको लागि वीर अस्पतालमा लगेको छ । आफ्ना पूर्वपतिले जबर्जस्ती शारीरिक सम्बन्ध राखेको भन्दै उनले आत्महत्या गर्न लागेको बताएकी छन् । तर प्रहरीका अनुसार उनले जसलाई जबर्जस्ती गरेको आरोप लगाएकी छन् ती पुरुष अहिले सोही मुद्दामा कारागार जीवन बिताइरहेकी छन् । आत्महत्या गर्न खोज्ने महिला हुन् आरती रावल । उनी न्यायाधीश भुवन गिरीकी पूर्व पत्नी हुन् । उनले यसअघि गिरीविरुद्ध मुद्दा दायर गरेपछि सर्वोच्च अदालतमा आत्मदाहको…

Read More

अमेरिकी जासुसीको आरोपमा जेलमा परेका विकिलिक्सका संस्थापक जुलियन असान्ज ५ वर्षपछि मंगलबार (जुन २५) लण्डन जेलबाट रिहा भएका छन् । उनले अमेरिकी सरकारसँगको सम्झौतामा जासुसी गरेको स्वीकार गरेका छन् । अमेरिकी जिल्ला अदालतका कागजातका अनुसार ५२ वर्षीय असान्जले अमेरिकासँग सम्झौता गरेका छन् । यसै अन्तर्गत उनी बुधबार अमेरिकाको साइपन अदालतमा हाजिर हुनेछन् । यहाँ उनले अमेरिकाको गुप्तचर कागजातहरू प्राप्त गर्न षड्यन्त्र गरेको आरोप स्वीकार गर्नेछन्। अपराध स्वीकार गरेपछि, असान्जलाई ६२ महिना (५ वर्ष २ महिना) जेल सजाय दिइनेछ, जुन उनले पहिले नै भुक्तान गरिसकेका छन्। जुलियनले हालसम्म बेलायती जेलमा १९०१ दिनको सजाय भोगिसकेका छन् । अमेरिकासँगको सम्झौतापछि उनलाई सोमबार बेलायतको…

Read More

काठमाडौं । सरकारले इजरायलमा काम गर्न जानका लागि ८०० जनाको आवेदन आह्वान गरेको छ । मंगलबार वैदेशिक रोजगार विभागले ५०० जना कामदारका लागि  ८०० जना योग्य उम्मेदवारको आवेदन आह्वान गरेको हो । विभागले जारी गरेको सूचना अनुसार उनीहरुका लागि मासिक ९५ हजार ८८० सेकेल इजरायली मुद्रा० यो नेपाली २ लाख १० हजार रुपैयाँभन्दा बढी न्यूनतम तलबमा काम दिइने छ । यो कामको लागि ५ वर्षसम्मको करार थप गर्न सकिने व्यवस्था विभागले सुनाएको छ । हुन आउँछ । सुरुमा एक वर्ष र बढीमा ५ वर्ष करार अवधि थप्न सकिने विभागले जनाएको छ । हेर्नुहोस् विभागले जारी गरेको विज्ञापन

Read More

काठमाडौं । प्रतिनिधि सभाको सोमबारको बैठकमा विनियोजन विधेयकको गृह मन्त्रालयको विषयमा उठेका प्रश्नको उत्तर दिनका लागि सभामुख देवराज घिमिरेले गृहमन्त्री रवि लामिछानेलाई समय दिएका थिए । यसअघि सय दिनमा बलियो मुटु भएका व्यक्तिले तीन वटा फाइल खोल्यो भने सबै नेताहरु जेलमा जाने भनेर चर्काे भाषण गरेका उनले गृह मन्त्रालय सम्हालेको १०० दिन पुगिसकेको छ । तर सय दिनसम्मको समयमा कुनै पनि उल्लेखनीय काम गर्न नसकेका उनीमाथि संसद्मा नै फाइल किन नखोलेको भन्दै प्रश्न उठेको थियो । त्यसको जवाफमा उनले सानातिना टुक्रे फाइल खोलेको देखाएर ठूला नेता समेटिएको मुद्दा भने अधिकारसम्पन्न आयोगमार्फत् अध्ययन गराउने तयारीमा रहेको भन्दै उधारो योजना सुनाए ।…

Read More

काठमाडौं । काठमाडौं महानगरपालिकाले दुई घण्टासम्म पार्किङ शुल्क नलाग्ने व्यवस्थासहितको आर्थिक ऐन प्रस्ताव गरेको छ । जुनसुकै पार्किङ स्थलमा पनि पहिलो  दुई घण्टासम्म निशुल्क र त्यसपछि प्रत्येक ३० मिनेटको २५ रूपैयाँ शुल्क लाग्ने बताइएको छ । प्रस्तावित आर्थिक ऐन अनुसार यो व्यवस्था सबै सवारीको हकमा कायम रहने उल्लेख छ ।  पहिलो दुई घण्टापछिको दुई पांग्रेका लागि पहिलो ३० मिनेट २५ र चारपांग्रेका लागि ५० रुपैयाँ तोकिएको छ। अपांगता भएका व्यक्तिको सवारी साधन शुल्क नलाग्ने प्रस्ताव गरेको छ।

Read More

काठमाडौं । भारत आईसीसी टी २० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार अस्ट्रेलियालाई २१ रनले पराजित गर्दै विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको हो । सुपर ८ अन्तर्गत आफ्नो अन्तिम खेलमा पनि अपराजित रहेसँगै भारत अपराजित यात्रासँगै  अन्तिम चारमा प्रवेश गरेको हो । अफगानिस्तान पराजित भएको अवस्थामा अस्ट्रेलिया, बंगलादेश र अफगानिस्तानको समान २ अंक हुनेछ। यस्तोमा नेट रनरेटका आधारमा समूहको  दोस्रो स्थानमा रहने टोली सेमिफाइनलमा पुग्नेछ। आजै हुने सुपर ८ को अन्तिम खेलमा अफगानिस्तानले बंगलादेशविरुद्ध जित निकाले दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा पुग्नेछ।

Read More

काठमाडौं । काठमाडौं महानगरपालिकाले २५ अर्ब ७० करोडको बजेट ल्याएको छ । सोमबार महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले आगामी आर्थिक वर्ष २०८१र८२ को लागि सञ्चित कोषको २४ अर्ब २० करोड ६३ लाख र जग्गा एकीकरणबाट एक अर्ब ५० करोड आम्दानी हुने लक्ष्यसहितको बजेट पेस गरेकी हुन् । पालिकाले कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चमा ३ अर्ब ४९ करोड ४५ लाख विनियोजन गरेको छ । पूर्वाधार विकासमा १४ अर्ब ८१ करोड, सामाजिक विकासतर्फ ३ अर्ब ८१ करोड, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रको लागि १ अर्ब ८९ करोड बजेट विनियोजन भएको छ । आर्थिक विकास क्षेत्रका कार्यक्रमका लागि १९ करोड ९ लाख रुपैयाँ, कार्यालय सञ्चालन…

Read More

काठमाडौ‌‌ ।  नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी, समाज र देशका लागि योगदान गरेका पुराना नेता, कार्यकर्ताको इतिहास खोजी गरिने बताए। नन्दप्रसाद जानुका फाउण्डेशनले आज यहाँ आयोजना गरेको ‘कर्मयोगी नन्दप्रसाद शिवाकोटी माइला दाइ’ स्मृति ग्रन्थ विमोचन समारोहमा महामन्त्री थापाले महासमिति बैठकले प्रस्ताव पारित गरिसकेकाले अब केन्द्रीय समितिबाट निर्णय गरी देश र समाजका लागि काम गरेका देशभरका पार्टी नेता तथा कार्यकर्ताको इतिहास सङ्कलन गरिने  बताए । उनले यस कार्यले पार्टीभित्र शुद्धिकरणका लागि पनि काम गर्ने धारणा राखे । “समाजलाई डो¥याउनका लागि हाम्रा नेता तथा कार्यकर्ताले खेलेका भूमिका र उनीहरुको सम्मानका लागि पनि इतिहासको खोजी जरुरी छ । नेताले चुनाव जित्ने तर…

Read More