काठमाडौं खबर असार ११, २०८१
काठमाडौं । काठमाडौं महानगरपालिकाले दुई घण्टासम्म पार्किङ शुल्क नलाग्ने व्यवस्थासहितको आर्थिक ऐन प्रस्ताव गरेको छ । जुनसुकै पार्किङ स्थलमा पनि पहिलो दुई घण्टासम्म निशुल्क र त्यसपछि प्रत्येक ३० मिनेटको २५ रूपैयाँ शुल्क लाग्ने बताइएको छ ।
प्रस्तावित आर्थिक ऐन अनुसार यो व्यवस्था सबै सवारीको हकमा कायम रहने उल्लेख छ । पहिलो दुई घण्टापछिको दुई पांग्रेका लागि पहिलो ३० मिनेट २५ र चारपांग्रेका लागि ५० रुपैयाँ तोकिएको छ।
अपांगता भएका व्यक्तिको सवारी साधन शुल्क नलाग्ने प्रस्ताव गरेको छ।