Author: Kathmandu Khabar

काठमाडौं । आजकाल तारेभीर चिनिने विषयसँग तारेभीर महोत्सव जोडिएको छ । हरेक सालजस्तै यो वर्ष पनि तारेभीरमा महोत्सव भनिने एउटा कार्यक्रम भयो । माघ एक गते भएको तारेभीर महोत्सवको केही दिनपछि माघ २२ गतेदेखि तारेभीरकी एक अबोध बालिका हराइन् । बिहानै बुढानीलकण्ठस्थित बुढानीलकण्ठ उच्चमाविमा पढ्न आउने सुष्मा तामाङको लाससँगै स्कूल ड्रेस थियो भने लास निर्वस्त्र भेटिएको थियो ।  उनको लास टाइले घाँटी कसेको तथा हात र खुट्टा बाँधिएको अबस्थामा लास भेटिएको हो । कक्षा ११ पढ़ने सुष्मा तामाङको मृत्यूको कारण पत्ता लागेको छैन । तर उनी हराएको एक महिनापछि तारेभीरकै खोला नजिक हातखुट्टा बाँधेर पुरेर राखिएको अबस्थामा लास भेटिएको हो…

Read More

काठमाडौ । बिदेश पढ्न जाने बिद्यार्थीहरुका लागि शैक्षिक परामर्श दिने एजुकेशन कन्सल्टेन्सीको भीडमा द बेद ईन्टरनेश्नल एजुकेशन कन्सल्टेन्सी प्रख्यात मानिन्छ । न्युनतम मूल्यमा सुलभ सेवा दिँदै देशभरका बिद्यार्थीहरुको मन जित्न सफल बेद ईन्टरनेश्नल एजुकेशन कन्सल्टेन्सीले उत्कृष्ट परिचय बनाएको छ । बेदको आयोजना र स्टडि ग्रुपको सहकार्यमा यहि फाल्गुन २९ गते बाहिरबाट पढ्न जाने बिद्यार्थीका लागि बिशेष उपयोगी कार्यक्रम मार्च टु युके एक्स्पो सञ्चालन गर्ने भएको छ । एक्स्पो काठमाडौस्थित आफ्नै केन्द्रिय कार्यालय डिल्लिबजारमा बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म हुनेछ  । बेद ईन्टरनेश्नल एजुकेशन कन्सल्टेन्सीको आयोजना तथा स्टडि गु्रपको सह आयोजनामा सञ्चालन हुने उक्त १ दिने शैक्षिक परामर्स कार्यक्रममा युकेका…

Read More

भैरहवा । रूपन्देहीको तिलोत्तमामा निर्माण गरिएको एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको उद्घाटन गरिएको छ। लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले मैदानको उद्घाटन गरेका हुन्। अस्ट्रेलियामा व्यवसाय गर्दै आएका विनोद कुँवरले निजी लगानीमा मैदान निर्माण गरेका हुन्। पहिलो चरणमा मैदान निर्माण गरिएको छ। सो मैदानको निर्माणसँगै आज तिलोत्तमा लिजेन्ट्स कप आयोजना गरिएको छ। टी-२० फर्म्याटमा चार वटा टिमहरूले खेल्दैछन्। जसमा १९९६ लिजेन्ट्स, २०१४ वर्ल्ड कप लिजेन्ट्स, रेस्ट अफ  नेपाल र रूपन्देही लिजेन्ट्स रहेका छन्। रंगशालाको कुल लगानी ३० करोड माथि रहेको छ। पहिलो चरणमा मैदान निर्माण गर्नका लागि १२ करोड खर्च गरिएको छ। थप लगानीमा मैदानको प्यारापिट निर्माण हुनेछ।

Read More

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का कार्यसम्पादन समिति सदस्य ठाकुरमोहन श्रेष्ठले पार्टीका महामन्त्री विक्रम पाण्डेविरुद्ध प्रहरीमा जाहेरी दिएका छन् । पार्टी कार्यालयभित्रै सांघातिक आक्रमणमा परेका पूर्वएआईजी समेत रहेका श्रेष्ठले पार्टी महामन्त्री पाण्डेको योजनामा आफूमाथि आक्रमण गरिएको भन्दै पाँच जनाविरुद्ध प्रहरी वृत महाराजगञ्जमा उजुरी दिएका हुन् । जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी भूपेन्द्र खत्रीले घटनाबारे अनुसन्धान गर्न सिसिटिभी फुटेज संकलन गरिएको बताए । आइतबार कार्यसम्पादन समितिको बैठकमा पाण्डे र श्रेष्ठबीच व्यक्तिगत स्तरमै झरेर चर्काचर्की भएको थियो । त्यसपछि बिहान बैठकपछि खाना खान निस्कने क्रममा ठाकुरमोहनमाथि आक्रमण भएको थियो । आक्रमणको पछिल्लो दृष्य सञ्चारमाध्यम लाइभमा समेत कैद भएको थियो । उक्त लाइभमा…

Read More

दुबई । गत साता यूएईको मौसम अनुमान शाखा (राष्ट्रिय मौसम विज्ञान केन्द्र) ले शुक्रबार बेलुकीदेखि ३ दिनसम्म लगातर मौसम परिवर्तन भई पानी पर्ने, बादल लाग्ने र हावा चल्ने प्रक्षेपण गर्‍यो। नभन्दै शुक्रबार रातिदेखि दुबईलगायत यूएईका प्रायः सबै सहरहरूमा ठूलो मात्रामा वर्षा भयो। पानीले सडक भरिँदा यातायात आवागमन प्रभावित बनेको छ। हवाई धावनमार्गमा पानी जमेकाले हवाई उडानमा पनि कठिनाइ भएको छ। दुबईमा मात्र ६ घण्टाको अवधिमा २ इन्च अर्थात् ५० मिलिमिटरसम्म पानी पर्‍यो। जब कि पछिल्लो तथ्यांकअनुसार पूरै देशमा वर्षभरिमा औसत ४.५ इन्च अर्थात् १२० मिलिलिटर पानी पर्छ। त्यसैले शनिबार अचाक्लीकै पानी परेको थियो। दुबई विकासको लोभलाग्दो उदाहरण हो। यसले विज्ञानको…

Read More

काठमाडौं ।  शेर्पा समुदायले सोमबार ग्याल्पो ल्होसार मनाउँदैछ। हिमाली क्षेत्र मूल थलो भएका शेर्पा समुदायले नयाँ वर्षको रूपमा प्रत्येक वर्ष फाल्गुन शुक्ल प्रतिपदामा यो पर्व मनाउँछ । सोमवार २१५१ औँ ग्याल्पो ल्होसार हो। गाई वर्ग (वर्ष) पूरा भई बाघ वर्ष शुरु भएको छ। यो ल्होसारलाई मुसा, गाई, बाघ, खरायो, मेघ, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा विभाजन गरिएको छ। ग्याल्पो ल्होसार भोटका नवौँ राजा उदे गुङ्ग्यालका पालादेखि वसन्त पर्वका रूपमा मनाउन शुरु गरिएको बताइन्छ। समयक्रममा ग्याल्पो ल्होसार नामकरण भएको अनुसन्धाता बताउँछन्। शेर्पा समुदायमा ल्होसार तीन दिन मनाइन्छ। पहिलो दिन बिहान सबेरै उठेर घरमा पूजापाठ गरी…

Read More

काठमाडौं । बेइजिङको प्रभावमा नेपामलमा नयाँ गठबन्धन बनेको आरोपका बीच नयाँ गठबन्धन सरकार बनेपछि वेइजिङबाट पहिलो भ्रमण टोली काठमाडौं आइसकेको छ  । चिनियाँ जनमुक्ति सेनाको अन्तर्राष्ट्रिय मेलिटरी कोअपरेसन अफिसका उपप्रमुख उपरथी चाङ बाओक्वानको नेतृत्वमा एक टोली शनिबार काठमाडौं आएको हो ।उक्त टोली आइतबार सैनिक मुख्यालय जंगी अड्डा पुगेर भेटवार्ता गरेको छ । उपरथी चाङले प्रधानसेनापति प्रभुराम शर्मासँग उनकै कार्यकक्षमा शिष्टाचार भेटवार्ता गरे । भेटवार्तामा दुई छिमेकी देशहरुका साथै नेपाली सेना र चिनियाँ जनमुक्ति सेना बीच रहिआएको सम्बन्धका विविध पक्षहरु एवं आपसी चासोका विषयहरुमा छलफल भएको नेपाली सेनाले जनाएको छ ।सेनाको अनुसार नेपाल भ्रमणमा आएको उक्त चिनियाँ टोलीले काठमाडौं, लुम्बिनी तथा पोखराका विभिन्न सांस्कृति…

Read More

पहिले-पहिले परालको गुन्द्री नभएको घर नै हुँदैन थियो । पछिल्लो समय गुन्द्री बिरलै देख्न पाइन्छ । कात्तिकमा धान काटेपछि अलि लामो पराल छुट्याएर गुन्द्री बुन्ने चलन गाउँघरमा अझै पनि कहीँकतै छँदैछ । परालको गुन्द्री वर्षभरि ओछ्याउन, बस्न, अन्न सुकाउन, गाईवस्तुलाई गोठमा बार लगाउन र आफन्तलाई उपहार दिन बढी प्रयोग गरिँदै आएको हो । न्यानो र स्वस्थकर मानिने यस्ता गुन्द्री  प्रयोग भने हिजोआज घट्दै गएको छ । गाउँमा कहीँकतै गुन्द्रीका तान देख्दा नयाँ पुस्तालाई नौलो लाग्न थालेको छ । बाबियो वा जुटको डोरीको तानमा पराल मिलाएर राखेपछि एक-दुई दिनमै तयार हुने गुन्द्री अहिले कमै मात्रामा पाइन्छ । गाउँ-गाउँमा सिमेन्टेड पक्की घर…

Read More

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले राष्ट्रियसभा अध्यक्षको उमेदवार चयन गरेको छ । बालुवाटारमा आइतबार बसेको पदाधिकारी बैठकले मनोनीत राष्ट्रियसभा सदस्य नारायण दाहाललाई उमेदवार बनाउने निणर्य गरेको महासचिव देव गुरुङले जानकारी दिए । दाहाल पार्टीका स्थायी कमिटी सदस्य हुन् । उनी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का भाइ नाता पर्ने व्यक्ति हुन् । दाहाल ०७८ फागुन २५ गते राष्ट्रियसभामा मनोनीत भएका थिए । उनको कार्यकाल अब चार वर्ष बाँकी छ । सत्ता गठबन्धनको सहमति अनुसार अध्यक्षमा माओवादी र उपाध्यक्षमा एमालेले पाउने उल्लेख छ । सोही अनुसार माओवादीले अध्यक्ष उमेदवार टुंग्याएको हो । राष्ट्रियसभा अध्यक्षको मनोनय सोमबार दर्ता हुँदै छ । मंगलबार निर्वाचन हुँदै छ ।

Read More

काठमाडौं ।  प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आगामी २९ गते हुने राष्ट्रियसभा अध्यक्ष पदको उम्मेदवार चयन गरेको छ।आइतबार बसेको संसदीय दल कार्यसमितिको बैठकले लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित बाँकेका युवराज शर्मालाई अध्यक्षको उम्मेदवार बनाउने निणर्य गरेको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले बताए। शर्मा २०७८ सालमा राष्ट्रियसभा सदस्य निर्वाचित भएका थिए। शर्मालाई त्यसबेला कांग्रेसले लामो समयपछि न्याय दिएको थियो।  शर्मा यसअघि २०४५ देखि २०४९ सम्म बाँके कांग्रेस सभापति भएका थिए। पञ्चायतविरोधी आन्दोलनमा होमिएका उनी २०२४ सालमा पहिलोपटक जेल गएका थिए। उनी त्यसपछि  पटक पटक जेल परे। कांग्रेसले यसअघि पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई राष्ट्रिय सभाको उम्मेदवार बनाउने कुरा आएको थियो।  तर नेकपा माओवादी केन्द्रले गठबन्धन बदलेसँगै शर्मा अध्यक्षका…

Read More

काठमाडौं । काठमाडौंको टेकु दोभान देखि थापाथली सम्म रहेका पुरातात्त्विक महत्वका काठ जलाइएको छ। काठमाडौं महानगरपालिकाको वडा ११ र १२ मा निर्माणाधीन २८ वटा सत्तल, मन्दिर आदीका पुरातात्त्विक काठहरू लघुवित्त पीडितहरूले जलाएर खाना पकाइरहेका छन् । फागुन ५ गते देशभरका लघुवित्त तथा वित्तीय पीडितहरू काठमाडौँमा लघुवित्त तथा वित्तीय शोषण विरुद्ध काठमाडौं आइपुगेका थिए। उनीहरूलाई तीनकुने राखिने भनिए पनि जिल्ला प्रशासन कार्यालयले गौशाला स्थित सिफलमा राखिएकोले गत हप्ता मात्र शिवरात्रिमा सिफलबाट थापाथली स्थित कालमोचन घाटमा सारिएको थियो। गुठी संस्थान अन्तर्गत पर्ने उक्त क्षेत्र भूकम्पले भत्काए पछि एकीकृत अधिकार सम्पन्न बागमती सभ्यता अभियान मार्फत एसियाली विकास बैकको ऋणबाट निर्माणाधीन छ।  उक्त स्थानमा…

Read More

काठमाडौं  । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले निर्वाचन प्रणाली बदल्नुपर्ने पनि बताएका छन् । ‘काम गर्ने बेला हाम्रो ध्यान र ऊर्जा सरकार टिकाउन, बदल्न र खेल खेल्नमा समय गएको छ,’ उनले भन्दै थापाले चुनावअघि अब कसैले पनि गठबन्धन गर्ने कल्पना नगर्ने बताएका छन् । पार्टीहरू मिलेर चुनावमा जाने र कसले कसलाई कतिबेला धोका दिने टुंगो नहुने देखिएकोले अब कसैले गठबन्धन नगर्ने उनको भनाइ थियो। ‘हामीले केही दिनअगाडि नेपालको राजनीतिमा अर्को एउटा ठूलो परिवर्तन देख्यौं। यसको अन्तर्यमा के छ भन्ने कुरा खुल्दै जाला,’ गोदावरी नगरपालिकाको स्थापना दिवसका अवसरमा आइतबार भएको कार्यक्रममा महामन्त्री थापाले भने, ‘एउटा कुराचाहिँ मलाई खुसी लागेको छ। चुनावभन्दा अगाडि, पार्टीहरू…

Read More

काठमाडौं/ विचार/ अमृता अनमोल नेपाल प्रहरीको साइबर ब्युरोको तथ्याङ्क भन्छ, ‘पछिल्लो पाँच वर्षमा साइबर हिंसा अर्थात अनलाइन अपराधका घटना छ गुणाले वृद्धि भएको छ ।’ हुन पनि प्रहरीमा दैनिक डेढ सयका हाराहारीमा अनलाइन हिंसाका उजुरी पुगेका छन् । आर्थिक वर्ष २०७६/७७ मा प्रहरीको साइबर ब्युरोमा दुई हजार तीन सय एक निवेदन आएका थिए । यो सङ्ख्या बढेर गत आर्थिक वर्ष २०७९/८० मा नौ हजार १३ निवेदन परे । सबैभन्दा धेरै अनलाइन हिंसामा महिला र बालबालिकामाथि भएका उजुरी छन् । महिला बालबालिकाका धेरै उजुरीमा जिस्काउने, प्रेम प्रस्ताव वा यौन प्रस्ताव नमान्दा धम्काउने, नग्न तस्बिरमा व्यक्तिको मुहार जोडी अनलाइनमा राख्ने, अश्लील फोटो…

Read More

भक्तपुर । चाँगुनारायण नगरपालिका वडा नम्वर ४ मा बन्ने भनेको खेल मैदानले आगामी वर्ष देखि रूप लिने चाँगुनारायण नगरपालिकाका उपप्रमुख रमेश बुढाथोकीले बताएका छन् ।  भक्तपुरबाट एक दर्जन भन्दा बढी बेसबलका खेलाडी उत्पादन गर्ने राईजिङ्ग स्टार्स बेसबल क्लबको प्रथम साधारण सभालाई सम्बोधन गर्दै उहाँले आगामी वर्षको बजेटमा खेल मैदानका लागि रकम विनियोजन तथा काम थालनी गर्ने बताएका हुन्  । खेल मैदान सम्म्याउन तथा उक्त स्थानको माटो बालुवा व्यवस्थापनका लागि अघिल्लो स्थानीय सरकारले टेन्डर गरे पनि उक्त समूहले समयमा काम गर्न नसक्दा विभिन्न आरोप प्रत्यारोप खेप्नु परेको बताउँदै अव उक्त आरोप प्रत्यारोप भन्दा पनि खेल मैदान बनाउन आफूहरू लागि पर्ने उनले…

Read More

गुजमुञ्ज घरहरु लहरै मिलेर बसेको गाउँ। जहाँ आजसम्म नयाँ आधुनिक भौतिक पूर्वाधार बनेका छैनन्। परम्परागत तरिकाले ढुङ्गाले छाएका घर रहेको कुइनेखानी आफैँमा सुन्दर गाउँको रुपमा परिचित छ। भौगोलिक रुपमा दुर्गम र सेवा सुविधाको अभाबले हिमाली गाउँको रुपमा चिनिने म्याग्दीको रघुगङ्गा गाउँपालिका-८ मा अवस्थित यो कुइनेखानी गाउँ रित्तिदै गएको छ। केही वर्ष अघिसम्म ९५ घरधुरीको बसोबास रहेको कुइनेखानीमा अहिले ४५ घरधुरीमा मात्रै बसोबास गर्दछन्। बसाइँसराइको कारण गाउँ युवाविहीन अवस्थामा पुग्न थालेको छ। गाउँमा मोटरबाटो पुगे पनि अन्य सुविधा पुग्न नसक्दा हरेक वर्ष गाउँबाट बसाइँ सर्ने बढेको स्थानीय टोल सुधार समितिका अध्यक्ष तुल छन्त्यालले बताए। ‘विकास भनेको यही मोटरबाटो हो, यो पनि…

Read More

काठमाडौं । पछिल्लो पाँच वर्षमा साइबर अपराधका घटना ६ गुणा बढीले वृद्धि भएको पाइएको छ । नेपाल प्रहरी प्रधान कार्यालय, साइबर ब्यूरोको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७६-७७ मा दुई हजार तीन सय १ निवेदन आएकामा चालु आवको फागुन २३ सम्म १२ हजार सात सय ८९ निवेदन प्रहरीकहाँ आएका हुन् । त्यस्तै आव २०७७-७८ मा तीन हजार नौ सय छ, आव २०७८-७९ मा चार हजार छ सय ८६ र आव २०७९-८० मा नौ हजार १३ निवेदन परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । चालु आर्थिक वर्षको फागुन २३ गतेसम्म अनलाइन माध्यमबाट पीडित बालकका एक सय ६४, बालिकाका दुई सय ४२, महिलाका पाँच…

Read More

जनकपुरधाम ।मिथिलाको महाकुम्भको रूपमा परिचित मिथिला माध्यमिकी परिक्रमा शुरु भएको छ। आइतबार बिहान धनुषाको  मिथिला बिहारी नगरपालिका-८ मा रहेको मिथिला बिहारी मन्दिरबाट भगवानको डोलासहित परिक्रमा शुरु भएको हो। मिथिला बिहारीको डोलासँगै मध्यमा परिक्रमाका लागि जनकपुरधामको हनुमान नगरमा श्रद्धालु जम्मा भएका छन्। मिथिला माहत्म्यका अनुसार मिथिलामा बृहत्, मध्यमा र अन्तरगृहसहित तीनवटा परिक्रमा हुन्छ। मध्यमा र अन्तरगृहमा लाखौँको सहभागिता हुने गरेको छ। नेपालको १०७  किलोमिटर र भारतको २६ किलोमिटरसहित कुल एक सय ३३ किलोमिटरको परिक्रमाको प्रारम्भ कलाणेश्वरबाट हुन्छ।  परिक्रमाको पहिलो दिन फाल्गुण शुक्ल प्रतिपदाका दिन भक्तजन कलाणेश्वर पुग्छन्। एकरात पहिले नै अमावस्या (औँसी) दिन जनकपुरको हनुमान नगरमा मिथिला बिहारीको डोलासँगै राति विश्राम गर्ने परम्परा छ।…

Read More

काठमाडौं । काठमाडौं चाबहिलका युवक आयुष शर्मा (नाम परिवर्तन) ले दुइ वर्षअघि साथीभाइसँग पहिलो पटक भेप (इ-सिगरेट) को सर्को ताने। त्यसपछि उनलाई भेपको लत बस्यो। अहिले उनी भेपको नियमित प्रयोगकर्ता हुन्। ‘सुरुमा स्वादका लागि तानेको थिएँ, अहिले बानी नै पर्‍यो,’ उनले भने।त्यस्तै काठमाडौं बानेश्वरका २३ वर्षीय सविन थापा (नाम परिवर्तन) ले कलेजमा पढ्दा लागेको चुरोटको लत छाड्न भेपको सहारा लिए। पछि उनी पनि त्यसकै लतमा परे। उनी अहिले चुरोट र भेप दुवै प्रयोग गर्छन्। सजिलै र थरीथरी स्वादमा भेप पाइन थालेपछि प्रयोग गर्ने युवाको संख्या बढ्दै गएको छ। ‘अनलाइनबाटै बिक्री गरेर दैनिक अढाई लाख नाफा हुन्छ,’ काठमाडौंका एक अनलाइन बिक्रेताले भने।…

Read More

काठमाडौँ । राजधानीको भृकुटीमण्डपमा मेगा सभा हल निर्माणका लागि काठमाडौँ महानगरपालिका जग्गाको खोजीमा छ । जग्गा प्राप्त नहुँदै नीति कार्यक्रममा राखेको सभा हल निर्माणको कार्यले गति लिन सकेको छैन ।काठमाडौँ महानगरले समाज कल्याण परिषद्को भृकुटीमण्डपस्थित जग्गामा सभा हल बनाउने प्रयास गरेको हो तर त्यसबारे परिषद्सँग कुरा मिल्न सकेको छैन । परिषद्ले जग्गा दिने विषयमा तत्काल निणर्य नहुने पनि जनाएको छ । त्यसैकारण महानगरको प्रयास चार वर्षदेखि सफल हुन सकेको छैन । समाज कल्याण परिषद्को स्वामित्वमा भृकुटीमण्डपको २१४ रोपनी जग्गा रहेको छ । सभा हल निर्माणका लागि आवश्यक जग्गा अधिग्रहण गर्न समाज कल्याण परिषद्सँग छलफल गरी प्रक्रिया अगाडि बढाउन महानगरको कार्यपालिकाले निणर्यसमेत गरिसकेको छ । काठमाडौँ महानगरपालिका, भौतिक…

Read More

काठमाडौं । टेरामक्स प्रविधि घोटाा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयान लिएका मुख्यसचिव अर्यालले अस्वभाविक रुपमा चलखेल गरेको आरोप लागेका नेपाल सरकारका मुख्यमन्त्री डा. बैकुण्ठप्रसाद अर्याललाई बर्खास्त गरिने सम्भावना बढेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले अर्याललाई हटाउने तयारी गरेका छन् । अर्यालले अटेरी गरेको भन्दै प्रधानमन्त्री दाहालले आज एक्शन लिने तयारी गरेको माओवादी केन्द्र स्रोतको दाबी छ । यसअघि उनलाई बिदामा बस्न भनेर प्रधानमन्त्रीले गरेको अनुरोधलाइ अर्यालले अटेरी गरेपछि अर्याललाई बर्खास्त नै गर्ने तयारी गरेका हो । बिदामा बस्न भनिएका अर्याल सिंहदरबार आएर हाजिरी गरेपछि खैलाबैला मच्चिएको थियो । अख्तियारले उक्त टेरामक्स प्रविधि घोटाला प्रकरणमा सोमबारसम्म मुद्दा दायर गर्न लागेको…

Read More

काठमाडौं । अख्तियारले उक्त टेरामक्स प्रविधि घोटाला प्रकरणमा सोमबारसम्म मुद्दा दायर गर्न लागेको छ । सो घोटालामा पूर्वमन्त्री मोहन बस्नेत, सांसद ज्ञानेन्द्रबहादुर कार्कीका साथमा मुख्यसचिव अर्याल पनि मुछिएका छन् । अख्तियारले उनीहरूमाथि समेत भ्रष्टाचार मुद्दा दायर गर्न लागेको छ । प्रधानमन्त्री दाहालले यसअघि कांग्रेससँगको सत्ता सहकार्य हुँदा स्वास्थ्यमन्त्री रहेका मोहन बस्नेतलाई समेत राजीनामा दिन भनेका थिए । तर, उनले पनि पार्टीभित्रको शक्तिको आड देखाएर बेवास्ता गरेका थिए । प्रधानमन्त्री दाहालले भने सत्ता सहकार्यको कांग्रेसको साथ छोडेर एमाले रोजेपछि बस्नेत प्रधानमन्त्री प्रचण्डको बर्खास्तीमा परेका हुन् । विवादित मन्त्रीको बारेमा संसद्मा समेत राजीनामाको माग उठेको थियो । अहिले विवादमा मुछिएका ती मन्त्रीहरुको जागिर…

Read More

काठमाडौं । कांग्रेस संसदीय दलका नेता एवं सभापति शेरबहादुर देउवाले सिटौलालाई शनिबार राष्ट्रिय सभा संसदीय दलको नेता चयन गरेका हु न्। संसदीय दलको विधानअनुसार, नेता चयन गरिएको कांग्रेस संसदीय दलको कार्यालयले जनाएको छ। संसदीय दलका नेताका निजी सचिव केशवराज जोशीले शनिबार जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘नेपाली कांग्रेस संसदीय दलको विधान (संशोधन तथा परिमार्जन सहित, २०७४) को धारा १२ को उपधारा १ बमोजिम राष्ट्रिय सभा सदस्य माननीय श्री कृष्णप्रसाद सिटौलाज्यूलाई राष्ट्रिय सभामा नेपाली कांग्रेस संसदीय दलको नेता पदमा मनोनयन गर्नु भएको छ।’ गत माघ ११ मा सम्पन्न निर्वाचनमा सिटौला राष्ट्रिय सभा सदस्यमा निर्वाचत भएका हुन्।

Read More

काठमाडौं । सेकुवा पारखीहरूका लागि बुढानीलकण्ठ गोल्फुटार चोकमा स्टार फुड एण्ड सेकुवा कर्नर खुलेको छ । फागुन २६ शनिवारदेखि सुरू भएको स्टार फुड एण्ड सेकुवा पुरानो तरेवा सेकुवा भएकै प्रपर्टीमा खोलिएको हो । सेकुवाका पारखीहरूका लागि भनेर विशेष महत्व दिएर सुरू गरिएको स्टार फुड एण्ड सेकुवामा इन्डियन, कन्टिनेन्टल तथा चाइनिज खानेकुरा एवम् कफिसपसमेत रहेको छ । मटन, चिकेन, पोर्क तथा वफ सेकुवाहरू केजीमा किनेरसमेत खान सकिने गरी खोलिएको रेष्टुरेन्टमा ओपनिङ डिस्काउन्ट ३ दिनका लागि २० प्रतिशत दिइएको लगानीकर्ताले बताएका छन् । ओपनिङको बेला भएर वफ, चिकेन तथा पोर्क सेकुवामा १० प्रतिशत डिस्काउन्ट दिइएको छ । स्टार फुड एण्ड सेकुवाभित्र राम्रो…

Read More

काठमाडौं । नेपाली कांग्रेससँगको सहकार्य तोड्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेसहितका दलसँग नयाँ सत्ता समीकरण गरेपछि कस्को इन्ट्रेस्टमा यस्तो भयो भन्नेबारे व्यापक चर्चापरिचर्चा भैरहेको छ । भारतीय मिडियादेखि नेपालका कतिपयले यो गठबन्धन चीनको चाहनामा भएको भनिरहेका छन् । यद्यपि नेपालका घटनाक्रमलाई दिल्ली र बेइजिङले नजिकबाट नियालिरहेको विज्ञहरूले जनाएका छन्। भारतका कतिपय मिडियाले खुलेर बेइजिङको इन्ट्रेस्टमा नेपालमा सरकार परिवर्तन भएको भनिरहेको बेला भारतका राजदुतले सरकार परिवर्तनको नेपालको आन्तरिक मामिला भनेर प्रतिक्रिय दिएका छन् । भारतका परराष्ट्र मामिलाका कतिपय जानकारहरूले नेपालले आफ्नो आर्थिक र सुरक्षा स्वार्थहरू दिल्लीसँग मिल्ने बुझ्दै गएको भए पनि पछिल्लो गठबन्धनलाई ध्यान दिँदै साउथ ब्लकले सुझबुझपूणर् कूटनीति अँगाल्नुपर्ने…

Read More

काठमाडौं । अनेक हन्डर भोगेका यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक नागरिकको व्यथा कहालीलाग्दो छ। जुन कमै मात्र सार्वजनिक हुने गरेका छन्। यस्तै व्यथा भोगेकी छन् तेस्रो लिङ्गी महिला माया गुरुङ्गले। उनले नेपालमा रोजगारीका अवसर नपाउँदा विदेश हानिनु पर्‍यो आज भन्दा १६ वर्ष अगाडी। कामको सिलसिलामा उनी खाडी मुलुक साउदी अरब पुगिन। अरू श्रमिक जस्तै समान काम गरिन, तर ज्याला समान पाउन सकिनन्। त्यति मात्रै होइन, फरक यौनिकता तथा लैङ्गिकता भएकै कारण कामबाट समेत निकालिनु पर्‍यो उनले। काम दिने कम्पनीका सञ्चालकले मात्रै होइन, उनको फरक लैङ्गिकतालाई लिएर सहकर्मी साथीबाट पटकपटक यौन दुर्व्यवहारको सिकार समेत बन्नु पर्‍यो। मालिकसँग रोइकराई गरेर लिएको पारिश्रमिक पाकिस्तानी…

Read More

गण्डकी । व्यावसायिक कृषि उत्पादनका लागि गण्डकी प्रदेशका छ वटा जिल्लाका २९ ठाउँमा जग्गा चक्लाबन्दी गरिएको छ । प्रदेश सरकार स्थापना भएयता कुल पाँच हजार चार सय ९६ खेतीयोग्य भूमिको चक्लाबन्दी गरिएको कृषि तथा भूमि व्यवस्था मन्त्रालयले जनाएको छ । मन्त्रालयको भूमि स्रोत नक्साङ्क महाशाखाका प्रमुख गङ्गालाल पोखरेलले कास्की, तनहुँ, बाग्लुङ, मुस्ताङ, स्याङ्जा र नवलपुरमा चक्लाबन्दी खेती शुरु गरिएको जानकारी दिनुभयो । गएको आर्थिक वर्षमा तनहुँ र नवलपुमा गरी पाँच सय ३२ रोपनी जग्गालाई चक्लाबन्दी गरिएकोमा चालु आर्थिक वर्षमा लमजुङ र गोरखाको पाँच सय रोपनीमा कार्यक्रम शुरु गरिने उनले बताए । महाशाखाका प्रमुख पोखरेलका अनुसार लमजुङ र गोरखामा जग्गा चक्लाबन्दीका…

Read More

काठमाडौँ । स्थानीय, प्रदेश र संघीय सरकारबीच प्राकृतिक श्रोतको बाँडफाँटमा गम्भीर समस्या देखिएको भन्दै जनप्रतिनिधिको एउटा अध्ययन प्रतिवेदनले यसलाई सच्याउन सुझाव दिएको छ ।  राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिले सात वटै प्रदेश र स्थानीय तहमा पुगेर अध्ययन गरी तयार पारेको ‘तहगत अनतरसम्वन्ध र समन्वय’ विषयक अध्ययन प्रतिवेदनले यो समस्या समाधान गर्न भनेको हो । समितिले यो प्रतिवेदन राष्ट्रिय सभामा पेश भइसकेको छ । प्रतिवेदनले स्थानीय तहको संख्या घटाएर वडाको संख्या बढाउने पुनर्संरचनागतदेखि अधिकार बाँडफाँटमा देखिएको अन्योल हटाउनेसम्मको सुझाव दिएको हो ।  प्रतिवेदनले प्राकृतिक श्रोतको बाँडफाँट गर्दा स्थानीय तहको अधिकार क्षेत्रमा जमिनलाई राखिएको, प्रदेशको अधिकार क्षेत्रमा जंगल राखिएको र संघको अधिकार…

Read More

काठमाडौं । नेपालमा कारागारको इतिहास १०० वर्षभन्दा पुरानो छ । विसं १९७१ सालमा पहिलो कारागारको रुपमा जैसी देवलको ‘सदरजेल’ स्थापना भएको हो ।  कारागरको व्यवस्था भए पनि २०१९ सालमा कारागारसम्बन्धी व्यवस्था गर्न कारागार ऐन, २०१९ निर्माण गरिएको थियो । हाल नेपालमा कारागार ऐन, २०७९ लागु  छ । हाल नेपालमा ५ जिल्लाबाहेक सबै जिल्लामा कारागार रहेका छन् । नेपालमा ७२ जिल्लामा ७४ वटा कारागारहरू रहेका छन् । साना क्षमताका नेपाली कारागारमा क्षमताभन्दा धेरै कैदीहरू रहेका छन् । दुर्गमका कतिपय कारागारमा त क्षमताभन्दा तीनगुना धेरै कैदीहरूको भनेर समाचारहरू प्रकाशित भैरहेका छन् । नेपालका कारागारहरूमध्ये काठमाडौँको सदर खोर जैसीदेवलमा तीन हजार ४७४ कैदीबन्दी रहेका छन्…

Read More

काठमाडौं । नेपाली कफीको अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेको छ। चालु वर्षको सात महिनाको अवधिमा नेपाली कफीको मूल्यमा बढेको छ । गत वर्ष औसत मूल्य प्रतिकेजी एक हजार ५२६ रूपैयाँ रहेको थियो। यो वर्ष औसत प्रतिकेजी निर्यात मूल्य एक हजार ५५६ रूपैयाँ पुगेको छ। कफीको मूल्य दुई प्रतिशतले मात्रै बढेको हो। कफीको मूल्य दुई प्रतिशतले बढे पनि समग्र निर्यात भने घटेको छ। नेपाली कफी भने विश्वका १८ वटा देशमा निर्यात भएको भन्सार विभागको तथ्यांक छ। छिमेकी देश भारतमा भने कफी निर्यात भएको छैन। सबभन्दा धेरै जापानमा एक करोड रूपैयाँ बराबर, नेदरल्यान्डमा ५४ लाख रूपैयाँ बराबर, अमेरिकामा १९ लाख रूपैयाँ बराबरको भएको…

Read More

काठमाडौं ।  नेकपा माअ‍ोवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसालले वर्तमान सत्तारुढ गठबन्धनमा विवादित मान्छे पनि भएकाले शुद्ध नभएको टिप्पणी गरेकी छिन् ।  शुक्रबार अखिल नेपाल महिला संघ (क्रान्तिकारी) ले ११४औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष भुसालले वर्तमान सत्तारुढ गठबन्धन शुद्ध नभएको बताएकी हुन् । उनले गठबन्धनमा विवादित मान्छे पनि भएको भन्दै बहुमत पुर्‍याउन विवादित मान्छेसँग गठबन्धन गर्नुपरेको बताइन् । उनले विवादित मान्छेमा कुनै कमजोरी देखिएमा छुट नदिने प्रतिबद्धता गरेर नयाँ गठबन्धन सरकार बनाइएको बताइन् । उपाध्यक्ष भुसालले सत्तारुढ गठबन्धनलाई विभिन्न विदेशीको कार्ड भनेर राष्ट्रिय, अन्तर्राष्ट्रिय रूपमा तरंगित गरिएको भन्दै गठबन्धन यहीका दल र नेताहरूले बनाएको बताइन्…

Read More