काठमाडौं । कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रलगायत कोशी क्षेत्रमा यस वर्ष चराको सङ्ख्या घटेको छ। चराको गुणस्तरीय बासस्थानको अभाव, बासस्थान क्षेत्रमा भइरहेका विकास निर्माण, खेतीबालीमा बढ्दो विषादिको प्रयोग र मानवीय क्रियाकलापले गर्दा चराका सङ्ख्या घटेको हो। मिड–विन्टर वाटर वर्ड सेन्सस २०२४ अन्तर्गत यस वर्ष कोशीटप्पु आरक्षलगायत कोशी नदी क्षेत्रमा गरिएको गणनामा यस वर्ष ५३ प्रजातिका पाँच हजार पाँच सय २७ को सङ्ख्यामा चरा फेला परेको छ। गत वर्ष ५६ प्रजातिका सात हजार पाँच सय ७३ चरा रहेको तथ्याङ्क रहेको छ। बर्सेनि नयाँ–नयाँ प्रजातिका चरा आउने क्रम थपिए पनि यस वर्षको गणनामा चराको प्रजाति र सङ्ख्यामा कमी आएको राष्ट्रिय प्रकृति संरक्षण कोष कोशी…
Author: Kathmandu Khabar
काठमाडौं । बुढानीलकण्ठ वडा नं २ को कालिका पार्कमा पूणर्कदको धर्मेश्वर महादेव मन्दिर स्थापित गरिएको छ । स्थापित १३ फुट अग्लो महादेवको मूर्तिलाइ शिवरात्रीका दिन प्राण प्रतिष्ठा गरिने भएको छ । गो ल्फुटारमा रहेको खड्का पेट्रोल पम्मधनी अच्युत खड्काले निजी लागनीमा सो मन्दिर स्थापना गरेका हुन् । फागुन २५ गते परेको शिवरात्री पर्वको दिन बिहान ११ बजेबाट धर्मेश्वर महादेवको दर्शन गर्न सकिने कालिका पार्क समितिका अध्यक्ष शंकरप्रसाद गौतमले बाँडेको निमन्त्रणा पत्रमा जनाइएको छ ।
काठमाडौं । त्रिकोणात्मक टी-२० सिरिजको उपाधिका लागि आज नेपाल र नेदरल्यान्ड्स खेल्दै छन् । खेल टियु क्रिकेट मैदानमा मङ्गलवार बिहान साढे ११ बजेदेखि सुरु हुनेछ । नेदरल्यान्ड्स ४ खेलबाट ५ अंकका साथ शीर्ष स्थानमा रहँदै फाइनल यात्रा तय गर्दा नेपालले ४ खेलबाट ४ अंक जोड्दै फाइनल खेल्न लागेको हो । नामिबिया भने ४ खेलमा ३ अंकसहित बाहिरिएको हो । यो सिरिजमा नेपाल र नेदरल्यान्ड्सको तेस्रो भेट हो । पहिलो भेटमा नेदरल्यान्ड्स र दोस्रो भेटमा नेपाल विजयी भएको थियो । पहिलो भेटमा नेदरल्यान्ड्ससँग २ रनले पराजित भएको नेपालले दोस्रो भेटमा नेदरल्यान्ड्सलाई ६ विकेटले पराजित गरेको थियो । सुरुवाती दुई खेलमा पराजित…
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा एमालेसहितको गठबन्धनमा फर्किएपछि मन्त्रालय बाँडफाँटको जोड घटाउ सुरु भएको छ। २०७९ पुस १० मा बनेको एमालेसहितको गठबन्धन छाडेर २०७९ फागुनमा कांग्रेसलाई भित्र्याएपछि एक वर्ष सरकारको नेतृत्व गरेका प्रचण्डले फेरि कोल्टे फेरेका छन्।प्रचण्डले कोल्टे फेर्दा नागरिकता विवादमा गृहमन्त्री र सांसद पद पनि गुमाएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने फेरि मन्त्रीको दौडमा निस्किएका छन्। यस्तोमा एमाले र माओवादीसहित नयाँ गठबन्धनको वार्ता अघि बढिरहँदा रविले आफूलाई गृहमै फर्काइदिन प्रस्तावसमेत राखेका थिए। तर, यसपटक उनले गृह मन्त्रालय पाउने सम्भावना करिब सकिएको छ। रविले गृहमा अडान राखे पनि एमाले र माओवादी नेताहरूबीचको संवादमा उनलाई त्यो मन्त्रालय दिन सक्ने सम्भावना…
काठमाडौं । नयाँ गठबन्धन भित्रका दलहरूबीच गृह मन्त्रालय कसले लिने भन्नेमा विवाद देखिएको छ। नेकपा (एमाले) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गृह मन्त्रालय आफूहरूले नै पाउनुपर्ने अडान राखेका छन्। बालुवाटारमा आज बसेको गठबन्धन बैठकमा गृह मन्त्रालयमा एमाले र रास्वपाले दाबी गरेका हुन्। माओवादीले भने गृह मन्त्रालय आफूहरूले नलिने प्रष्ट पारेको थियो। एमाले र रास्वपाले गृहमा दाबी गरेपछि माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालले यो विषय छलफलबाट मिलाउन आग्रह गरेको बताइन्छ । रास्वपा सभापति गृह मन्त्रालय पाए आफू नै सरकारमा जाने तयारीमा रहेको स्रोतको दाबी छ। तर एमालेले गृह आफूहरूले पाउनुपर्ने बताइरहेको छ।नयाँ गठबन्धन दलबाट आज एक-एक जना मन्त्रीलाई शपथ खुवाउने तयारी…
काठमाडौं । चन्द्रागिरि नगरपालिकाले प्राथमिकतामा परेका विभिन्न दश आयुर्वेदिक जडीबुटीको उद्यान एवं प्रशोधन केन्द्र निर्माण गर्ने भएको छ । हाल नगरपालिकाले चन्द्रागिरि-८ मातातीर्थमा सञ्चालित मातातीर्थ आयुर्वेद औषधालयलाई १५ श्ययामा स्तरोन्नति गरिसकेको छ । नगरपालिकाले आफ्ना सामुदायिक वनभित्र रहेका आयुर्वेदिक प्रजाति सुगन्धवाला, चिराइतो, गुर्जो, तितेपाती, टिमुर, पाखानवेद, धासिङ्गरे, लौठसल्ला, पिपला र कौलोको संरक्षण, उपयोग एवं प्रवर्द्धन गर्न लागेको हो । यसका लागि नगरपालिकाले पहिलोपटक जडीबुटीको स्रोत सर्वेक्षण सम्पन्नसमेत गराएको छ । काठमाडौँ उपत्यकाभित्रका नगरपालिकामध्ये चन्द्रागिरिले सम्भवतः पहिलोपटक संघीय सरकारको ‘जडीबुटी सर्वेक्षण मार्गदर्शन २०१२’ अनुसार विज्ञ टोली मार्फत ‘चन्द्रागिरि नगर क्षेत्रभित्र रहेका औषधीय तथा सुगन्धित जडीबुटीको वैज्ञानिक अध्ययन तथा लगत संकलन सर्वेक्षण’ गराएको थियो । चन्द्रागिरिका १५ सामुदायिक वन मध्ये जडीबुटी क्षेत्र पहिचान…
काठमाडौं- नयाँ सत्ता गठबन्धनमा चारजना उपप्रधानमन्त्री हुने भएका छन्। सरकारमा सहभागी चार दल नेकपा माओवादी केन्द्र, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र जनता समाजवादी पार्टी (जसपा) बाट एक/एक जना उपप्रधानमन्त्री हुने समझदारी भएको हो। प्रधानमन्त्रीमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निरन्तरता पाउँदा उपमहासचिव वर्षमान पुन पहिलोपटक उपप्रधानमन्त्री हुने पक्का भएको छ। उनले अर्थ मन्त्रालयको जिम्मेवारी पाउने भएका छन्। पुन यसअघि पनि अर्थमन्त्री भएका थिए। त्यस्तै, जसपाबाट अध्यक्ष उपेन्द्र यादव उपप्रधानसहित परराष्ट्रमन्त्री हुने भएका छन्। उनी यसअघि दुईपटक परराष्ट्रमन्त्री भएका थिए। रास्वपामा सभापति रवि लामिछाने उपप्रधानमन्त्रीसहित सरकारमा जाने पक्का भएको छ। उनले गृहमन्त्रालय मागेका छन्। उता एमालेबाट उपाध्यक्ष विष्णु…
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सबै मन्त्री फिर्ता बोलाउने भएका छन्। मन्त्रीहरू फिर्ता बोलाउने विषयमा छलफल गर्न अहिले माओवादीको पदाधिकारी बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको छ। बैठकमा प्रधानमन्त्री प्रचण्डले अहिले सबै मन्त्रीहरूलाई फिर्ता बोलाउने जानकारी गराएका छन्। सरकारमा कांग्रेसका ९,माओवादी केन्द्रका ४ जना मन्त्री छन्। आज एमालेबाट प्रमुख सचेतक पदम गिरी सरकारमा जाने टुंगो लागिसकेको छ। माओवादी केन्द्र, रास्वपा र जसपाबाट एक/एक जना मन्त्री जाने तय भएपनि को जाने भन्ने बारेमा टुंगो लागिसकेको छैन। यद्यपि बालुवाटार स्रोतले दिएको जानकारी अनुसार जसपाबाट अध्यक्ष उपेन्द्र यादव र रास्वपाबाट सभापति रवि लामिछाने आफैं सरकारमा जाने तयारी गरेका छन्। माओवादी केन्द्रबाट भने उपमहासचिव वर्षमान पुन…
काठमाडौं । नेकपा एमाले माओवादीसँग सहकार्य गरेर सरकारमा जाने सहमत भएको छ । आज बिहान अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको आकस्मिक सचिवालय बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काङ्ग्रेससँगको सत्ता गठबन्धन टुटाए सहकार्यका लागि एमाले तयार रहेको एमाले श्रोतले बतायो ।
काठमाडौं । नेपालको निकासी सूचकांक निकै नै गयगुज्रेको मानिन्छ । यसैका कारण प्रत्येक वर्ष बढ्दो व्यापार घाटाको मार बेहोर्दै आएको छ। निर्यातजन्य बस्तुको अभावदेखि नेपालीको कृषि क्षेत्रमा देखिएको विकर्षणले नेपालको आफ्नो आर्थिक मेरुदण्डकै अभाव देखिएको बेलामा निकासीको सूचकांकले निराशामात्र बाँडिरहेको छ । व्यापार घाटाका हिसाबले मात्र हैन, भ्रष्टाचारले पनि उत्तिकै आक्रान्त छ मुलुक। दिनदहाडै विमानस्थलबाट सुन भित्रिन्छन्। लागुऔषधको कारोबार खुलेयाम हुन्छ। सरकारी आहरूमा घूस नदिइ काम हुन्न। हरेक क्षेत्र बिचौलियाका कारण ध्वस्त छ। प्रक्रियाका नाममा हुने चलखेलले सर्वसाधारण आक्रान्त छन्। कुनै पनि ठाउँमा नीति र कानुनले काम गरिरहेको छैन। यस्तो अवस्थाले चौतर्फी निराशा मात्र जन्माएको छ। त्यसैले सम्पूणर् नेपाली असफल…
काठमाडौं । सन् २०२४ फेब्रुअरीमा विभिन्न देशबाट आउने पर्यटकको सङ्ख्या ३३ प्रतिशतले बढेको छ । पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सन् २०२३ को फेब्रुअरीमा ७३ हजार २५५ पर्यटक नेपाल भित्रिएका छन् । सन् २०२४ को सोही समयमा ९७ हजार ४२६ पर्यटक नेपाल भित्रिएका थिए । फेब्रुअरीमा सबैभन्दा बढी भारतबाट पर्यटक नेपाल भित्रिएका छन् । पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले भने, “गत वर्षको तुलनामा यस वर्ष नेपाल भित्रिने पर्यटकको सङ्ख्यामा सन्तोषजनक बढोत्तरी देखिन्छ । सन् २०१९ देखि लगातार सङ्कटमा रहेको पर्यटन क्षेत्रमा सन् २०२३ देखि क्रमिक सुधार हुँदै आए पनि यस वर्ष भारतीय पर्यटकको आगमन दरले थप सकारात्मकता देखाएको छ…
काठमाडौं । नेपालको पहिलो म्यारिअट ब्राण्डेड होटल फेयरफिल्ड वाई म्यारिअटले आफ्नो सातौं बार्षिकोत्सब मनाउँदैछ । स्थापनाको सात वर्षको अवधिमा फेयरफिल्ड काठमाडौंले न्यानो आथित्यताका साथमा पस्केको लक्जरी, आरामदायिता र साँस्कृतीक विविधताको अद्धितीय अनुभव गरेका हज्जारौँ स्वदेशी तथा विदेशी पर्यटकहरुले यस होटलको खुलेर प्रशंसा गर्दै आएको संस्थाले जनाएको छ ।काठमाडौं । नेपालको पहिलो म्यारिअट ब्राण्डेड होटल फेयरफिल्ड वाई म्यारिअटले आफ्नो सातौं बार्षिकोत्सब मनाउँदैछ । स्थापनाको सात वर्षको अवधिमा फेयरफिल्ड काठमाडौंले न्यानो आथित्यताका साथमा पस्केको लक्जरी, आरामदायिता र साँस्कृतीक विविधताको अद्धितीय अनुभव गरेका हज्जारौँ स्वदेशी तथा विदेशी पर्यटकहरुले यस होटलको खुलेर प्रशंसा गर्दै आएको संस्थाले जनाएको छ । एक विज्ञप्ति जारी गर्दै होटलले…
बेलौरी नगरपालिका-६ भुराकोटमा रहेको पुरैनी ताल संरक्षणको पर्खाइमा रहेको छ । पुरैनी ताललाई स्थानीयवासीले ‘चराको स्वर्ग’ भन्ने गरेका छन् । २९ बिघा क्षेत्रफलमा फैलिएको ताल वरिपरिको सीमसार क्षेत्रमा आहार खोज्दै गरेका चराहरू हेर्दै मोबाइलमा फोटो खिच्नेहरू पनि ताल क्षेत्रमा पुग्ने गर्दछन् । उत्तरी ध्रुवमा चिसो बढ्दै गएपछि आगन्तुक चराहरू घण्टौँ उडान गरी हिमाल छिचोल्दै ताल क्षेत्रमा पुग्ने गर्दछन् । कात्तिक महिनादेखि नै ताल क्षेत्रमा प्रवासी चराको चहलपहल शुरु हुने गरेको स्थानीयवासी वीरबहादुर रावलले बताउनुभयो । गर्मी हुने क्रमसँगै वैशाखदेखि भने प्रवासी चराहरू ताल छाडेर पुरानै बासस्थानमा फर्कने गर्दछन् ।सङ्कटापन्न सूचीमा रहेका मालक र नक्टा हाँसको सङ्ख्या ताल क्षेत्रमा सन्तोषजनक रहेको…
काठमाडौं । नेपाली समाज दिनदिनै आफ्नो संस्कार र संस्कृतिभन्दा पृथक पश्चिमा सोच शैली एवम् सामाजिक सन्जालग्रस्त मानसकितामा हिँडिरहेको छ । कुनै एक समय थियो नेपालमा डिभोर्स भन्ने कुनै विषय नै भेटिदैनथ्यो । तर अहिले सानो सानो निहुमा डिभोर्स हुने गरेको छ । सानो सानो कुरामा पतिपत्नीबीच बेमेल हुने बित्तिकै डिभोर्स फाइल गरिहाल्ने प्रवृत्तिले समाज रूग्ण र जीवनहीन बनिरहेको छ । कथित स्वतन्त्रताको हवाला दिएर हुने डिभोर्सको मारमा सन्तानहरू परिरहेका दर्जनौँ घटना परिघटना हाम्रा नजिकै भेटिन्छन् । विद्यालयको होस्टेलमा १३ वर्षीया बालिका शालीन पोखरेलको दुखद मृत्युले यही विषयको एउटा पाटो बनेको छ । शालीन ३ वर्षको उमेर हुँदादेखि नै शालीनका बाआमाको छुट्टिएका…
काठमाडौँ । अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी) ले नेपालमा गुणस्तरीय शिक्षामा पहुँच बढाउन करिब ११ अर्ब रुपैयाँसम्मको सहायता घोषणा गरेको छ । युएसएआइडीले विशेषतः सीमान्तकृत युवा तथा प्रारम्भिक कक्षाका विद्यार्थीप्रति केन्द्रित हुने गरी गुणस्तरीय शिक्षामा नेपालका बालबालिकाको पहुँच विस्तार गर्न पाँच वर्षको अवधिमा करिब ११ अर्ब रुपैयाँसम्मको सहायता प्रदान गर्ने उद्घोष गरेको हो । काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै युएसएआइडीको एसिया ब्युरो हेर्ने वरिष्ठ उपसहायक प्रमुख जेना सलाहीले उक्त सहायता रकम कोषको उपलब्धतामाथि निर्भर रहने बताए । यस सहायता विस्तारले नेपालका विकास लक्ष्यहरूप्रति नेपाल र अमेरिकाको साझा समर्पणलाई पुनः पुष्टि गर्दै दुई देशबिच विद्यमान साझेदारीलाई थप बलियो बनाएको उनको भनाइ छ…
काठमाडौँ । राजनीतिमा नयाँ तरंग आएको छ । सत्ता साझेदार नेपाली कांग्रेससँगबाट माओवादी केन्द्र विमुख हुँदै गएको देखिएको छ भने प्रमुख प्रतिपक्षी नेकपा एमालेबीचको दूरी क्रमशः घट्दै गएको छ। प्रमुख प्रतिपक्ष एमालेको ३ जना मन्त्री हटाउने माग र सभामुखले यसवारे प्रधानमन्त्रीलाई आएर जवाफ दिन फागुन २१ गतेसम्मका निम्ति दिएको म्यादका वीच बिहान ८ बजेलाई सत्ता गठबन्धनको बैठक डाकिएको छ । मन्त्रीहरु फेर्ने कि नफेर्ने तानातानवीच हिजो बेलुकी काङ्ग्रेस सभापति शेरबहादुर देउवाले आफ्ना दश जनै मन्त्रीहरूलाई बोलाएर एकसरो छलफल गरी नयाँ परिस्थितिका निम्ति तयार रहन निर्देशन दिएका छन् । देउवाले नयाँ परिस्थित भनेको मन्त्री पद जानसक्ने अबस्थामा तयार रहन मन्त्रीहरूलाई निर्देशन…
तनहुँको व्यास नगरपालिका-१४ स्थित प्रसिद्ध धार्मिकस्थल छाब्दी वाराही मन्दिरमा भक्तजनको घुइँचो । यहाँ विभिन्न जिल्लाबाट भक्तजन पूजाआजाका लागि आउने गर्छन् । रासस
काठमाडौं । चाबहिल जुत्ताचप्पल ब्यापार मेलाको अवधि थप गरिएको छ । चाबहिल जुत्ताचप्पल व्यापार मेलाका आयोजकले गत माघ १८ गतेदेखि सुरु भएको उक्त मेला ग्राहकहरुको आकर्षण देखिएकाले समयावधि थप गरेको छ । मेला फागुन २९ गतेसम्म जारी रहने भएको छ । स्वदेशी प्रतिष्ठित जुत्ताचप्पल उद्योगहरुको संयुक्त आयोजनामा मेला भइरहेको छ । १४ वटा कम्पनीका ३० ओटा ब्रान्डका जुत्ताचप्पलहरु मेलामा बिक्री तथा प्रदर्शनीमा राखिएका छन् । उक्त मेलामा ८ हजार मोडलका जुत्ताचप्पल उपलब्ध रहेको आयोजकले बताएको छ । मेलामा सहभागी भएर जुत्ताचप्पल खरिद गर्ने ग्राहकहरुले६० प्रतिशतसम्म छुट पाउने गरेका छन् । उत्पादक कम्पनीहरुले नै मेला आयोजना गरेकाले मूल्य सस्तो पर्ने भएकाले…
काठमाडौं : हिन्दु, बौद्ध, किराँत एकता सन्देशसहित काठमाडौंको पशुपतिमा विश्वशान्ति महायज्ञ सुरु भएको छ । हिन्दु, बौद्ध, किराँत तीनै धर्मका धर्मगुरुहरुका उपस्थितिका साथै धामीझाँक्री, कलशयात्रा, झाँकी प्रदर्शन र बाजागाजासहित पशुपतिनाथको मन्दिर परिक्रमा गरेर महायज्ञको सुरु गरिएको छ । हिन्दु धर्मका गुरुहरु खगेन्द्र पोखरेल, त्रिलोचन सुवेदी, वेदप्रसाद पोखरेल, नारद अधिकारी, तान्त्रिक गुरु सुनिल कुमार वैश्य, बौद्ध धर्मका गुरुहरु सङ्गे लामा साथै वाङ्छु लामा, पासाङ छिरिङ लामा, धावा वाङ्छु लामा, लावाङ लामा, नाम्से लामा, पासाङ लामा, राप्तेन लामा, निमा साङ्गे लामा लगायतको उपस्थिति रहेको थियो । त्यसैगरि किराँत धर्मका गुरुहरु हरि थक्लिहाङ, अलिस सेर्मा, हरि केरुङ, राजेन्द्र केरुङ, नर बहादुर अन्छेङ्वो लगायत…
काठमाडौं । वन्यजन्तुबारे जनचेतना फैलाउन प्रत्येक वर्ष मार्च ३ लाई वन्यजन्तु दिवसका रूपमा मनाइन्छ । खानेकुरा र औषधि बाहेक हामीले वन्यजन्तुबाट धेरै फाइदाहरू पाउँछौं । यसका साथै वन्यजन्तुले जलवायु सन्तुलित राख्न पनि मद्दत गर्छ । विश्व वन्यजन्तु दिवस हरेक वर्ष ३ मार्चमा विश्वभर लोपोन्मुख वनस्पति तथा जीवजन्तुका प्रजातिहरूबारे जनचेतना फैलाउने उद्देश्यले मनाइन्छ । यो दिवस मनाउने उद्देश्य एकदम स्पष्ट छ, वन्यजन्तु र वनस्पतिलाई जोगाउनका लागि काम गर्नु जसका कारण तिनीहरू विश्वभर लोप हुँदैछन्। पृथ्वीको जैविक विविधतालाई जोगाउन वनस्पति र जीवजन्तु धेरै महत्त्वपूर्ण छन्। तर वातावरणीय असन्तुलन र विभिन्न प्रकारका प्रयोगका कारण कतिपय जीवजन्तु र वनस्पतिको अस्तित्व नै खतरामा परेको छ…
काठमाडौँ महानगरभित्र रहेको रानीबारी सामुदायिक वन ‘मर्निङ वाक’ को उत्कृष्ट गन्तव्यस्थल बन्दै गएको छ । टोखा नगरपालिका-९ गोँगबु बस्ने रामकृष्ण अधिकारी सधै बिहानै रानीबारीको सामुदायिक वनमा पुग्छन् । “वनभित्र हिँड्न र शारीरिक व्यायम गर्न सहज हुन्छ, स्वच्छ हावा र हरियालीले प्रातकालीन समय आनन्दले बित्छ”, उनी भन्छन् । काठमाडौँ महानगरपालिका-१६ सोह्रखुट्टे बस्ने भीम गुरुङपनि सधैँ मर्निङ वाकका लागि रानीबारी आउँछन् । “शरीरको मोटोपन घटाउन र तन्दुरुस्त राख्नको लागि हिँड्नुपर्छ, त्यसको लागि स्वच्छ वातावरणको जङ्गल निकै उपयुक्त छ”, गुरुङ भन्छन् । अधिकारी र गुरुङजस्ता सयौँ मानिस हिँड्न, शारीरिक अभ्यास र दौडनसमेत दैनिक रानीबारी वनमा आउने गर्छन् । रानीबारी सामुदायिक उपभोक्ता समितिका कोषाध्यक्ष…
काठमाडौँ । काठमाडौँ उपत्यकामा जग्गाको अवैध प्लटिङ बिगबिगी देखिएको छ । प्लटिङ गर्दा पूरा गर्नुपर्ने आधारभूत मापदण्डसमेत पूरा नगरी काठमाडौँ उपत्यकामा गरिएका २७५ वटा प्लटिङ अवैध रहेको पाइएको हो । काठमाडौँ उपत्यका विकास प्राधिकरणले अवैध प्लटिङ गरिएको जग्गाको कित्ताकाटमा रोक लगाउन सम्बन्धित स्थानीय तहमा पत्राचार गर्ने तयारी गरेको छ । प्राधिकरणबाट अनुमति लिएर प्लटिङ गर्दा कुल क्षेत्रफलको कम्तीमा ५ प्रतिशत क्षेत्र खुला छाड्नुपर्ने भएकाले व्यवसायीहरुले अनुमति नलिई प्लटिङ गर्ने र मिलेमतोमा स्थानीय तहबाट कित्ताकाट गराउने गरेको पाइएपछि अवैध प्लटिङको कित्ताकाटमा रोक लगाउने तयारी गरिएको उपत्यका विकास प्राधिकरणकी प्रमुख आयुक्त जानुका ढकालले जानकारी दिइन् । उनका अनुसार प्राधिकरणले केही दिनमै काठमाडौँ उपत्यकाका…
काठमाण्डौ – काठमाण्डौ उपत्यकामै ६ महिनामा घरेलु हिंसाका एक हजार वटाभन्दा धेरै उजुरी परेका छन् । चालु आर्थिक वर्षको साउनदेखि पुससम्म छ महिनामा घरेलु हिंसाका आठ हजार दुई सय आठ वटा मुद्दा दर्ता भएका छन् । जसमध्ये काठमाण्डौ उपत्यकामा मात्रै एक हजार दुई सय २३ जनाले घरेलु हिंसाका उजुरी दर्ता गरेका नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले जानकारी दिनुभयो । उनका अनुसार घरेलु हिंसाका कारण आठ हजार दुई सय १४ जना पीडित भएका छन् । तीमध्ये सात हजार चार सय एक जना महिला र आठ सय १३ जना पुरुष छन् ।
काठमाडौं । चितवन-रत्ननगरको शिशु निकेतन बोर्डिङ स्कुलको छात्रावासमा एक साता अगाडि मृत फेला परेकी १४ वर्षिया किशोरी सालीन पोखरेलको घटनाका बारेमा अनुसन्धानसहित टिकाटिप्पणीहरू जारी छन् । सामाजिक सन्जालवालाहरू यसलाई दोस्रो ‘निर्मला पन्त’ भन्दै उछाल्नेक्रम तीव्र छ भने प्रमुख दलका शीर्ष नेताहरूले समेत घटनाबारे बोल्न थालेका छन् । प्रारम्भिक अनुसान्धानमा बालिकाले आत्महत्या गरेको हुनसक्ने अनुमान गरिए पनि फोरेन्सिक रिपोर्टका आधारमा प्रहरीले धेरै कुरा बताउनै बाँकी रहेको अबस्थामा बालिकाको मनोवैज्ञानिक पक्षका बारेमा पनि टिप्पणी भएको छ । १३ वर्षीया बालिकाको आत्महत्या वा हत्या भन्ने विषयमा उनका आमा बुबाप्रति गम्भीर औँला ठडिएका छन् । मिडिया तथा सामाजिक सन्जालमा सालीनका आमाबुबाका ठूला कुरा सुनिए…
काठमाडौं । आइतबार देशभर साधारणतया बदली रहने छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम, कणर्ाली, लुम्बिनी, गण्डकी, बागमती प्रदेश सहित कोशी प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने छ। यसैगरी मधेश प्रदेशसहित बाँकी तराईका थोरै स्थानहरूमा छिटफुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ। आइतबार देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम बर्षाको साथै बाँकी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।
कास्की । सुन्दर ढोका साथि सेवाका संस्थापक कार्यकारी निर्देशक स्व. विकास अधिकारीको स्मृतिमा आयोजित विकास शिल्ड राष्ट्रिय ह्वीलचियर बास्केटबल च्याम्पियनसिप २०८० पोखरामा भोलि आइतबारदेखि औपचारिक खेल सुरु हुँदैछ । नेपाल पत्रकार महासंघ कास्कीको सभा हलमा आज शनिवार विकास शिल्ड आयोजक समितिद्धारा आयोजित पत्रकार सम्मेलनमा अपांगता भएका व्यक्तिहरु अन्य व्यक्तिहरु सरह खेल्न सक्छन् भन्ने कुराको अपनत्व गराउन भोली फागुन २० देखि २१ गतेसम्म दुई दिने विकास शिल्ड राष्ट्रिय ह्वीलचियर बास्केटबल च्याम्पियनसिपको आयोजना गरिएको जानकारी दिएको हो । सुन्दर ढोका साथि सेवाको मुख्य प्रायोजनमा पोखरा रंगशाला र पुन समाजको बास्केटबल कोर्टमा आइतवार हुने प्रतियोगिताको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले उद्घाटन गर्ने…
काठमाडौं, फागुन १९ गते । देशका चार प्रदेशमा अहिले हल्का वर्षा भइरहेको छ । मौसम विज्ञान विभाग जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालका अनुसार गण्डकी, लुम्बिनी, कणर्ाली र सुदूरपश्चिम प्रदेशमा सामान्य वर्षा भइरहेको छ । पश्चिमी वायुको प्रभाव क्रमशः पूर्वतर्फ सर्दैगएकाले राति बागमती र कोशी प्रदेशमा पनि हल्का वर्षाको सम्भावना रहेको उनले बताए । उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ । मधेश प्रदेशको मौसम पूणर्तया बदली रहे पनि आज पानी पर्ने सम्भावना भने नरहेको मौसमविद् अर्यालको भनाइ छ । उनका अनुसार भोलि पनि देशका सबै भूभागको मौसम आंशिकदेखि पूणर्तया बदली रही केही भूभागमा सामान्य वर्षाको…
काठमाडौं । बिदेशी पर्यटक आउने मुख्य सिजन नहुँदा पनि सन् २०२४ को सुरुदेखि नै नेपालमा विदेशी पर्यटकको घुइँचो लाग्न थालेको छ । नेपाल घुम्ने लक्ष्यसहित हवाई माध्यमबाट आउने पर्यटकको सङ्ख्या यो वर्षको पहिलो महिनादेखि नै बढेको हो । यस वर्षको फेब्रुअरी महिनामै ९७ हजार ४२६ जना पर्यटक नेपाल आइपुगेका छन। नेपाल पर्यटन बोर्डका अनुसार फेब्रुअरी महिनामा मात्रै झन्डै १ लाख विदेशी नागरिक अध्यागमन विभाग (हवाई माध्यम) मार्फत नेपाल घुम्न आएका हुन् । नेपाल भित्रने विदेशी पर्यटकको सङ्ख्याको शीर्ष स्थानमा दक्षिण छिमेकी भारत छ । भारतबाट मात्रै यो दुई महिनामा ५० हजार पर्यटक नेपाल आएका छन् । भारतबाट धेरैजसो धार्मिक पर्यटक नेपाल…
काठमाडौं । नेपाल शिक्षक संघ बुढानीलकण्ठ नगर कार्यसमितिको चौथो प्रतिनिधिसभा सम्पन्न भएको छ । शनिवार सम्पन्न भएको चौथो प्रतिनिधि सभामा बुढानीलकण्ठ शिक्षक संघको वर्तामान अबस्था र भावी योजनासँग सम्बन्धित प्रतिवेदन पेश गरिएको थियो । कार्यक्रममा ०७९ को शिक्षक सेवा आयोगबाट बढुवा सिफारीस भएका शिक्षकहरूलाई सम्मान गरिएको थियो । शिक्षक संघ बुढानीलकण्ठका अध्यक्ष मदनप्रसाद पौडेलको सभापतित्वका भएको कार्यक्रममा नेपाली कांग्रेस बुढानीलकण्ठ कार्यसमितिका सभापति राजाराम बुढाथोकी प्रमुख अतिथिका रूपमा आमन्त्रित थिए । कार्यक्रम नेपाल शिक्षक संघ नगर सचिव उमेश अधिकारीले संचालन गरेका थिए ।
काठमाडौं । त्रिकोणात्मक टी-२० आई सिरिजको शनिबार कीर्तिपुर मैदानमा नेपालले नेदरल्याण्डसलाई ६ विकेटले पराजित गरेको छ । १२१ रनको टार्गेट लिएर मैदानमा आएको नेपालले कुशल भुर्तेल, आशिफ शेख, गुल्सन झा र रोहित पौडेललाई गुमाएर लक्ष्य प्राप्त गरेको हो । नेपालका लागि कप्तान रोहित र गुल्शन झाले जीतयुक्त साझेदारी गरेका थिए । रोहितले ४६ रन बनाए भने गुल्सन झाले ३८ रन बनाए । यसअघि नेदरल्याण्डस १९.३ ओभरमा नेदरल्यान्ड्सले सबै विकेट गुमाएर १२० रन बनाएको हो।नेदरल्याण्डसलाई सस्तोमै समेट्न प्रतिश जिसी, करन केसी तथा कुशल मल्लले शानदार बलिङ गरेका थिए । प्रतिशले ३ विकेट लिए भने करन र कुशलले २ २ विकेट लिएका…
