काठमाडौं खबर फाल्गुन १९, २०८०
काठमाडौं । नेपाल शिक्षक संघ बुढानीलकण्ठ नगर कार्यसमितिको चौथो प्रतिनिधिसभा सम्पन्न भएको छ । शनिवार सम्पन्न भएको चौथो प्रतिनिधि सभामा बुढानीलकण्ठ शिक्षक संघको वर्तामान अबस्था र भावी योजनासँग सम्बन्धित प्रतिवेदन पेश गरिएको थियो । कार्यक्रममा ०७९ को शिक्षक सेवा आयोगबाट बढुवा सिफारीस भएका शिक्षकहरूलाई सम्मान गरिएको थियो ।
शिक्षक संघ बुढानीलकण्ठका अध्यक्ष मदनप्रसाद पौडेलको सभापतित्वका भएको कार्यक्रममा नेपाली कांग्रेस बुढानीलकण्ठ कार्यसमितिका सभापति राजाराम बुढाथोकी प्रमुख अतिथिका रूपमा आमन्त्रित थिए । कार्यक्रम नेपाल शिक्षक संघ नगर सचिव उमेश अधिकारीले संचालन गरेका थिए ।