Author: Kathmandu Khabar

काठमाडौँ- नेपाल राष्ट्र बैंकमा पछिल्लो समय पैसा थुप्रिने क्रम बढेको छ। गत बिहीबार बैंकिङ प्रणालीमा ६१ खर्ब ६७ अर्ब रुपैयाँ निक्षेप जम्मा भएको राष्ट्र बैंकले जनाएको छ। बैंकका अनुसार बुधबार ६१ खर्ब ६२ अर्ब रहेको निक्षेप बिहीबार ५ अर्ब रुपैयाँले वृद्धि भएको हो। बुधबारसम्म कर्जा लगानी ५० खर्ब ८८ अर्ब थियो। कुल कर्जा प्रवाह रकम भने दुई अर्बले घटेर ५० खर्ब ८६ अर्ब पुगेको बैंकको तथ्यांक छ। राष्ट्र बैंकका अनुसार हाल वित्तीय प्रणालीमा ४ खर्बभन्दा बढी लगानीयोग्य रकम जम्मा भएको छ। निजी क्षेत्रबाट कर्जाको माग नभएकै कारण बैंकहरूले राष्ट्र बैंकमा स्थायी निक्षेप संकलन सुविधाअन्तर्गत कुल ५३ अर्ब रुपैयाँ राखेका छन्। बैंकहरूले…

Read More

काठमाडौं । पूर्व युवराज पारस राम्रा विषयमा समाचार बनेको सुन्न पाइदैन । उनको इतिहासनै नराम्रो विषयको समाचारमै केन्द्रित छ । यसैबीच चितवनमा पारसले विद्यार्थी बोकेको सनराइज स्कूलको बसका चालकमाथि पेस्तोल तेर्साएको घटना चर्चामा आएको छ । आमा पूर्व रानी कोमलको ७३ औं जन्मोत्सव मनाउन चितवन पुग्ने क्रममा पूर्व युवराज पारसले विद्यार्थी बोकेको बसका चालकमाथि पेस्तोल तेर्साएको घटनाले यतिखेर सामाजिक सञ्जाल भरिएको छ । सदाझैँ तीव्र गतिमा कार हाँकिरहेका पारस बसले बाटो नछाडेको निहुँले बिच्किएको स्थानीय बताउँछन् । बसले बाटो नछाडेपछि उनले ड्राइभरलाइ पेस्तोल देखाएको स्थानीयको आरोप छ । उक्त डरलाग्दो घटनालाई हालसम्म गुपचुप राखिएको भन्दै विद्यालय पूर्व विद्यार्थी मञ्चका अध्यक्ष तथा…

Read More

काठमाडौं। राेमाञ्चक खेलमा लेवनानलाई हराउँदै नेपाल वाफ महिला च्याम्पियनसीपको फाइनलमा प्रवेश गरेको छ । साउदी अरवको जेद्दाहस्थित किंग अब्दुलाह स्पोर्ट्स सिटी स्टेडियममा नेपालले लेवनानलाई २-१ ले पराजित गर्दै जाेर्डनसँग दुई दिनपछिको फाइनल भिडन्त सुनिश्चित गरेकाे हाे । दोस्रो हाफको अतिरिक्त समयको अन्तिम मिनेटमा कर्नर किकबाट रिफ्लेक्ट भएकाे बललाई प्रिती राईले उत्कृष्ट गोल गर्दै नेपाललाई जितको बाटो देखाइन् । खेलको ३८ औं मिनेटमा पुजा रानाको आत्मघाती गोलमार्फत लेवनानले अग्रता लिएको थियो । खेलको ७६औं मिनेटमा सावित्रा भन्डारी (साम्बा) ले चलाखीपूर्ण गाेल गर्दै नेपाललाई बराबरीमा फर्काएकी थिइन् । खेलको अन्तिम समयमा प्रीतिले गोल गर्दै नेपाललाई फाइनल पुर्‍याइन् । अब नेपालले उपाधिका लागि…

Read More

काठमाडौं, १५ फागुन । क्यानले धरानमा विमानस्थल बनाउन उपयुक्त नदेखिएको निष्कर्ष निकालेको छ । मंगलबार सूचना जारी गर्दै प्राधिकरणले तराई तथा भित्री मधेशमा विमानस्थल निर्माण गर्दा निकटस्थ विमानस्थलबाट कम्तीमा ४० नटिकल माइल हुनुपर्ने नीतिगत व्यवस्थाविपरीत हुने भन्दै प्राधिकरणले धरानमा विमानस्थल उपयुक्त नरहेको निष्कर्ष निकालेको हो । धरान उपमहानगरका मेयर हर्कराज राईले धरानमा विमानस्थल बनाउनुपर्ने भन्दै केन्द्र सरकारसमक्ष ज्ञापनपत्र बुझाएका थिए । तर,  योसँगै मेयर राईको प्रस्ताव मन्त्रालयको डस्टविनमा थन्किने भएको छ।

Read More

काठमाडौं । बेलायत सरकारले प्रदान गर्ने ‘इन्टरनेशनल मेयर अवार्ड’ भरतपुर नगरपालिकाको मेयरले पाएका छन् । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल सो अवार्ड थाप्न लण्डन जाने भएकी छन् । मंगलबार बसेको संघीय मन्त्रिपरिषद् बैठकले मेयर दाहालको भ्रमण प्रस्ताव स्वीकृत गरेको छ । बेलायती तल्लो सदन ‘हाउस अफ कमन्स’ मा मार्च ७ मा आयोजना हुने अवार्ड समारोहमा मेयर दाहाल सहभागी हुने कार्यक्रम छ । सचिवालयका अनुसार मेयर दाहाल मार्च ४ तारिख बेलुका लन्डन पुग्ने र मार्च १२ मा नेपाल फर्किने छिन् । भरतपुरमा दाहालले गरेको कामको कदरस्वरूप यो अवार्ड पाएको सचिवालयको दाबी छ । मार्च ६ मा लण्डन दूतावासमा ‘भिजिट भरतपुर २०२४’…

Read More

काठमाडौं । शिवपुरी राष्ट्रिय निकुन्जको तल्लो भेकमा आगलागी भएको छ । मध्यान्ह ११ बजेतिर देखिएको हल्का धुँवा बढ्दै बिशाल आकारको आगालागी भैसक्दा पनि सम्बन्धित पक्ष भने अझै सक्रिय भैसकेको छैन । निकुन्जको बुढानीलकण्ठ सिमानमा पञ्चकन्या मध्यवर्ती जंगल नजिकै आगलागी भएको हो । हावा तेज चलेकोले आगोले विशाल आकार लिँदै गरेको देखिन्छ ।

Read More

काठमाडौं । देशमा नयाँ राजनीतिक गठबन्धनको सम्भावना बढेको राजनीतिक विश्लेषण सुरू भएको छ । यो कुनै नयाँ राजनीतिक गठबन्धनको सम्भावना नभै वामपन्थी दलहरूको गठबन्धनको चर्चा भएको हो । फागुनको पहिलो साता सम्पन्न नेपाली कांग्रेसको महासमिति बैठकले गठबन्धन संस्कृतिलाई तत्काल कायम राख्ने निणर्य गरे पनि भविष्यमा भने सशंय उत्पन्न गरेको छ । कांग्रेसको महासमिति बैठकमा निर्वाचनमा गठबन्धन गर्ने कि नगर्ने भन्ने विषयमा गरमागर्मी बहस भयो र त्यसबाट भविष्यमा चुनावी गठबन्धन नगर्ने पक्षमा बहुमत देखिँदा अहिले गठबन्धनमा रहेका वामपन्थी दलहरूमा संशय उत्पन्न गराएको छ । गत निर्वाचनदेखि नै गठबन्धनमा रहेका नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टीबीच आलोपालो सरकारको नेतृत्व गर्ने सहमति…

Read More

काठमाडौं । देशका केही भू–भागमा आज वर्षा र हिमपातको सम्भावना छ । पहाडी भू–भागमा वर्षा र उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको हो ।  जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहँदा बिहान देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका एकदुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा तथा बाँकी उच्च पहाडी तथा…

Read More

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगनकुमार थापाले संसदमा सार्थक बहस हुन नसकेको भन्दै विवादित व्यक्तिहरूलाई संसदमा प्रवेश नदिई अनुसन्धान गर्नुपर्ने बताएका छन्।सोमबार प्रतिनिधिसभाको शून्य समयमा थापाले एकले अर्कालाई आरोप–प्रत्यारोपको दोहोरी चलिरहेको उल्लेख गर्दै भने, ‘विगत केही दिनदेखि यता बसेकोले उता दागी देखाउने, उता बसेकोले यता दागी देखाउने दोहोरी चलिरहेको छ। यही पाराले न संसद् राम्रोसँग चल्ने भयो, मूल विषय पनि छायामा पर्ने भयो।’ आरोप–प्रत्यारोपले मूल विषय ओझेलमा परेका औँल्याउँदै थापाले विवादित व्यक्तिहरू कुन पार्टीका हुन् भन्ने नहेरी संसदभन्दा बाहिरै राखेर अनुसन्धान गर्नुपर्ने स्पष्ट पारे। ‘आसनको दायाँ बस्ने होस् कि बायाँ बस्ने, काखैको होस् कि पाखैको होस्। अख्तियारले डामेको, आयोगले पोलेको…

Read More

म्याग्दीको धवलागिरि गाउँपालिका-७ ताकमका इन्द्रलाल पौडेलका गोठमा २५ वर्षअघिसम्म ४२ वटा गाईगोरु थिए । ‘हिजोआज धार्मिक कार्यका लागि आवश्यक पर्ने गाईको दूध र गहुँत नपाइने अवस्था आयो,’ उनले भने, ‘गाई देखिनै छाडे, गोरु पनि पाउन मुस्किल भयो ।’  पौडेलका अनुसार ३५० घरधुरी भएको ताकम गाउँमा अहिले दुई घरमा मात्र गाई छन् । पूजाआजा र धार्मिक कार्यका लागि दूध तथा गहुँतका लागि गाईका साहुलाई पहिले नै भन्नुपर्छ । धवलागिरी गाउँपालिका-७ काफलडाडाका नेत्रप्रसाद पुन गाईको गोठ लिएर लेकबेंसी गर्न छाडेको १५ वर्ष भयो । ‘थोरै दूध दिने १० वटा गाई पाल्नुभन्दा धेरै दूध दिने एउटै भैँसी पाल्दा सजिलो छ,’ उनले भने, ‘खनजोत…

Read More

पाेखरा । नेपाल भारत साहित्य महोत्सव पाँचौँ संस्करण पोखरामा सम्पन्न भएको छ । गत फागुन १०, ११ र १२ गते पृथ्वीनारायण क्याम्पस हाताभित्र महोत्सव गरिएको हो । महोत्सवका कार्यक्रमहरू क्याम्पसको गण्डकी प्रज्ञा प्रतिष्ठानको भानु सभाहलमा भएको थियो । मूल आयोजक संस्थाका अध्यक्ष डा. विजय पण्डित तथा अग्रज साहित्यकार सरुभक्त श्रेष्ठ प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा भारतको तर्फबाट मूल आयोजक क्रान्तिधरा अकादमी, मेरठ, इन्डिया रहेको थियो। दीप प्रज्वलन तथा नेपाली र इन्डियन दुबै राष्ट्र गान वाचन गरेर उद्घाटन गरिएको थियो । कार्यक्रममा नेपाल भारत सम्बन्ध र साहित्यमा पर्यटन विषयमा छन्दकवि तथा राष्ट्रिका साहित्यिक संस्थाका अध्यक्ष ऋषभदेव घिमिरे बोलेका थिए । त्यस्तै,…

Read More

काठमाडौं , उमेश राउत र अस्मिता अधिकारीको आवाजमा ‘हेरेर मुहार तिम्रो’ सार्वजनिक भएको छ । उज्ज्वल हृदयको शब्द र उमेश राउतको सङ्गीत रहेको गीत आइतबार सार्वजनिक भएको हो । प्रेमभावले भरिएको फिल्मी शैलीको गीतको भिडियोमा उषा उप्रेती र रमेश जटाललाई देख्न सकिन्छ । चित्लाङ, भेडाचौर र कुलेखानी ड्यामको सुन्दर दृश्यहरूले भिडियो अझ सुन्दर बनेको छ । भिडियोलाई जिबी आग्रीले निर्देशन गरेका हुन् भने प्रकाश खड्काले खिचेका हुन् । ‘माया, प्रेम, बाचा अनि सुन्दर जीवनको कामना नै गीतको सार हो’, गायक उमेश राउतले भने, ‘प्रेम प्राप्तिपछिको मीठो परिकल्पनालाई हरसम्भव रूपमा सुन्दर बनाउने हाम्रो प्रयास रहेको छ ।’ ओएसआर डिजिटलबाट सार्वजनिक गीतको…

Read More

भरतपुर । राजा महेन्द्रले अन्तिम सास लिएको भरतपुरस्थित शीतकालीन दरबार अर्थात् दियालो बंगला अब आमनागरिकका लागि पनि खुला गरिंदै छ। भरतपुरबाट काठमाडौं र देवघाटधाम जाने मुख्य मार्गको आडैमा छ, दियालो बंगला। राजपरिवारका सदस्यका लागि खास रहँदै आएको यो बंगला राजा महेन्द्रले २०२६ सालमा बनाउन लगाएका थिए। राजा महेन्द्रले करीब दुई वर्ष बंगलाको प्रयोग गरे। विशेष गरी हिउँदमा चिसो छल्न राजा र राजपरिवारका सदस्य दियालो बंगला बसाइँ सर्थे। त्यसैले यो बंगलालाई शीतकालीन दरबार पनि भन्ने गरिन्छ। शिकारका शौखीन राजा महेन्द्र तराईमा शिकार खेल्न जाँदा दियालोमै बस्थे। उनको २०२८ माघ १७ मा दियालो बंगलामै निधन भएको थियो। त्यसपछि वीरेन्द्र र ज्ञानेन्द्र राजा भए।…

Read More

काठमाडौँ-  स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत टेरामक्स घोटाला प्रकरणको विषयलाई लिएर पत्रकारमाथि आक्रोशित भएका छन्।सोमवार संसद बैठकपछि उनले यस प्रकरणमा  जिज्ञासा राख्दा तपाईं कहाँको पत्रकार हो नि प्रतिप्रश्न समेत गरे। पत्रकारहरुले यस प्रकरणमा मुछिएका तपाईँले नैतिकताको आधारमा मन्त्री पदबाट राजीनामा दिनुपर्ने हो नि भनी जिज्ञासा राखेका थिए । मन्त्री बस्नेत भने केको नैतिकता भन्दै पत्रकारमाथि आक्रोशित भए । कसैले रिस उठेर उजुरी गर्‍यो भन्दैमा प्रमाणित नभईकन केको नैतिकता हुन्छ ? मन्त्री बस्नेतको आक्रोश थियो । उनले एमालेले संसदमा आफ्नो राजीनामा माग गरेर ‘पुंग न पुच्छर’को कुरा गरेको टिप्पणी गरे । मन्त्री बस्नेतले आफूले कलबाईपास घोटाला नियन्त्रण गर्नका लागि सो प्रविधिको…

Read More

काठमाडौं । चर्चित गायक तथा संगीतकार भजन शिरोमणि भक्तराज आचार्यको निधन भएको छ। सोमबार दिउँसो ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा बाटोमै निधन भएको हो। आचार्यको शवलाई अन्तिम श्रद्घाञ्जलीका लागि मंगलबार बिहान नेपाल संगीत तथा नाट्य प्रतिष्ठानमा राखिने जनाइएको छ। आचार्यले दर्जनौं भजन, आधुनिक र लोकगीतमा स्वर तथा संगीत दिएका थिए। नेपाली सुगम संगीतलाई उचाइमा पुर्‍याउन उनको निकै योगदान रहेको चर्चा गरिन्छ। भक्तराजको वि.सं. २०४९ सालमा जिब्रोमा खटिरा देखिएको थियो। उपचारको क्रममा २०५० सालमा क्यान्सर भएको पुष्टि भएपछि जिब्रो काटियो। त्यसपछि उनले गाउन सकेनन्। उनका दुई छोरा सत्यराज र स्वरुप पनि गायक छन्।  आचार्यको जीवनीमा आधारित भएर चलचित्र ‘आचार्य’ बनिसकेको छ। फिल्ममा…

Read More

काठमाडौं । संसद्मा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले आफ्नो राजीनामा मागेको विषयमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीले तुच्छ जवाफ फर्काएका छन् । सांसद खतिवडाले पर्यटनमन्त्री किराती कमिसन र स्टन्टबाजीमा लिप्त रहेको आरोप लगाएपछि मन्त्री किरातीले जवाफ फर्काएका हुन् । मन्त्री किरातीले लुम्बिनी क्षेत्र विकास कोषका उपाध्यक्ष ल्यारक्याल लामाको बचाउ गर्दै बहादुरले लकरमा बन्दुक लुकाउँछ भनेका थिए । खतिवडालाई भने उनले घडी लुकाएको भन्दै व्यंग्य कसेका छन् । सुदन किराँतीले पत्रकारसँगको कुराकानीमा खतिवडालाई लक्षित गरेर यसो भनेका छन्-‘बहादुर मान्छेले बैंकको लकरभित्र गोली लुकाउँछन्, कायर र लाछीले घडी लुकाउँछ । घडी लुकाउने मान्छे आज बोलेछन्, तीप्रति मलाई दया जागेको छ ।’ यो…

Read More

काठमाडौं । अन्तराष्ट्रिय विमानस्थलका कर्मचारी र सुन तस्करहरुको मिलेमतोमा विमानस्थल लगायत अन्य मार्गबाटसमेत सुन तस्करी भैरहेको छ ।  तस्करहरू समातिरहेको समाचार पनि बेलाबेलामा सुन्न पाइन्छ । यसै सिलसिलामा  साना व्यवसायीको सुनको कोटा दुरुपयोग भएको भन्दै सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणीक रत्न शाक्य र नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका अध्यक्ष सुरेशमान शाक्यद्धारा हस्ताक्षरित एक प्रेश विज्ञप्ति सार्वजनिक भएको छ ।  प्रकाशित विज्ञप्तिमा विशालबजारमा रहेको रिद्धिसिद्धि ज्वेलरीका सञ्चालक नरेन्द्रकुमार गुप्ताका गतिविधिमाथी छानबिन गर्न माग गरिएको छ  । नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ, नेपाल सुनचाँदी व्यवसायी महासंघ र विभिन्न संघको हालै बसेको संयुक्त भेलाले गुप्ताका गतिविधि छानबिन गर्न माग गर्ने निणर्य…

Read More

कठमाण्डौ – रुपन्देहीमा निजी क्षेत्रको लगानीमा निर्माणाधीन एक्स्ट्राटेक ओभल क्रिकेट मैदान फागुन २८ देखि सञ्चालनमा आउने भएको छ । यसअघि एक्स्ट्राटेक ओभल क्रिकेट मैदान फागुन १४ गते आजदेखि सञ्चालनमा आउने भनिएकामा आईसीसी विश्वकप क्रिकेट लिग–२ को पहिलो शृङ्खलाको खेलमा प्रशिक्षक र पदाधिकारी व्यस्त भएकाले फागुन २८ गतेदेखि मात्र सञ्चालनमा आउने भएको हो। रुपन्देहीको तिलोत्तमा नगरपालिका १७ मा व्यवसायी विनोद कुँवरले ४० करोड रुपैयाँको लगानीमा एक्स्ट्राटेक ओभल मैदान निर्माण गरेका हुन् । 

Read More

काठमाडौँ । पशुपतिनाथको स्वामित्वमा रहेर पनि गायब भएको दुई सय ३१ रोपनी १० आना सहितको जग्गा खोज्न सरकार तातेको छ । सरकारले पूर्व सचिव दामोदर रेग्मीको नेतृत्वका समिति गठन गरेर जग्गा खोज्न तदारूकता देखाएको हो । पशुपति क्षेत्र विकास कोषको जग्गा खोज्न समिति गठन गरिएको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीका अनुसार ‘गायब भएकोसहित पशुपतिको हजारौँ बिघा जमिन कसरी कहाँ कुन अवस्थामा छन् र के गर्न सकिन्छ भनेर प्रतिवेदन दिने गरी समिति गठन भएको छ । समितिलाई ३ महिनाभित्र प्रतिवेदन दिने गरी समय तय गरिएको छ । पूर्व सहसचिव देवराज ढकाल, पशुपति क्षेत्र विकास कोषका कानुनी सल्लाहकार हरिनाथ ढकाल,…

Read More

काठमाडौँ । केही दिनअघिको वर्षाले काठमाडौँ उपत्यकाको घटेको तापक्रम क्रमशः बढ्न थालेको छ। उपत्यकाको न्यूनतम तापक्रमसँगै अधिकतम तापक्रम पनि क्रमशः उकालो लाग्दै गएको हो।यसै क्रममा आज (आइतबार) उपत्यकाको अधिकतम तापक्रम हिजो (शनिबार) को तुलनामा २.३ डिग्री सेल्सियस माथि उक्लिएको छ।शनिबार १९.१ डिग्री सेल्सियस रहेको उपत्यकाको अधिकतम तापक्रम आज बढेर २१.४ डिग्री सेल्सियस पुगेको हो। यस्तै आज उपत्यकाको न्यूनतम तापक्रमचाहिँ ४.५ डिग्री सेल्सियस छ। काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम शनिबार ४.४ डिग्री सेल्सियस थियो भने शुक्रबार ३.५ डिग्री सेल्सियस। २४ घण्टामा सबैभन्दा कम तापक्रमलाई त्यस दिनको न्यूनतम र २४ घण्टामा सबैभन्दा बढी तापक्रमलाई त्यस दिनको अधिकतम तापक्रम भनिन्छ। बिहान ८ः४५ बजेभित्र न्यूनतम तथा साँझ ५ः४५ बजेभित्र…

Read More

काठमाडौं । मिठाराम अधिकारी नगरप्रमुख भएसँगै बुढानिलकण्ठमा ढलाने विकासले तीव्रता लिएको छ । विश्वव्यापीरूपमै सडकमा ढलान गर्न नहुने अवधारणमा व्यापक जनचेता जगाइँदै गरिएको अबस्थामा मिठाराम अधिकारीको नगरपालिकाले प्रमुख प्राथमिकता नै ढलाने विकास र भवन निर्माणलाई दिइरहेको छ । विकास भनेकै ’ढलान’ भन्ने अवधारणाका मिठाराम अधिकारीको सोचलाई साकार बनाउन नगरपालिकाले चालु आर्थिक वर्षमा ५० वटा साना र मझौला सडक ढलानका लागि पूजिगत बजेट व्यवस्था गरेको छ । ढलान भन्नाले बुढानीलकण्ठमा विकास मात्र हैन त्यो दृष्य – अदृष्य र मनग्य आम्दानीको श्रोत भनेर व्याख्या हुने गर्छ ।  फलानाको घरबाट फलानाको घरसम्म जाने ८ देखि १२ फुटे सडकहरू ढलान गर्न नगरपालिकाले प्रमुख कामका रूपमा…

Read More

काठमाडौं । काठमाडौं महानगरपालिकाले थप चारवटा अस्पतालको फोहोर संकलनमा रोक लगाएको छ । महानगरले कलंकीस्थित सहिद मेमोरियल, नेपाल नेसनल, चाबहिलको दीर्घायु गुरु हस्पिटल एन्ड रिसर्च सेन्टर, र ओम अस्पतालको फोहोर संकलनमा रोक लगाएको हो ।महानगरको वातावरण व्यवस्थापन विभागले कलंकी क्षेत्रका अस्पतालमा गएको शुक्रबार र चाबहिल क्षेत्रका अस्पतालमा आइतबार (आज) अनुगमन गरेको  थियो । ल्याण्डफिल साइट इन्चार्ज इन्जिनियर सरकारदीप श्रेष्ठका अनुसार ती अस्पतालहरूमा फोहोर छुट्याउने मापदण्ड पालना नगरेको, निसंक्रमित गर्ने प्रक्रिया गलत भएको, वातावरणीय प्रदूषण फैलाउने गरी फोहोर संकलन गरी राखिएको पाइएको थियो ।यसअघि महानगरले कान्ति बाल अस्पताल, एभरेस्छ अस्पताललगायतमा पनि फोहोर संकलनमा रोक लगाएको थियो ।

Read More

काठमाडौं । दक्षिण कोरियाले पछिल्लो समय नेपालीलाई पहिलो प्राथमिकतामा राखेर श्रमिकको माग गर्न थालेको छ । यससँगै रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत दक्षिण कोरिया जान आवेदन दिने नेपालीको सङ्ख्या पनि बढ्दो छ । सन् २०२४ मा उत्पादनतर्फ १५ हजार ८४८ जनाका लागि माग आएकोमा एक लाख ६५ हजारभन्दा बढीको आवेदन पर्नुले पनि यसलाई पुष्टि गर्छ । दक्षिण कोरिया सरकारको मानव संसाधन विभाग (एचआरडी) ले जुन देशले छिटो श्रमिक पठाउन सक्छ त्यही देशलाई बढी कोटा दिने नीति लिएको छ । त्यसै अनुसार यस पटक सबैभन्दा धेरै कोटा नेपालले पाएको छ । सन् २०२४ मा माग भएको भाषा परीक्षामा एक लाख ६३ हजार ६३५ जना सहभागी भएका छन् ।…

Read More

काठमाडौं :  नेपाल वाफ महिला च्याम्पियनसिप फुटबलमा  समूह विजेता बन्दै  सेमिफाइनलमा प्रवेश गरेको छ। शनिबार राति भएको  समूह चरणको अन्तिम खेलमा प्यालेस्टाइनलाई ४-० को फराकिलो अन्तरले पराजित गर्दै नेपालले समूहको शीर्ष स्थानमा रहेर अन्तिम चारमा स्थान बनाएको। नेपाल लगातार तेस्रो जितका साथ ९ अंक जोड्दै शीर्ष स्थानमा रह्यो। नेपालको जितमा सावित्रा भण्डारी ‘साम्बा’ले २, रेखा पौडेल र गीता रानाले १-१ गोल गरे। जारी खेलमा साम्बाले ८ गोल गरिसककी छन्। उनी गोल्डेन बुटको दाबेदार हुन्। इराक विरुद्ध उनी उक्लैले ५ गोल गरिन्।   पहिलो हाफको ४०औ  मिनेटमा रेखाको पासमा साम्बाले गोल गर्दै खाता खोलेकी थिइन्। दोस्रो हाफको ५९औ मिनेट साम्बाको प्रहार पोस्टमा लागेर फर्केपछि रेखाले गोल…

Read More

काठमाडौं । सिम्पल आर्ट्सले छब्बिसौं सिम्पल सम्मान प्रदान गरेको छ । बानेश्वरमा आयोजित एक कार्यक्रममा समाजसेवी शोभित उप्रेती, साहित्यकार मधुसूदन प्रसाद घिमिरे, शिक्षासेवी केदारप्रसाद तिमल्सिना, चलचित्र निर्माता तथा बितरक सरोज शर्मा,गायक तथा सङ्गीतकार सुर्य दयालु र  कलाकार सरिता लामिछानेले छब्बिसौं सम्मान पत्र प्राप्त गरेका हुन् । बिभिन्न स्रष्टाहरूका हातबाट सम्मानितहरूलाइ खादा, रूद्राक्ष, टीका तथा सम्मानपत्र प्रदान गरिएको थियो । सम्मानितको तर्फबाट कलाकार सरिता लामिछानेले मन्तव्य राखेकी थिइन्  । कार्यक्रममा गीतकार नारायण कुमार आचार्यलाई आजीवन सदस्यता प्रमाणपत्र प्रदान गरिएको थियो । संस्थापक अध्यक्ष केशव सान्दाइले स्वागत मन्तव्य, सबिना बयलकोटीको स्वागत नृत्य र  ममता मृदुलको सुसेली गायनसँगै कार्यक्रम सुभारम्भ गरिएको थियो ।

Read More

काठमाडौँ । काठमाडौँ उपत्यकामा वढ्दै गएको वायु प्रदुषणको अवस्थामा सुधार ल्याउने काममा समुदायको सहभागिता र सचेतना बढाउन आज हाँडीगाउँको अंशुवर्मा डवलीबाट ‘हावाको कुरा गरौँ’ अभियान सुरु भएको छ ।काठमाडौँ महानगरपालिकाले युएसएड, स्वच्छ हावा परियोजनासँगको सहकार्यमा अभियान थालनी गरेको हो । कार्यक्रमको थालनी हुनुअघि नारायण चौरबाट पैदल मार्गको यात्रा गर्दै प्रदुषण नियन्त्रणको सचेतना अभिवृद्धि कार्यक्रम गरिएको थियो । वायु प्रदुषण कम गर्नको लागि सवारी साधन प्रयोग नगर्दा पनि हुने ठाउँमा हिड्ने सस्कृतिको विकास गर्न आवश्यक रहेको कार्यक्रमका प्रवक्ता नविन मानन्धरले बताए ।‘वायु प्रदुषण बढाउने प्रदुषक तत्वमध्ये सवारी साधन मुख्य कारण हुन् । यसको प्रयोग कम गराउने, सवारी प्रयोग नगर्दा हुने ठाउँमा नचलाउने…

Read More

काठमाडौं । नेपाली कांग्रेसभित्रको हिन्दुराष्ट्र अभियानका अभियान्ताहरू कांग्रेस प्रभाव विभाग प्रमुख मीन विश्वकर्मासँग आगो भएका छन् । संस्थापन समूहले पार्टीको महासमिति बैठकमा हिन्दुराष्ट्र स्थापनाको एजेन्डाले स्थान नदिन भूमिका खेलेको तथा तुच्छ अभिव्यक्ति दिएको भन्दै उनीहरू विश्वकर्मासँग् रूष्ट भएका हुन् । कांग्रेस महासमिति बैठकका निष्कर्ष औपचारिक रुपमा सुनाउन पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा विश्वकर्माले दिएको अभिव्यक्तिप्रति अभियन्ताले चुनौति दिएका छन्। अभियानका संयोजक शंकर भण्डारीले कांग्रेसले हिन्दुराष्ट्रको एजेन्डा वेवास्ता गरे पार्टीलाई ठूलो क्षति पुग्ने चेतावनी पनि दिएका छन्। उनले देशलाई सनातन हिन्दु राष्ट्रको रुपमा आत्मसात् नगर्नु दुर्भाग्य भएको भन्दै कांग्रेसले विगतको गल्तीलाई सच्याउनुपर्ने बताए। बहुमत महासमिति सदस्यहरूले सनातन हिन्दू राष्ट्रको पक्षमा समर्थन गरेको…

Read More

घर अगाडिको सडकमा सवारी साधन गुडीरहन्छन् । सवारी साधनमा मानिस कम र खाद्यान्नलगायत अन्य उपभोग्य र निर्माण सामग्री बढी हुन्छन् । सडकबाट धेरै जसो घरमा ताल्चा लगाइएको र घरवरिपरि वनमाराको झाडी देखिन्छ । यो दृश्य पश्चिम म्याग्दीको मालिका गाउँपालिका-६ मा पर्ने दिच्याम गाउँको हो । यहाँका दिच्याम, निस्कोट, रुम, देविस्थानलगायत गाउँमा हिजोआज यस्तो दृश्य देखिन थालेको छ । करिब डेढ दशक अघिसम्म म्याग्दीका यी गाउँहरु रमाइला दखिन्थ्ये । गाउँघरमा वरपर, तल-माथि बस्ती बाक्लो थियो । सबै घरमा मानिस भरिभराउ हुन्थे । चाडपर्वमा गाउँमा छुट्टै रौनक र उल्लासमय वातावरण हुने गर्दथ्यो । साथीभाइको ठूलो जमघट हुने गर्दथ्यो । दसैँ तथा विभिन्न…

Read More

काठमाडौं : लुम्बिनी प्रदेशसभा सदस्य जानकी प्रसाद यादव निलम्बित भएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कपिलवस्तु ३(२)मा विजयी भएका यादव प्रदेशसभा सदस्यबाट निलम्बित भएका हुन्। अख्तियारदुरुपयोगअनुसन्धानआयोगलेयादवविरुद्धविशेषअदालतमामुद्दादायरगरेकोछ। काठमाडौंमा सार्वजनिक सम्पत्ति (वन पैदावार)को हानिनोक्सानी गरेको उनीमाथि आरोप छ।प्रदेशसभा सचिव दुर्लभ कुमार पुन मगरले यादवको उक्त मुद्दाको अन्तिम किनारा नभएसम्म स्वतः निलम्बनमा रहनेछन्। 

Read More

काठमाडौं । पछिल्ला समय प्राकृतिक तथा धार्मिक स्थलको रूपमा लिइने बागद्वार हाइकिङ जानेहरुको लर्को लाग्ने गरेको छ । यसरी प्रकृतिमा रमाउन जानेहरूले जंगल तथा वागद्वार क्षेत्रमा फोहर पनि गरेर फर्किन्छन् । यसरी गरिएका फोहरलाई सफ़ा गर्न भनेर बुढानीलकण्ठ युथ सर्कलले फागुन १२ गते एक कार्यक्रम राखेको थियाे । नियमितरूपमा बिभिन्न सामाजिक गतिबिधिमा संलग्न रहँदै आएको बुढानीलकण्ठ युथ सर्कलले फागुन ५ गते तय गरेको कार्यक्रम सारेर फागुन १२ गते सारेको थियो । नागी गुम्बाको बाटो हुँदै बागद्वार जाने वैकल्पिक मार्ग तथा वागद्वार सफा गर्ने हेतु हाइकिङ कार्यक्रम आयोजना गरेर बुढानीलकण्ठ युथ सर्कल उक्त क्षेत्रको सरसफाइमा जुटेको हो । ५६ जना सहभागि टोलीले…

Read More