Author: Kathmandu Khabar

काठमाडौं । स्थानीयवासी तथा स्थानीय विषय बिना भैरहेको बुढानीलकण्ठ संस्कृति तथा साहित्य महोत्सव घोषणादेखि नै विवादमा छ । उपमेयर अनिता लामाले राजनीतिक स्टण्ट गरेको भनेर आलोचना भएर सुरू भएको विवादका विषयहरू महोत्सव चलिरहँदा झनै बढेको छ । बुढानीलकण्ठ नगरपालिका वडा नं १३ का वडाध्यक्ष टिकानारायण श्रेष्ठले महोत्सवलाई ‘चुनिख्य भ्रमण् महोत्सव्’ भनेका छन् । श्रेष्ठले संस्कृति तथा साहित्यका नाममा स्थानीय पन नभेटिएपछि महोत्सवलाई भ्रमण महोत्सव भनेका हुन् । चुनिख्यः नामक कार्यक्रममा पनि संस्कृतिका कुरा तथा बुढानीलकण्ठ कसरी बनाउने कुरा नआएपछि रन्केका वडाध्यक्ष श्रेष्ठले सामाजिक सन्जालमा संस्कृति तथा साहित्य महोत्सवलाई “चुनिख्य भ्रमण् महोत्सब” भनेर आफ्नो नाराजगी प्रस्तुत गरेका हुन् । उनले चुनिखेल भ्रमण महोत्सव…

Read More

काठमाडौँ ।  काठमाडौँको थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालबाट हराएको नवजात शिशु (बालिका) फेला परेको छ । उक्त अस्पतालबाट शुक्रबार हराएको शिशु भक्तपुरको काँडाघारीमा फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो । “हराएको नवजात शिशु भक्तपुरको काँडाघारीमा फेला परेको छ”, उनले भने, “बच्चा लिएर जाने महिलालाई पक्राउ गरेका छौँ ।” काभ्रेपलाञ्चोकको चौरी देउराली गाउँपालिका-३ घर भई हाल काठमाडौँको कपन बस्दै आएकी २२ वर्षीया सविना श्रेष्ठले शुक्रबार दिउँसो प्रसूति गृहबाट आफ्नो २६ दिनको शिशु चोरी भएको भन्दै प्रहरीलाई मौखिक सूचना दिएपछि प्रहरीले खोजीकार्य सुरु गरेको थियो ।

Read More

काठमाडौं । बुढानीलकण्ठ नगरपालिकामा प्रथम संस्कृति तथा साहित्य महोत्सव चलिरहेको छ । फागुन ११ मा सुरू भएर १२ गते समापन हुने भनिएको महोत्सवको पहिलो दिनको कार्यक्रम सकिएको छ । काठमाडौँका कुनाकुनाका नाम चलेका नचलेका कवि साहित्यकार तथा अन्य व्यक्ति सहभागि बन्न चुनिखेल आइरहँदा स्थानीय कवि, साहित्यकार, बुद्धिजिवी भने महोत्सवमा देखिएनन् । स्थानीय कवि, साहित्यकार तथा बुद्धिजिवी महोत्सवस्थलमा पुग्न नै गारो भएको देखियो । निम्तोसम्म नगरिएको कार्यक्रममा कसरी जाने ? खासमा महोत्सवको आयोजकमा रहेको केही थान साहित्यकार तथा सहभागि हुन बोलाइएका साहित्यकारबाहेक अरू साहित्यानुरागिसमेत देखिएनन् । आफ्नो नगरपालिकामा गरिएको कार्यक्रममा के नजानु भनेर रमिता हेरुँ न भनेर पुगेका एकाधले पनि कार्यक्रम स्थलमा…

Read More

रिता भण्डारी वस्तुतः मानिस सुख, आनन्द, सुरक्षा र प्रगति चाहने चेतनशील प्राणी हो । यी सबथोक प्राप्तिका लागि कुनै पनि मुलुकमा व्यापार–व्यवसाय, रोजगारी वा अर्थोपार्जन अनुकूल वातावरण आवश्यक पर्छ । आर्थिक रूपले अनुकूल वातावरण हुँदा मुलुकले समृद्धि हासिल गर्छ । फलस्वरूप नागरिकले पनि गुणस्तरीय शिक्षा–स्वास्थ, लैङ्गिक समानता, सामाजिक सुरक्षा, सहज सार्वजनिक सेवा र आकर्षक पारिश्रमिक प्राप्त गर्छन् । स्वाभाविक रूपमा अविकसित मुलुकमा यी सबथोकको कमी हुन्छ । त्यसैले जीवन उपयोगी सिप, आकर्षक ज्याला वा पारिश्रमिक, पेन्सन, बिमालगायत सामाजिक सुरक्षा, अत्याधुनिक भौतिक सुविधा, गुणवत्तापूर्ण जीवनशैली आदि प्राप्तिका लागि अविकसित मुलुकबाट विकसित मुलुकमा जनशक्ति पलायन हुने गरेको हो । राजनीतिक तथा नीतिगत…

Read More

भारतका केही राज्यमा कटन क्यान्डी खाँदा क्यान्सर हुन्छ भन्ने ठानिन्छ। अनि तिनले चिनीजस्तै गुलियो हुने गुलाबी रङ्गको कटन क्यान्डीको बिक्रीमा प्रतिबन्ध लगाएका छन्। गत साता दक्षिण भारतीय राज्य तमिलनाडुले कटन क्यान्डी बेच्न रोक लगाउने निर्णय गर्‍यो। उक्त राज्यमा परीक्षणका लागि प्रयोगशालापठाइएका नमुनाहरूमा क्यान्सर लगाउन सक्ने तत्त्व ‘रोडमाइन-बी’ भेटिएपछि कटन क्यान्डीको बिक्रीमाथि प्रतिबन्ध लगाइएको हो। यसै महिनाको सुरुमा दक्षिण भारतकै पन्डीचेरीले पनि कटन क्यान्डीको बेचबिखनमा रोक लगाएको थियो । पन्डीचेरी केन्द्रशासित प्रदेश हो।

Read More

बुढानीलकण्ठ संस्कृति तथा साहित्य महाेत्सवलाई सम्बाेधन गर्दै कविताः दामाेदर बद्रि भट्टराई नारायण नबेच्नु ! आत्मा बेचिन्छ !! किर्ते, जाली, तुच्छाहरू, नखोज्नु यतै भेटिन्छ ॥ पसिनाको मूल्य , उठौती बकौती जस्तै भगवान अन्त नखोज्नु यतै देखिन्छ !!! वरदान जस्तै, विकास दिनेछन । भगवान जस्तै भेटी लिनेछन !! नारायण जस्तै सुतुन् बुढानिलकण्ठ !!! लुट्नेछन लुटिरहन्छन, लुछ्नेले लुछिरहन्छन । आँसु माथि आँखा गाड्नेहरुको शासनमा ठेला,गाडा, झुपडी माथि राज गर्ने आशनमा विराजमान बुढानिलकण्ठ महाराज रत्यौली गरिबक्सन्छ । उस्तै रजगज देवीरुपी, नशा, नशा चर्काउने गरिबको चामल लुटी, उस्तै जमिन थर्काउने देविको दैवीरुप !! घार्रघुर्र, भागदौड, भगवानको फुर्सद छैन ! कम्मर मर्काउने, जमिन थर्काउने, झारफुक गर्ने…

Read More

नेपालगञ्ज । वैकल्पिक उर्जा प्रवद्र्घन केन्द्र अन्तर्गत जर्मन सरकार, के. एफ. डब्लु. को आर्थिक सहयोगमा सञ्चालित डि.के.टि.आई. सोलार आयोजनाले नेपालगञ्ज उद्योग वाणिज्य संघको सहकार्य तथा समन्वयमा उद्योग व्यव्सायीहरुसँग छलफल तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ । । अन्तर्क्रिया कार्यक्रममा बोल्दै केन्द्रका कार्यकारी निर्देशक श्री नवराज ढकालले ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय अन्तर्गत रहेको वैकल्पिक ऊर्जा प्रबर्धन केन्द्रले नवीकरणीय ऊर्जा र ऊर्जा दक्षताको क्षेत्रमा कार्य गरिरहेको बताएका थिए । केन्द्रका विभिन्न कार्यक्रमहरुको चर्चा गर्दै ऊर्जामा लगानी र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन केन्द्रको साथै नीजि क्षेत्रकोसमेत सहकार्य हुनुपर्ने कुरामा जोड दिएका थिए  । कार्वन उत्सर्जनमा कमी ल्याउन पनि नवीकरणीय ऊर्जाको क्षेत्रमा…

Read More

काठमाडौं ।  वैदेशिक रोजगारीको प्रलोभन देखाएर एक महिलालाई दुबई हुँदै ओमानमा लगेर बेच्ने एक जना पक्राउ परेका छन्। मानव बेचबिखन अनुसन्धान व्युरोले बाँके घर भई टोखा बस्ने ६५ वर्षीय प्रकाश सिंह बुढाथोकीलाई पक्राउ गरेको हो। बुढाथोकीले पीडित महिलालाई कुवेत भन्दै गत फागुन १७ गते भिजिट भिसामा दुबई पठाएका थिए। दुबई पुगेकी पीडित महिलालाई एक महिनासम्म बन्धक बनाइएको र त्यसपछि १४०० रियालमा ओमानमा लगेर बेचेको पाइएको प्रहरी अनुसन्धानबाट खुलेको छ। ओमानमा लगी पीडित महिलालाई शारीरिक तथा मानसिक यातना दिने गरेको प्रहरीले जनाएको छ। ती महिलालाई ओमानी नागरिकको घरमा १८-२० घन्टासम्म बिना ज्याला काममा लगाउने गरेको पाइएको प्रहरीको भनाइ छ। व्युरोका सूचना…

Read More

काठमाडौं-  क्यानडा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा मेनपावरका संचालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापाको हल्दिबारी गाउँपालिका-१ घर भई काठमाडौंको बुढानीलकण्ठ नगरपालिका कपन बस्ने अल शाहिद ओभरसिज प्रा.लि. को संचालक ४० बर्षीय बलराम भट्टराई रहेका छन् । भट्टराईले रविन्द्र मण्डललाई वैदेशिक रोजगारीको लागि क्यानडा पठाइदिन्छु, त्यसको लागि ३० लाख रुपैयाँ लाग्छ र क्यानडा पुगेपछि प्रतिष्ठित होटलमा काम लगाइदिन्छु जहाँ मासिक ४ लाख ५० हजार रुपैयाँ तलब हुन्छ भनी विश्वास दिलाई पटक पटक गरी जम्मा २० रुपैयाँ लिई ठगी गरेको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले भट्टराईको खोजतलास गर्ने क्रममा बिहीबार सुकेधाराबाट पक्राउ गरेका हो । उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार…

Read More

काठमाडौं ।  सामाजिक कार्यक्रमहरूमा सक्रिय रहँदै आएको बुढानिलकण्ठ युथ सर्कलले शिवपुरी नागार्जुन राष्ट्रिय निकुन्ज्मा रहेको प्रशिद्ध वागद्वार हाइकिङ कार्यक्रम आयोजना गरेको छ । बागद्वार जाने मार्ग सरसफाई गर्ने हेतुले आयोजना गर्न लागेको हाइकिङ कार्यक्रम बिहान ७ः३० मुहानपोखरीबाट सुरू हुने बताइएको छ । हाइकिङमा जानेहरू मुहानपोखरीमा भेटेपछि नागी गुम्बासम्म मोटरसाइकलमा जाने कार्यक्रम रहेको आयोजकका तर्फबाट बिजेन्द्र श्रेष्ठले बताए । बागद्वार जाने वैकल्पिक मार्ग मानिने नागी गुम्बाबाट जाने मार्गमा हाइकिङ गर्दै फोहरहरू संकलन गरिने श्रेष्ठले बताए । शनिवार वागद्वार जाने मुख्य मार्गमा धेरै मानिस हुने भएकाले पनि वैकल्पिक मार्गबाट हाइकिङ गर्ने योजना बनाइएको हो । यो मार्ग मुख्य मार्गभन्दा छोटो रहेको छ…

Read More

काठमाडौं ।  अन्तर्राष्ट्रिय बजारमा केही समय अगाडि मात्रै आएको टेस्ला मोडल थ्रीको २०२४ भर्सन नेपाली बजारमा आएको छ। अरेट इन्टरनेशलले यो मोडब बजारमा ल्याएको हो। टेस्लाले पहिलो पटक ठूलो र उत्कृष्ट परिमार्जनसहित बजारमा ल्याएको यस मोडल थ्री लग्जरी इलेक्ट्रीक कार वर्गमा सर्वोत्कृष्ट रहेको हो। टेस्ला मोडल थ्री विश्व बजारमा सर्वाधिक बिक्री हुने मध्येको एक मोडल हो, त्यसमा पनि ठूलो परिमार्जनसहित नेपाल आएको यो नयाँ कार मोडल थ्री को रिफ्रेस्द भर्सन भएको अरेट इन्टरनेशनल प्रालिका सीईओ विनोद श्रेष्ठले बताए। फराकिलो ३६० डिग्री को दृश्य देखिन सक्ने मूनरुफ, उत्कृष्ट नयाँ डिजाइनको एम्बीयन्ट लाइट, भेगन सिट, फ्यूचरिष्टीक बडी डिजाइन, भरपुर सुरक्षा फिचर, बाहिरी…

Read More

काठमाडौं । वैकल्पिक उर्जा प्रवद्र्घन केन्द्र अन्तर्गत जर्मन सरकार, के. एफ. डब्लु. को आर्थिक सहयोगमा सञ्चालित डि.के.टि.आई. सोलार आयोजनाले सिद्धार्थ उद्योग वाणिज्य सङ्घको सहकार्यमा उद्योग व्यवसायीहरूसँग भैरहवामा छलफल तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ । सिद्धार्थ उद्योग वाणिज्य सङ्घ, भैरहवाका अध्यक्ष श्री ठाकुर कुमार श्रेष्ठको अध्यक्षतामा सञ्चालन भएको  कार्यक्रममा केन्द्रका निर्देशक श्री डा. नारायण प्रसाद अधिकारीले नेपालमा वैकल्पिक ऊर्जाको दायरा र औचित्यबारे धारणा राख्दै केन्द्रका विभिन्न कार्यक्रमहरुको बारेमा छोटो जानकारी दिएका थिए । उनले सोलार रुफटफ कार्यक्रम सफल पार्नका लागि समेत उद्योग तथा व्यवसायीहरूसँग समन्वय र सहकार्य गर्नुपर्नेमा जोड दिएका थिए । कार्वन उत्सर्जनमा कमी ल्याउन पनि नवीकरणीय ऊर्जाको क्षेत्रमा…

Read More

बागलुङ नगरपालिका–६ स्थित सर्वसिद्धिधाम पञ्चकोटमा निर्माण भएका भौतिक संरचना । तस्बिरः खेमराज गौतम, रासस

Read More

काठमाडौं । पौष शुक्ल पूर्णिमादेखि सुरु भएको श्रीस्वस्थानी व्रत र माघस्नान आज समापन हुदैछ। पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूपूर्णिमा (एक महिना) सम्म विशेष गरी हिन्दु महिलाहरूद्वारा यो व्रत लिइन्छ। यस अवधिमा काठमाडौँको साँखुस्थित शालीनदीपरिसरमा माघस्नानसहित माधवनारायण मेला लागिरहेको छ। साथै पशुपति क्षेत्रअन्तर्गत गौरीघाट, गुह्येश्वरी र सतीदेवीका अंग पतन भएका विभिन्न शक्तिपीठका साथै महादेव मन्दिरहरूमा भक्तजनको घुइँचो लाग्ने छ। श्री स्वस्थानीको व्रत सकिन दुई दिन बाँकी रहँदा बिहीबार पनि साँघुस्थित शालीनदी परिसरमा भक्तजन र श्रद्लुहरुको भिडभाड थियो। बिहीबार पनि शालीनदी परिसरमा शालीनदीमा स्थान गर्ने, माधव नारायण र श्रीस्वस्थानी मन्दिरको दर्शन गर्ने भक्तजनहरूको सङ्ख्या त्यत्तिकै थियो। तीर्थालु तथा भक्ताजनहरुले गोमा ब्राह्मणीका…

Read More

काठमाडौं ।  वर्षेनी वर्षामा बाढ़ी आउने कपनको चखुन्चा र यज्ञमती खोलामा बक्स कल्भर्ट बनाउने काम तीव्रताका साथ चलिरहेको छ । वर्षा अघि नै बक्स कल्भर्ट बनाएर डुबानको जोखिम न्युनिकरणका लागि प्रयत्न जारी भएको देखिन्छ । यज्ञमती खोलाको नेपाली टेलिकम खण्डदेखि साततले धोवीखोलासम्म जताततै बक्स कल्भर्टको काम भैरहेको देख्न सकिन्छ । हालसम्मको योजनामा बक्स कल्भर्टमा मानिसका घरबाट निस्किने मलमुत्रको फोहर हालिने छैन । यसका लागि कल्भर्ट बाहिर दुवैपट्टि साइटमा ढल हालिनेछ । यो कार्य भने बक्स कल्भर्ट बनिसकेपछि सुरू हुने काठमाडौँ महानगरपालिका वडा नं ७ का वडाध्यक्ष विमल होडाले बताए । कल्भर्टसँगसँगै केही ठाउँमा आवतजावतका लागि ब्रिज बनाउने काम पनि सुरू…

Read More

काठमाडौं  । कांग्रेस महामन्त्री गगन थापाले काम गर्न नसक्ने मन्त्रीलाई विश्राम दिनुपर्ने र दाग लागेका मन्त्रीलाई घर पठाउनुपर्ने बताएका छन् । महासमिति बैठकको बिहीबार आयोजित समापन सत्रलाई सम्बोधन गर्दै महामन्त्री थापाले भ्रष्टाचारमा मुछिएका नेता, कार्यकर्ताहरूलाई पार्टीको वरिपरि राख्नु नहुने बताएका हुन् । ‘काम गर्न नसक्ने मन्त्रीलाई विश्राम दिऊँ । दाग लागेको मन्त्रीलाई घर पठाऔँ । अनि काम गरेर देखाऔँ,’ उनले भने, ‘काम गर्न नसक्ने वडा अध्यक्षलाई अर्को पटक टिकट होइन, १० वर्ष घर बसाउँछु भनेर भन्न सक्नुपर्छ । भ्रष्टाचारमा मुछिएका एउटा मान्छेलाई कांग्रेसले वरिपरि राख्दिनँ भनेर भन्न सक्नुपर्छ । भन्नुपर्छ । त्यसपछि हाम्रो शक्ति आफैँ बढ्दै जान्छ ।’ महामन्त्री थापाले दागी…

Read More

काठमाडौं – पश्चिम एशिया फुटबल एसोसिएसन (वाफ) च्याम्पियनसिपमा इराकविरुद्ध नेपालले सानदार जित निकालेको छ । बिहीबार साँझ भएको खेलमा नेपालले इराकलाई ५-० गोलले पराजित गरेको हो । नेपालका लागि पाँच गोल नै सावित्रा भण्डारीले गरिन् । उनले पहिलो हाफमा चार गोल गरेकी थिइन भने दोस्रो हाफमा एक गोल थपिन् । सावित्राले खेलको १४ औं मिनेटमा गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएकी थिइन् । दुई मिनेट नवित्तदै भण्डारीले अर्को गोल गरिन् । भने खेलको ३७ औं मिनेटमा सावित्राले तेस्रो गोल गर्दै ह्याट्रिक पुरा गरिन् । त्यस्तै खेलको ४४ औं मिनेटमा उनले व्यक्तिगत चौथो गोल गर्दै नेपाललाई ४-० को अवस्थामा पुर्याएकी हुन्…

Read More

सार्बजनिक जग्गा विशेष ३ (काठमाडौँ खबरमा सार्वजनिक जमिन बारेमा लेख्ने क्रम सुरू गरेका छौँ । यो क्रम जारी रहनेछ । लेख्ने तथा सोधखोज गर्ने क्रममा हामीले नगरपालिकाले नै लाखौँ लगानी गरेर निकालेको एक प्रतिवदेन पनि हात परेको छ । यो प्रतिवेदन आफैले पनि बुढानीलकण्ठ नगरपालिकाले कति अनुत्पादक काममा लगानी गरेर पेश्की फर्स्यौट गर्छ भन्ने कुराको गतिलो प्रमाण हो ।) काठमाडौं । बुढानीलकण्ठ नगरपालिकामा सयौँ रोपनी सार्वजनिक जमिन मिचिएका छन् । सार्वनजिक जमिनदेखि खोला तथा राजकुलोमै मानिसले घर ठड्याएका छन् । त्योभन्दा महत्वपूर्ण कुरा यी सबै काममा जनप्रतिनिधिकै मिलेमतो भएको देखिन्छ । जनप्रतिनिधिहरू सिमित लोभ तथा लालचमा फस्दा बुढानीलकण्ठले सरकारी, पर्ति…

Read More

काठमाडौं ।  नेपाली कांग्रेसको महासमिति बैठकमा चुनावी गठबन्धन नगर्ने प्रस्ताव पारित भएको छ । ललितपुरको गोदावरीमा जारी महासमिति बैठकले गठबन्धन नगर्ने विषय पारित गरेको हो । कांग्रेस महामन्त्री गगन थापाले सांगठनिक प्रस्तावमार्फत चुनावी गठबन्धन नगर्ने प्रस्ताव राखेका थिए ।

Read More

काठमाडौं । काठमाडौंसहित देशका केही स्थानमा बिहीबार वर्षा भएको छ । हल्का वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जानकारी गराएको छ । अहिले वाग्मती र गण्डकी प्रदेशमा वर्षा भइरहेको छ भने कणर्ाली प्रदेशका केही स्थानमा पनि वर्षा भैरहेको छ । वर्षा भएका सबै ठाउँमा हल्का वर्षा भएको छ, मध्यम वा ठूलो वर्षा भने भएको छैन । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले वर्षा भएको हो । तत्कालका निम्ति यो प्रणाली शनिवारसम्म रहने सम्भावना देखिएको छ । । प्रणाली भित्रने र बाहिरिने क्रम भइरहेको छ ।

Read More

काठमाडौं । मोहन बस्नेत नामसँगै एक विवादस्पद छवि सबैको नज़र आइपुग्छ । भ्रष्टाचारका अनेक काण्डले उनलाइ छोएको छ । नेपाली इतिहासमै मन्त्री भएर अख्तियार पुगेर वायन दिनु परेको एकमात्र मन्त्री पनि बस्नेत नै हुन् । कांग्रेस सभापतिको आफन्त भएका कारण सदैव शक्तिमा बस्न पाएका मोहन बस्नेतमाथि विपक्षीले िनशाना साँधेको छ । विपक्षी दलको निशानामा यतिखेर बस्नेतसहित सरकारका चार जना मन्त्री परेका छन् । विवाद र भ्रष्टाचार  प्रकरणमा जोडिएका मन्त्रीको राजीनामा र कारबाहीको माग गर्दै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसहितका रास्वपा र राप्रपाले सरकारका चार मन्त्रीको संसदबाट विरोध गर्दै राजीनामा नआए जस्तासुकै आन्दोलनका कार्यक्रम गर्न बाध्य हुने चेतावनी दिएका हुन् । बिहीबारको…

Read More

काठमाडौं । बुढानीलकण्ठ नगरपालिकामा बेथितिका पराकाष्ठा भेटिन्छन् । नगरपालिकाभित्र विशेषगरी शिक्षा क्षेत्रमा व्यापक अनियमितता देखिएको छ । एकातिर एसएलसी पास नगरेका वडाध्यक्षहरू मरिहत्ते गरेर व्यवस्थापन समितिमा बस्ने होड अनि अर्कोतिर बिभिन्न नाउँमा शिक्षामा आउने बजेटको दुरूपयोगका सिलसिला बुढानिलकण्ठ बग्रेल्ति देख्न पाइन्छन् । यसैक्रममा बुढानीलकण्ठ नगरपालिकामा बिद्यालयमा आउने पुस्तकालयको बजेटमा व्यापक अनियमितता हुने गरेको पाइएको छ । पुस्तकालयको बजेटले स्तरहीन, अनावश्यक तथा सस्ता पुस्तकहरू बोरा भरेर किनेर ल्याउने र बजेटको दुरूपयोग गर्ने गरेको तथ्य सार्वजनिक भएको छ । बुढानीलकण्ठका सबै सामुदायिक विद्यालयमा पुगेर हेर्ने हो भने पुस्तकालयको हालत दयनीय छ । सरकारले वर्षेनी पुस्तकालयका लागि भनेर बजेटको व्यवस्था भए पनि त्यो बजेटले…

Read More

काठमाडौं । सत्तारूढ नेपाली कांग्रेसको यही फागुन ७ गतेदेखि ललितपुरको गोदावरीमा जारी महासमितिको बैठकका क्रममा छलफलबाट प्राप्त सुझाव प्रस्तुतिपछि चारदिने बैठक आज समापन हुदैछ । महासमिति बैठकको अन्तिम दिन बिहान समूहगत छलफलबाट प्राप्त सुझाव पार्टीका प्रदेश सभापतिहरुले पदाधिकारीसहितको उपस्थितिमा हुने महासमिति बैठकमा प्रस्तुत गर्नेछन्। त्यसपछि आजै अपराह्न समापन समारोह गरिने छ । बैठकको दोस्रो दिन उपसभापति पूणर्बहादुर खड्काले नीति प्रस्ताव, महामन्त्री गगन थापाले सांठनिक प्रस्ताव, महामन्त्री विश्वप्रकाश शर्माले समसामयीक राजनीतिक प्रस्ताव, प्रवक्ता डा. प्रकाशशरण महतले वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशासम्बन्धी प्रतिवेदन र लेखा समिति संयोजक श्यामकुमार घिमिरेले लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए। बैठकको तेस्रो दिन बुधबार विभिन्न…

Read More

काठमाडौँ । हिजोआज पति पत्नीबीचको सम्बन्ध विच्छेद नेपाली समाजमा समान्य बन्दै गएको छ। जिल्ला अदालतमा सम्बन्ध विच्छेदका लागि पुग्नेको संख्या प्रत्येक वर्ष बढिरहेको सार्वजनिक तथ्यांकहरुले देखाउँछ। विविध कारणले विवाद सम्बन्ध कायम गरेको छोटो अवधिमै त्यसलाई तोडेर अर्को विवाह गर्ने वा एकल रुपमै जीवन जिउनेहरुको संख्या बढिरहेको अवस्थामा जिल्ला अदालत काठमाडौँले एक मुद्दामा चाहनाले मात्रै सम्बन्ध विच्छेद नहुने फैसला सुनाएको छ। २०७६ सालमा विवाह गरेका एक जोडीमध्ये पत्नीले आफूलाई पतिले गर्दै आएको व्यवहारमा फरक गरेकाले उनीसँगै बस्ने चाहना नभएको भन्दै २०७९ मंसिर १९ गते काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गर्छिन्। सम्बन्ध विच्छेद नगरी मिलापत्र गर्न अदालतले दुईपटक दिएको समयलाई सदुपयोग हुन…

Read More

काठमाडौं । बजारमा माग घट्दा मुलुकको अन्तर्राष्ट्रिय व्यापारमा त्यसको असर कायमै देखिएको छ । भन्सार विभागले बुधबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको माघसम्मको भन्सार तथ्याङ्क अनुसार गत वर्षको सोहीको महिनाको तुलनामा अन्तर्राष्ट्रिय व्यापारमा २.७५ प्रतिशतको सङ्कुचन देखिएको हो । गत वर्ष माघसम्म १० खर्ब १२ अर्ब रुपियाँको कुल अन्तर्राष्ट्रिय व्यापार रहेकोमा समीक्षा महिनासम्म नौ खर्ब ८४ अर्ब रुपियाँको कुल व्यापार देखिन्छ । कुल व्यापारमा ९१ प्रतिशतभन्दा बढी हिस्सा आयातको रहे पनि आयात करिब २१ अर्ब रुपियाँले घटेको तथ्याङ्कले देखाउँछ । माघसम्म नेपालले आठ खर्ब ९७ अर्ब ९४ करोड रुपियाँको वस्तु आयात गरेको छ । गत वर्ष माघसम्म नौ खर्ब १९ अर्ब…

Read More

काठमाडौं । देशभर महोत्सवका नाममा सरकारी पैसा ‘पचाउने धन्दा’ जस्ता विषयमा लगातार समाचारहरू प्रकाशित हुन थालेका छन् । जनप्रतिनिधिहरूले महोत्सवका नाममा नाम तथा दाम कमाउने काम गर्ने गरेको भनेर आलोचना हुने क्रममा पछिल्लो समय इटहरीमा आयोजित ‘दोस्रो परम्परागत खाना महोत्सव’ परेको छ । यस्ता किसिमका सीमित दर्शकको सहभागितामा हुने महोत्सवले सरकारी बजेट पचाउने ‘धन्दा’ मात्रै भएको विज्ञहरूले बताएका छन् । विज्ञहरूले सरकारी बजेट पचाउनकै लागि यस्ता कार्यक्रम हुने गरेको बताउने गरेका छन्। यसै सेरोफेरोमा बुढानीलकण्ठ नगरपालिकामा यसै साता हुने भनिएको बुढानीलकण्ठ संस्कृति तथा साहित्य महोत्सव पनि सरकारी बजेट सकाउने धन्दा मात्र हुने सक्ने आशंका व्यक्त गरिएको छ । स्थानीय भेकमा हुन…

Read More

काठमाडौं । पशुपतिनाथ पसिरसमा विश्वशान्ति महायज्ञ आयोजना गर्न लागिएको छ । महारुद्र परिवारले पितृ उद्दार, सामाजिक सद्भाव, धार्मिक सहिष्णुता तथा राष्ट्रिय एकताको निम्ति महायज्ञ गर्न लागेको जनाएको छ । परिवारले शिवरात्रीको अवसर पारेर हिन्दु, बौद्ध र किराँत विधिअनुसार यही फागुन १९ गतेदेखि २६ गतेसम्म एक साता महायज्ञ गरिने जनाएको छ ।  महायज्ञमा अष्टम पूजा, मुन्धुम पाठ, वेद पाठ, दोमङ पाठ, श्रीमद् भागवत महापुराण, मूलपाठ पारायण, प्रवचन, रामलीला, दैनिक हवन, प्रज्ञा पारमिता पाठ, भजन कीर्तन, धामीझाँक्री, मोन्लम, ताण्डव नृत्य, लक्षवर्तीका प्रज्वलनलगायत हुने छ । हिन्दु, बौद्ध र किरात एकताको सन्देश दिन महायज्ञ आयोजना गर्न लागिएको हो । कार्यक्रममा तीन वटै धर्मका…

Read More

काठमाडौं । हिजोआज काठमाडौंको सहरको एउटा गल्लीमा रात छिप्पिँदै गर्दा बजार लाग्ने गरेको छ।काठमाडौं महानगरले फुटपाथ व्यापारीलाई हटाएपछि एउटा विकल्प स्वरूप नाइट मार्केटको सुरूआत भएको छ।  काठमाडौंको मखन गल्लीमा सडकको दुवैतिर रात परेपछि पसलहरू खुल्ने गर्छन्।   व्यवसायीहरू साँझ परेर पसल बन्द भइसकेपश्चात रातको ८:३० बजे हस्याङफस्याङ गर्दै सडक छेउ पसल राख्छन्। विभिन्न किसिमका कपडा पसलदेखि पानीपुरी अनि म:म: पसलसम्म रातको १० बजेसम्म चल्ने गर्छ।   डेढ घण्टाको समयमा केही व्यापार गरेर आयआर्जन गर्ने आशमा आफूहरूले पसल राख्न थालेको एक व्यवसायीले सेतोपाटीलाई बताए।  केही दिनदेखि उनीहरूले यो व्यापार सुरू गरेका हुन्। यस्तै, उनीहरूले बिहान ५ बजेदेखि ७ बजेसम्म पनि व्यापार गर्न थालेका छन्।  नाइट मार्केट सुरू गरेपछि मानिसहरू पैदल हिँडेर सामग्री किन्न आउन थालेको व्यापारीहरू बताउँछन्।  यस्तै,…

Read More

काठमाडौं । नेपाल लोकतान्त्रिक खेलकुद संघ वाग्मती प्रदेशले फागुन १७ गते तेस्रो किसुन जी स्मृति राष्ट्रिय महिला तथा पुरुष खुला हाफ म्याराथन प्रतियोगिता आयोजना गर्ने भएको छ । बुढानीलकण्ठ ८ गोल्फुटारबाट सुरू हुने राष्ट्रिय म्याराथुनमा सहभागि हुन आयोजकले खेलाडिहरूलाइ सूचित गरेको छ । सहभागि खेलाडिहरूमध्ये बिजेता ३ जना पुरस्कृत हुने आयोजकले जनाएको छ । बिजेतामध्ये प्रथम हुनेले ७५ हज़ार, दोस्रो हुनेले ५० हज़ार र तेस्रो हुनेले २५ हज़ार प्राप्त गर्ने छन् । नेपाल लोकतान्त्रिक खेलकुद संघ वाग्मती प्रदेशले म्याराथुन प्रतियोगितामा सहभागि हुनको लागि श्रोत व्यक्ति मोबाइल नम्बरहरू उपलब्ध गराएको छ । म्याराथुन प्रतियोगिता हरेक वर्ष आयोजना हुँदै आएको छ ।

Read More

काठमाडौँ । स्थानीय बजारमा सुनको माग घट्दा आयातमा उल्लेख्य गिरावट आएको छ ।  भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको छ महिना (साउन-पुस) मा सुनको आयातमा ५९.३ प्रतिशतले कमी आएको छ । सुनको मूल्य बढेसँगै आन्तरिक बजारमा खपत न्यून हुँदा आयातमा कमी आएको हो । उपभोक्ताको क्रयशक्ति न्यून हुँदा बजारमा माग पनि कम भएपछि त्यसको असर आयातमा पर्न गएको हो । विभागका अनुसार आव २०७९/८० मा ४३ अर्ब ८९ करोड ९८ लाख ९१ हजार रुपियाँको आयात भएको थियो । चालु आवको छ महिनामा भने सुनको आयात आधाभन्दा बढीले घटेको छ । चालु आवको सुरुदेखि नै सुनको आयातमा कमी हुँदै आएको…

Read More