काठमाडौं खबर फाल्गुन १२, २०८०
काठमाडौं । स्थानीयवासी तथा स्थानीय विषय बिना भैरहेको बुढानीलकण्ठ संस्कृति तथा साहित्य महोत्सव घोषणादेखि नै विवादमा छ । उपमेयर अनिता लामाले राजनीतिक स्टण्ट गरेको भनेर आलोचना भएर सुरू भएको विवादका विषयहरू महोत्सव चलिरहँदा झनै बढेको छ ।
बुढानीलकण्ठ नगरपालिका वडा नं १३ का वडाध्यक्ष टिकानारायण श्रेष्ठले महोत्सवलाई ‘चुनिख्य भ्रमण् महोत्सव्’ भनेका छन् । श्रेष्ठले संस्कृति तथा साहित्यका नाममा स्थानीय पन नभेटिएपछि महोत्सवलाई भ्रमण महोत्सव भनेका हुन् ।
चुनिख्यः नामक कार्यक्रममा पनि संस्कृतिका कुरा तथा बुढानीलकण्ठ कसरी बनाउने कुरा नआएपछि रन्केका वडाध्यक्ष श्रेष्ठले सामाजिक सन्जालमा संस्कृति तथा साहित्य महोत्सवलाई “चुनिख्य भ्रमण् महोत्सब” भनेर आफ्नो नाराजगी प्रस्तुत गरेका हुन् । उनले चुनिखेल भ्रमण महोत्सव अवलोकन गरिदिनु भएकोमा धन्यवाद् भनेका छन् ।